नेपाली युवा र वैदेशिक रोजगारी

आदर्श समाज सम्वाददाता
श्रावण ३१, २०७३

प्रत्येक वर्षको १२ अगष्तका दिन अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिन्छ। नेपालमा पनि अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो। स्वदेशमै रोजगारीको माग गर्दै राजधानीमा युवाको र्‍याली निस्कियो। राष्ट्रपतिले युवालाई स्वदेशमै रोजगारी दिने व्यवस्था गर्नुपर्छ भनेर युवालाई सम्बोधन गरिन्। नेपालमा युवालाई चर्चा बढी, महत्व कम दिइन्छ। नेपालमा सन् २००४ देखि युवा दिवस मनाउन थालिएको हो। नेपालमा कुल जनसंख्याको ४०.३५ प्रतिशत युवा छन्। प्रत्येक वर्ष करिब चार लाख युवा गाउँबाट रोजगारीका लागि सहर झर्ने गर्छन्। भारतबाहेक अन्य देशमा करिब ३० लाख युवा श्रम र शिक्षाका लागि विदेश गएका छन् भने भारतमा झण्डै ५० लाख युवासहित अन्य व्यक्ति आप्रवासीका रुपमा रोजगारीका लागि विदेशिएका छन्।

युवा को हो ?

नेपालमा युवाको परिभाषामा निकै बहस हुने गरेको छ। विश्वमा उमेर, देशकाल, परिस्थितिअनुसार युवाको परिभाषा गरिएको छ। नेपालमा १६-४० वर्षका व्यक्तिलाई युवा मानिएको छ। युवा उमेरको हदलाई मान्ने कि जोश र जागरलाई मान्ने भन्नेबारेमा विवाद नभएको होइन। तर अधिकांश देशमा उमेरको हदको आधारमा नै युवाको परिभाषा गरिएको छ। राजनीतिमा भने ५० काटेका व्यक्तिहरू पनि आफूलाई युवा मानिन्छन्। केही समय अगाडिसम्म कांग्रेसका हालका सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल युवा नेता मानिन्थे। यता, मनमोहन अधिकारी अध्यक्ष रहँदासम्म नेकपा एमालेका धेरै नेता युवा नेतामा गनिन्थे। राजनीतिमा कहिलै बूढो नहुने रोग नेपाली राजनीतिमा छ।

किमकर्तव्यविमुढ युवा

नेपाली युवालाई एउटा आक्षेप लाग्ने गरेको छ। युवा आफै केही गर्दैनन्, अरुले गराएको काममात्र गर्छन्। भूमिका खोज्ने, कर्तव्य निर्वाह नगर्ने भनेरसमेत भन्ने गरिन्छ। नेपालमा युवालाई राजनीतिक दलले परिचालनमात्र गरेका छन्। युवा उमेर भनेको अत्यन्त सृजनशील उमेर हो। नयाँ विचार, जोश, जाँगर यही बेलामा प्रस्फुटन हुने गर्छ। विश्वमा नयाँ विचार र नयाँ आविष्कार युवा कालमा नै भएका छन्। बीपी कोइराला, मदन भण्डारी र पुष्पलाल श्रेष्ठले युवा हुँदा नै नयाँ राजनीतिक दल र सिद्धान्त बिजारोपण गरेका थिए। विश्वमा हेर्ने हो भने पनि युवाकालमा नै धेरै व्यक्ति राष्ट्र प्रमुख बनेका छन्। बेलायतमा टोनी ब्लेयर ४२ वर्षमा प्रधानमन्त्री बनेका थिए भने अमेरिकाजस्तो शक्तिशाली राष्ट्रमा बाराक ओबामा ४७ वर्षमा पहिलोचोटि राष्ट्रपति बनेका थिए। नेपालमा पनि राजनीतिमा परिवर्तन ल्याउने क्रान्तिकारी नेताहरू युवा हुँदै गरिएका छन्। तत्कालीन नेकपा माले पार्टीसार्वजनिक हुँदा सबै नेता ३८ वर्ष मुन्तिरका थिए। कांग्रेसमा ३८ से भन्ने समूह नै थियो। आज युवा आफै चल्न सकेका छैनन्, अरुले चलाएका छन्। आफै भारी बोक्न चाहँदैनन्, अरुले बोकाएको भारी मज्जाले बोक्छन्। युवा के गर्ने, के नगर्ने किमकर्तव्य विमुढ अवस्थामा छन्।

