धर्मनिष्ठ पण्डित नुरप्रसाद बास्तोला

आदर्श समाज सम्वाददाता
माघ १९, २०७२

१. आर्यहरूको परिभाषा

हिन्दू धर्ममा आर्य भन्नाले ऋषि महषि, सन्त, महन्त, योगी, सन्यासी, पण्डित, प्रतिष्ठित, ब्राहृमण, क्षेत्री र वैश्य कर्तव्यनिष्ठ, धर्मनिष्ठ, आचार, व्यवहारमा सत्य र इमान्दिरता भएको व्यक्ति मानिन्छ। हिन्दू धर्मभन्दा भिन्न धर्मका विद्धानहरूले पनि आफूलाई आर्य भनेको पाइन्छ। यस अर्थमा भन्दा आर्य सभ्य जातिको परिचयको प्रतीक हो। भौगोलिक दृष्टिकोणले पूर्वी समुद्रबाट पश्चिमी समुद्रतक फैलिएको र उत्तरमा हिमालय पर्वतमालादेखि दक्षिणमा विन्ध्याचल पर्वतसम्म फैलिएको भूमिलाई पण्डितहरूले आर्यवर्त नाउँ दिएका छन्। शास्त्रीय मान्यता अनुसार नेपाल मनि आर्यवर्त पुण्यभूमिमा पर्दछ।

सनातन वैदिक धर्म र संस्कृति पालना गर्ने उपासकहरूलाई हिन्दू धर्मावलम्वी भनिन्छ। हिन्दूहर्रु इश्वरवादी, देव, देवीका उपासक, यज्ञादि गर्ने र रामायण, महाभारत, पुराण, वेद, उपनिषद्, वेदान्त आदि ग्रन्थको अध्ययन, अनुशीलन गरेर आचार-व्यवहार पवित्र राखेर ‘वसुदैव कुटुम्बकम्’ भन्ने पौराणिक वाक्य अनुसरण गर्दै मानवतावादी विचारका साथ सत्य धर्मका अनुयायी हुन्। हिन्दू धर्मवलम्वीहरू सत्कर्म गर्दै मोक्ष प्राप्तिको अभिलाषा राख्दछन्।

२. नेपालमा आर्यहरूको स्थान

नेपालको उत्तरमा पूर्व-पश्चिम लम्बिएको पवित्र हिमशृङ्खला छ। यिनै हिमालबाट प्रावाहित भएका गण्डकी, कोशी, कर्णालीका शाखा, प्रशाखाले हाम्रा पहाड, मैदान र तराईको वातावरण स्वच्छ बनाएका छन्। यसैले यहाँ अनादिकालदेखि नै ऋषिमुनि र तपस्वीहरूले साधना गर्दै आएको हाम्रा पुराण र इतिहासमा उल्लेख छ। काठमाडौँ ने मुनिको तपस्यास्थल मानिन्छ। मुस्ताङको कागवेनीमा काकमुसुण्डीले तपस्या गरेको अभिलेख छ भने पाल्पाको रिडीमा देवदत्त ऋषि, गुल्मीको रेसुङ्गामा श्रृङ्गी ऋषि, म्याग्दीको पुल्लहाश्रममा पुलस्त्य ऋषि, गलेश्वरमा गलेश्वरबाबा, स्र्वर्गद्वारीमा वालतपस्वी परमहंस नारायणानन्द गिरी र कास्कीको कास्कीकोटमा वैदिक कालमा नै काश्यप ऋषिले तपस्या गरेको पाइन्छ। काश्यपलेले आयुर्वेदसम्बन्धी ग्रन्थ ‘काश्यप संहिता’ रचना गरेको पाइन्छ। उक्त ग्रन्थ संस्कृत भाषामा भएकाले पं. हेमराज पाण्डेले त्यसमा संस्कृत टीकासहित व्याख्या गरेका छन्। ग्रन्थ ५० वर्षअघि नै मुम्बइबाट प्रकाशित गरिएको थियो। पोखरा विन्ध्यवासिनीका पण्डित प्राध्यामक गङ्गाधर पराजुलीले यो लेखकलाई उक्त ग्रन्थ देखाएर त्यसको महत्वसमेत बताएका थिए।