फेसबुके युवा

सञ्चारमा भएको प्रगतिले सबैभन्दा पहिला युवालाई समातेको हुन्छ। उनीहरू नयाँ प्रविधिसँग छिटो सर्म्पर्कमा आउने गर्छन्। घरमा बाबुआमालाई भन्दा छोराछोरीलाई नयाँ प्रविधिबारे बढी जानकारी हुन्छ। सवाल त्यो ज्ञान सृजनशीलतातर्फ उन्मुख छ कि छैन भन्ने हो। विदेशमा फेसबुकबाटै क्रान्तिसमेत भएको छ। तर हामीकहाँ सामाजिक सञ्जाललाई कतिले सदुपयोग, कतिले दुरुपयोग गरेका छन्। फेसबुकले घरबार बिग्रको छ, कत्तिको नयाँ सम्बन्ध जोडिएको छ। नेपाली युवाले धेरै समय फेसबुकमा समय बर्बाद गरेका छन्। नयाँ ज्ञान र सूचना ग्रहण गर्नेभन्दा समय खपतको च्याट गरेर बस्नेहरूको भीड बढी छ। केही समयअगाडि भारतले नाकाबन्दी लगाएको अवस्थामा सामाजिक सञ्जालमा नेपाली झण्डा राखेर आफ्नो फोटो टयाग गर्ने चलन निकै चल्यो। फेसबुके राष्ट्रियताले देश धानिँदैन भन्ने कुरा उनीहरूले बुझेनन्। धान फेसबुकमा फल्दैन, पशुपालन कृषिलगायत उद्यमशीलता फेसबुकमा राखेको मनमोहक दृश्यले दिँदैन। धान फलाउन खेतमा नै काम गर्नुपर्छ। नयाँ सृजनालाई मूतरुप दिन धरातलमै ओर्लनुपर्छ। फेसबुकको सृजनाले मात्र देश बन्दैन।

युवा र वैदेशिक रोजगारी

पल्स टु गरेको एउटा युवालाई तपाईँ के गर्न चाहनुहुन्छ, भनेर सोध्ने हो भने विदेश जान चाहन्छु भन्ने सहज उत्तर आउँछ। रोजगारी तथा शिक्षाका लागि विदेश जाने युवाको लस्कर हाम्रो अन्तर्राष्ट्रिय एयरपोर्टमा देखिन्छ। एक दिनमा १५ सय युवा रोजगारीका लागि विदेश जाने गर्छन् भने एक दिनमा चार युवाको लास नेपाल भित्रिने गर्छ। यो भयानक स्थित्रि्रति सरकार गम्भीर छैन। अदक्ष कामदारका रुपमा विदेश जानुपर्दा नेपाली युवा ‘थ्री डी’को रुपमा काम गर्न बाध्य छन्। ड्यान्जर, र्डर्टीर डिफिकल्ट काम गर्नुबाहेक अको विकल्प छैन हाम्रा युवाका लागि। युवालाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न भनेर धेरै बाटा फलाकिए तर व्यवहारमा कुनै पनि सरकारले युवालाई महत्व दिएनन्। बरु यसको उल्टो युवालाई लडाकु बनाएर आपसमा भीडन्त गराउने काम उनीहरूले गरे। गज्जब त यो छ कि नेपालका सबै नेताका छोराछोरी विदेशमा छात्रवृत्तिमा डक्टर, इन्जिनियर, वकिल पढाएर उनीहरूको भिवष्य सुरक्षित गरिएको छ। यता, आफ्ना कार्यकर्ताका छोराछोरीलाई युवा संघ, तरुण दल र वाइसीएलमा भर्ना गरेर लडाकु बनाइँदै छ। युवा चुल्ठे, मुन्द्रे र डन संस्कृतिमा रमाएका छन्। गाउँका अधिकांश युवा घर, खेत गरेर विदेश भासिने गाउँको बारी, खेत बाँझो राखेर विदेशी मालिकको खेती गरेका छन्। विदेशमा श्रमको सम्मान छ, स्वदेशमा श्रमको सम्मान हुने संस्कृति विकास गर्न सकिएको छैन। पढेको व्यक्तिले हलो, कुटो कोदालो छुन हुँदैन भन्ने गलत मानसिकता छ। विदेशमा सुन फल्छ भन्ने भ्रम छ। हामीले स्वदेशमै रोजगारी सृजना गरेर युवाको ज्ञान, सीप र उद्यमशीलतालाई राष्ट्र निर्माणमा लगाउन नसकेसम्म समृद्ध राष्ट्र बन्दैन। यसबारे हामी सबैले गम्भीर भएर सोचौं- युवा भविष्यका कर्णयार मात्र होइनन्, वर्तमानका साझेदार पनि हुन्।

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width