३. पोखरा उपत्यकाका ब्राहृमण पण्डितहरू

नेपालको मध्य-पश्चिममा पर्ने कास्कीको पोखरा उपत्यकावरिपरिका क्षेत्रमा धेरैथरि आर्य वंशका ब्राहृमण, क्षेत्री र वैश्य छन्। विक्रमको सोह्रौँ शताब्दीको आरम्भमा कास्की राज्यको स्थापना भएको मानिन्छ। गोरखादेखि पश्चिमतर्फ प्युठानसम्मका सा(साना राज्यलाई इतिहासमा चौबिसी राज्य भनिएको छ। यस क्षेत्रमा कुल चौबिस राज्य भएकाले चौबिसी राज्य भनिएको हो। नेपालमा शाह वंशको विकास कास्कीबाट नै भएको हो। कुलमण्डन शाह कास्कीका पहिला राजा हुन्। चौबिसी राज्यको शासन, विधि, व्यवहार, परम्परागत र मान्यता शास्त्रीय न्यायशास्त्रका आधारमा थाल्दथ्यो। गोरखाका राजा राम शाहको स्थिति बन्देज प्रसिद्ध छ। पृथ्वीनारायण शाह यसै वंशका प्रसिद्ध राजा हुन्। उनले वि.सं. १८०१ मा नेपाल एकीकरणको शंखनाद गर्दै नेपाल राज्यको विस्तार गरेका हुन्। वि.सं. १८४२ मा कास्की राज्य नेपालमा समावेश भएको हो। त्यस बखत कास्कीकोटमा अन्तिम राजा सिद्धिनारायण शाह थिए।

कास्कीकोट काश्यप ऋषिले तपस्या गरेको क्षेत्र मानिन्छ। त्यसैलाई पवित्र स्थल मानेर कुलमण्डन शाहले यहाँ राजधानी बनाएका थिए। उनको ग्रीष्मकालीन दरबार कास्कीकोटमा र शीतकालीन दरबार लामाचौर, बाटुलेचौरबीचमा भएको मानिन्छ। कुलमण्डन शाहले पछि कास्की राज्यको विस्तार गरेर निर्माण गरेको राज्य नै अहिलेको कास्की जिल्ला हो। त्यो समय कास्कीमा ब्राहृमण, क्षत्री र वैश्यका अतिरिक्त अरु पनि धेरै प्रकारका जातजाति थिए। तर पनि शैक्षिक क्षेत्रमा तिनीहरूको कुनै प्रकारको योगदान भएको पाइदैन। कुलमण्डन शाहले म्याग्दी, राखुबाट पदमपाणि पाध्यलाई ल्याएर सिंपाली भन्ने ठाउँमा जीवनवृत्ति दिएर वि.सं. १५२४ बाट पिँढी पाठशाला स्थापना गरेपछि यहाँ संस्कृत तथा भाषा सम्बन्धमा अध्यापन-अध्ययन हुन थालेको प्रा राजाराम सुवेदीले ‘कास्की राज्यको इतिहास’मा उल्लेख गरेका छन्। त्यही पिँढी पाठशाला विस्तार हुँदै जाँदा पोखरा उपत्यकामा संस्कृत शिक्षाको जग बसेकाले आसपासका क्षेत्रमा बस्नेले काशी कि कास्की भनेर महत्व दिएको पाइन्छ। यही पिँढी पाठशालाबाट शिक्षा आर्जन गरेका पोखराका पराजुली, अघौ’का त्रिपाठी, तिवारी, अधिकारी र पौडेल, पुम्दी र आर्वाका बराल, हृयाङ्जाका बास्तोला, पाउदुरका पौड्याल, सिंपालीका सुवेदी र विन्ध्यवासिनीका रेग्गीहरू प्रसिद्ध छन्। यिनीहरूकै कुलमा जन्मेका कालीदास पराजुली, देवीरमण पराजुली र शिवकुमार रेग्मी, भरतपोखरीका टीकाराम शर्मा अधिकारी, नदीपूरका भालानाथ पराजुीहरूले राणाकालीन अवस्थामा शिक्षा र साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान गरेको पाइन्छ। पिँढी पाठशालाका प्रतिभाहरू पछि वनारस, काठमाडौँ र काश्मिरसम्म गएर उच्च शिक्षा प्राप्त गरी त्रिभुवन विश्वविद्यालयमा समेत शैक्षिक योगदान गर्नेमध्येका संस्कृतका विद्वान प्राध्यापक डा. दुर्गाप्रसाद दवाडी कास्कीकोटका निवासी हुन्। उनी षट्शास्त्री र र्सबर्दर्शन विषयका अनुसन्धाता मानिन्छन्। कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहको समयमा राजीवलोचन पराजुलीको नाम विद्वान्का रुपमा प्रसिद्ध छ।

४.  पोखरामा सरकारी भाषा पाठशाला

नेपालमा संस्कृत पाठशालाको आदिरुप तीनधारा पाठशाला हो। यो पाठशालाका संस्थापक रणोद्दीप सिंह हुन्। त्यहाँ अध्ययन गर्ने विद्यार्थीलाई अध्यापनका साथै भोजन र आवासकोसमेत व्यवस्था थियो। पछि तिनीहरूलाई विशेष खाना र कपडाको समेत व्यवस्था मिलाइयो। देवसमशेरले आफू प्रधानमन्त्री हुनासाथ जनतालाई शिक्षित बनाउनुपर्छ भनी मोफसलका जिल्लामा पनि भाषा पाठशालाका नाउँबाट विद्यालय खोल्ने प्रयास गरेका थिए। यसै सिलसिलामा वि.सं. १९५८ मा पोखरा विन्ध्यवासिनीको प्राङ्गणमा भाषा पाठशाला स्थापना गरिएको थियो। यो नै पोखराको पहिलो सरकारी पाठशाला हो। यहाँ चण्डी, रुद्री, कर्मकाण्ड, चिठी, तमसुक र व्यवहरिक गणितका साथै संस्कृतमा लघुकौमुदी, अन्मरकोश, रघुवंश आदि अध्यापन गराइन्थ्यो। सुरुमा यस पाठशालामा पिँढी पाठशाला र वनारसमा समेत अध्ययन गरेका देवीरमण पराजुली पढाउँथे। पछि सरकारी नियुक्तिमा शिवकुमार रेग्मीले पढाउन थाले। उनले वनारसबाट संस्कृतमा मध्यमा गरेका थिए। शिवकुमार रेग्मी संस्कृतका प्रतिभाशाली विद्वान् मानिन्छन्। उनका छात्रहरूमा वाटुलेचौरका पं.मुक्तिनाथ शर्मा, वागलुङ घर भइ पछि पोखराका वासिन्दा भएका गोपाल वैद्य ‘किञ्जल्क’, फूलवारी, पोखराका नुरप्रसाद बास्तोला तथा कृष्णप्रसाद श्रेष्ठ कलाकारले समेत आफ्नो जीवनीमा शिवकुमार रेग्मीको श्रद्धापूर्वक प्रसंशा गरेका छन् भने ‘किञ्जलक’ र कृष्णप्रसाद श्रेष्ठ पनि आफू प्रभावित भएको बताउँछन्। पं. नुरप्रसाद बास्तोला पनि आफू शिवकुमार रेग्मीको छात्र हुन पाएकोमा गर्व गर्दथे। पछि उनले वनारस र काठमाडौँमा समेत अध्ययन गरेर संस्कृत मध्यमा पास गरी कर्मकाण्ड तथा अन्य विषयमा समेत व्यावहारिक तालिम लिएको बताउँथे। सनातन धर्मका अनुयायी, धर्मनिष्ठ पण्डित नुरप्रसाद बास्तोलाले पुराण, महाभारत, चतुमास, माहात्म्य आदि वाचन गरेर आफ्नो समय प्रशंसित, ख्यात्रि्राप्त विद्वान् बनेका र स्वाभिमान कायम रहेकोमा सन्तुष्ट थिए।

५.  केही अन्तरङ्ग सम्बन्ध

पण्डित नुरप्रसाद बास्तोला -१९८१(२०७२) राणाकालीन अवस्थामा हुकेबढेका र अध्ययन गरेका धर्मनिष्ठ पण्डित हुन्। उनी स्वाभिमानी र आफ्नो विषयमा विश्वस्त भएर हक्की तरिकाले विचार प्रकट गर्थे।

क. पोखराबाट काठमाडौँ पुग्न सात दिन पैदल यात्रा गर्नुपर्ने जमानामा बाटोर्खर्चको प्रवन्धसमेत राम्रै गर्नुपर्ने थियो। तर पनि आफूसँग कम्मर दरिलो थिएन। एउटा सैनिक कर्मचारीले बाटोर्खर्च मेरो हुन्छ, तिमीले खाना बनाइदिने गर भनेकाले तिनका साथ लागी जाँदा कुन्छा भन्ज्याङमा बास पर्‍यो। गाउँमा गीत गाउने युवायुवती रहेछन। तिनीहरूका साथ मैले पनि २।४ गीत गाएँ। मेरो गीतमा आध्यात्मिक चेतना थियो। मेरो गीतमा अभिरुचि राख्नेले मलाई केही रकम पनि प्रदान गरे। त्यो सानो रकम भए पनि मेरोनिम्ति त्यस बखत निकै सहयोग पाएकोजस्तो सम्झना रहेको छ।

ख. पण्डित बास्तोला र मबीचको सम्बन्ध सम्भवतः उनको व्यवहारिक कुराकानीबाट नै भएको हो। उनी धेरै वर्षदेखि पत्नीवियोगवाट पीडित रहेछन्। उत्तरार्द्ध जीवनमा आफूलाई ब्रहृमचारीको रुपमा सम्भिmन्थे। ‘ज्योतिषले आयु पनि निकै लामो छ भनेको हुँदा बयोवृद्ध अवस्थामा कसैको पनि सेवा लिन नपरे हुन्थ्यो तर अहिलेसम्मको शारीरिक गतिविधि भने कमजोर छैन, मणिपालका डाक्टरले पनि मेरो स्वास्थ्य परीक्षण गर्दा मलाई दीर्घायुको शरीर परेको बताएको छ’ भनेर उनी खुसी हुन्थे।

ग.   आफ्नो सम्पत्ति आफ्नै नियन्त्रणमा रहेन भने असुविधा हुनसक्छ। जग्गा, जमिन छोराहरूले बेच्दै गएका छन्। चल सम्पत्ति पनि छोराहरूले धेरै खर्च गरिसके। आफ्नो युवावस्थामा परिश्रम गरेर बनाएको दुर्इतले घरको उपल्लो तलामा कुखुरा पालेर घरको आयुमात्र घटाएनन्, आखिर घर पनि भत्काउने काम गरे। यसबाट मेरो मन खिन्न भएको छ। तर पनि सबैले आ-आफ्नो व्यवसाय गरी खाएका हुँदा पछि यिनीहरूले दुःख नपाए हुन्थ्यो भन्ने लागेको छ। इच्छा भगवान्को हो।

घ.  ‘चौरासी वर्ष नाघिसकेँ। चौरासीपूजा गर्नेतर्फ कसैको ध्यान गएको छैन। अब बाँकी जीवन काशीमा बिताउन पाए हुन्थ्यो भन्ने मनमा छ, के गर्न ठीक होला’ भन्ने पण्डित बास्तोलाको प्रश्नमा मैले भनेँ-‘अहिले काशीवासको उमेर, अवस्था छैन, देवघाटमा बस्न सक्नुहुन्छ। चौरासीपूजा देवघाट वा फूलवारीको मन्दिरमा गरे पनि हुन्छ। छोराहरूलाई यस विषयमा म सम्झाइदिन्छु, चिन्ता नगर्नुहोस्।’ आखिर उनको चौरासीपूजा फूलबारीकै रामेश्वर मन्दिरको धर्मशालामा उनका छोराहरूले विधिवत् भव्य रुपमा सम्पन्न गराइदिए। यसको जस उनी मलाई दिने गर्थे। म छोराहरूको कर्तव्यप्रति विश्वास गर्नुपर्छ उनीहरूलाई नै जस दिनोस् भन्थेँ।

ङ.   पण्डित बास्तोला वयोबृद्ध अवस्थामा पनि पोखराका सडकमा पैदलयात्रा गर्थे। क्षमता भएर पनि बस, मोटर चढ्ने उनको सोख थिएन। एक पटक म र प्रेमराज अधिकारी हेमजा तिव्बती क्यम्पनेरको रोपवे हेरेर हेम्जा सडकमा उत्रेका थियौँ, पण्डित बास्तोला मिलनचोकतर्फ जाँदै रहेछन्। नयाँसडकदेखि उक्त ठाउँ छ किमीभन्दा टाढा छ। ‘कहाँ जान लागेको’ भन्दा ‘कुलदेवताको मन्दिरतर्फ’ भने। त्यस्तो वयोबृद्ध व्यक्ति त्यसरी पैदल हिडेको देख्दा उनको शारीरिक क्षमता र साहस देखेर हामी छक्क पार्‍यौँ।

च.  कहिलेकाहीँ उनी राष्ट्रबैँकचोक मेरो घरमा आउँदा चियाको स्वागत गर्दा इन्कार गर्थे तर मेरो आग्रह र्टार्न नसकेर स्िटलको ग्लासमा चिया लिन्थे। ‘कृष्णको भान्सामा मांस(मछली पक्ने र भान्से पनि अन्य जातको राखेकाले वषौर्देखि साबदाना खाने गरेको छु। भात खान नपाएकोमा मलाई कुनै दुःख मनाउ छैन’ भन्ने गर्थे।

उपसंहार

आज पण्डित बास्तोला हामीसमक्ष छैनन्। सात्वकी विचारका स्वाभिमानी, सनातन धर्मावलम्बी, पण्डित सदा-सर्वदा हिँड्दा पनि काँधमा पहेलो कपडाको कँध्यौरी या उपर्ना राखेका हुन्थे। कसैको नमस्कार वा अभिवादनसँग उनको सम्बन्ध थिएन। आफूले सत्य मानेका कुरामा कसैले व्यवधान गरेमा उनी हाँक दिएर छलफल गर्न तम्सिन्थे। एक पटक उनको शितलादेवी मन्दिर आसपासको जग्गामा त्यहीँको विद्यालयले अतिक्रमण गरेकोमा प्रमुख जिल्ला अधिकारीसमक्ष उनले उजुरी लिएर गएछन्। प्रजिअले कारवाही गर्न इन्कार गरेर उपेक्षा गर्दा उनले भनेछन्- ‘तपाई कस्को काम गर्न कुर्चीमा बसेको हो – त्यो कुर्चीमा बस्नेले त मजस्ता पीडितलाई न्याय दिएर अतिक्रमण गर्नेलाई सजाय गर्नुपर्ने हो। वयोवृद्ध व्यक्तिले किन उजूर गर्नुपर्‍यो – भनी मलाई प्रश्न गर्ने अधिकार तपाईलाई छैन। अधिकार र कर्तव्य नबुझ्ने व्यक्ति सार्वजनिक कुर्सी बस्नु निन्दनीय छ।’ आफूले भनेका शब्द र वाक्य पण्डित बास्तोलाले मलाई सुनाएका थिए।

पण्डित बास्तोला शास्त्रीय पण्डित हुन्। उनी स्वतन्त्र प्रकृतिका भयरहित व्यक्ति थिए। आजका कतिपय शिक्षित र जिम्मेवार व्यक्तिका क्रियाकलाप हेर्दा तिनीहरू दास प्रकृतिका आचार भ्रष्ट छन्। यथार्थ कुरा भन्न तिनीहरू साहस गर्न सक्दैनन्। यस्ता पण्डितसँग हामीले सिक्नुपर्ने धेरै कुरा छन्। ज्येष्ठ नागरिकलाई उपेक्षा गर्न हुँदैन। तिनीहरूलाई हामीले नैतिकता, चरित्र र प्रेरणाका स्रोत मान्नुपर्छ। मनुस्मृतिको एउटा सूक्ति हेरौं ।

सत्यं ब्रुयात् प्रियम् बुयात् न ब्रुयात् सत्यमप्रियम्

सत्यं च नानृतं ब्रुयात् एष धर्म सनातन।

कालचक्रले हाम्रा ऋषि-महषि, राजा-महाराजा र सन्त-महन्त कसलाई छाडेको छ र ! बुद्ध, तुलसीदास, जगद्गुरु शङ्कराचार्य, विवेकानन्द कसैलाई पनि छाडेको छैन। तिनीहरूका पदचिन्ह पछ्याउँदै हामी यात्रा गरिरहेका छौं। श्रीमद्भगवद्गीताको एउटा श्लोक हेरौँ-

नजायते मृयते वा कदाचिंत्

नायम् भुत्वा भविता वा न भुयं

अजो नित्यम् शास्वतो वै पुराणो

न हन्यते हन्यमाने शरीरे।

शान्ति कामनाका साथ दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धाञ्जली !

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width