डेस्टीनेसन : ‘संविधानसभा- २’

आदर्श समाज सम्वाददाता
कार्तिक २७, २०७०

एक :

लामो दूरीको बसको यात्रामा यात्रुहरूका बीच आसन्न संविधान सभाको निर्वाचनबारे गफगाफ, छलफल भएको यस्तो केही सुनियन। कमिसनमय यातायात व्यवसायीको पुरानै चलन अनसार खानाको लागि पृथ्वी राजमार्गअन्तर्गत पर्ने सत्रसय भन्ने ठाउँको एक्लो होटलमा बस रोकियो। जुन होटल सायद राजमार्गकै सबैभन्दा फोहोरी होटलमा पर्छ होला। त्यस्तोमा खाने कुरै भएन। त्यसको ठीक पारी एक दही चिया पसल रहेछ। निर्विकल्प चाउचाउ खाने विचार भयो। मसित एउटै बसमा आएका एक तन्नेरीले वियरको चस्की लिन सुरु गरिसकेछन्। वियरको चुस्की लिँदै भने-के तपाइँहरूलाई चुनाव होलाजस्तो लाग्छ – अर्काले जवाफ दिए-तपाइँ नै भन्नुस् न तपाइँलाई कस्तो लाग्छ – उनले भने खोर्इ के हो के मत बुझ्दिनँ। भएनी नभएनी हामीलाई के भो र – भित्तामा उम्मेदवारको फोटोसहितको पोष्टर टाँसिएको थियो। होटलवालाको आफ्नै मान्छे परेछन। भन्दै थिए- आफ्नै मान्छे हुन्, सहयोग त गर्नै पर्यो नि †

दुर्इ :

कपाल काट्न गएको थिएँ हजामकोमा। उनी सभासद्का पो उम्मेदवार परेछन्। ठाकुर थरका उनी कपाल काट्दै भने -‘म पनि उम्मेदवार हो होजुर समानुपातिकबाट सरहरूले पनि सहयोग करिलिनु पर्छ’। उनी आफ्नो गृह जिल्ला रौटहतबाट नयाँ नयाँ पार्टीकाट उठेका रहेछन्। कपाल काट्दै गर्दा उनका पार्टीका युवा अध्यक्ष पनि आइपुगे। उनी दार्‍ही कटाउन आएका रहेछन्। उम्मेदवार ठाकुर आफ्ना अध्यक्षलाई भन्दै थिए समय मिलाएर एकदिन चनाव प्रचारका लागि गइदिनपर्यो। मैले उम्मेदवार ठाकुरलाई सोधें-उम्मेदवार भएको मान्छे जिल्ला नगइ काठमाडौमा कपाल काटेर बसेर भोट आउला त ? जवाफमा उनले भने -उता गए त मारिहाल्छ नि † सब प्रचार-प्रसार भइरहेछ, दिनको हजार, पन्द्र सो खर्च छ। अध्यक्ष दार्‍ही काटेर हिँडिहाले। कारिन्दाले पैसा नपाएर उम्मेदवार ठाकुरको मुखमा हेरे। ठाकुर केही बोलेनन्।

तीन :

यसपालिको संविधानसभाको निर्वाचनमा चनाव जितेपछिको विजय जुलुस हो कि – चनावमा भोट माग्नेको र्‍याली हो – छट्याउनै गार्‍हो। निधार मुहारभरि अविर टीका अनि गलामा खादा र माला। योभन्दा अघिको चुनावमा यस्तो चलन थिएन। तीजलाई महिनाभरि मनाउन लाए जस्तो चुनाव अवधिभर उम्मेदवारले भरपूर टीका माला लगाउने भए। संविधान बनाउन नसक्ने, यो गर्न नसक्ने, उ गर्न नसक्ने, यो गर्यो, त्यो गर्यो भन्ने जनताहरूले के खानलाई टीकामाला लगाइदिएका होलान्। यस्तो दासतापूर्ण मानसिकता भएकाले नेताहरूलाई सराप्न बेकार छ। विजय उल्लास मनाउनु त स्वाभाविक हो। सधैं अविर माला लगाएर भोट मागेर हिँड्नलाई कुनै पहाड त टुटाएका छैनन यिनले। उम्मेदवारले धेरै माला लगाएकाले तिहारमा फूल मालाको भाउ ह्वाट्टै बढ्यो। आखिर फूल पनि हाम्रो देश आत्म निर्भर त छैनन नि आउने आखिर छिमेकी मुलुक भारतबाटै हो।

चार :

दोस्रो संविधानसभामा सवैजसो नेताहरूको ध्यान तराईतिर गएको छ। त्यहा“का मतदातालाई भोट माग्न उम्मेदवारहरू जा“दा विकास निर्माण मागेका छन्। हुन पनि धरैथरि व्यवस्था परिवर्तन भए पनि जीवनस्तर, सेवा सुविधामा सधार नभएपछि गरून् पनि के ? अब त मतदाताले सर्तसहितको मतदान गर्ने भनिसके। जसले पुल बनाउँछ त्यसलाई भोट दिने, जसले अस्पताल बनाउँछ त्यसलाई भोट दिने यस्तै यस्तै। विभिन्न माग राखेर तल टाँगिसके तराईका जनताले। यसले संविधानभन्दा पनि जीवनस्तरमा सुधार चाहेको प्रष्ट देखिन्छ।

पाँच :

यो महङ्गीमा दश लाख खर्च गरेर सभासद् बन्ने दिवा स्वप्ना कसले पो देख्या होला। अनि यो हात्तीले देखाउने दाँतजस्तो निर्वाचन आचारसंहिता कसरी पो लागू होला ? भोका कार्यकर्ताले आफ्नै खर्चले कसरी जुट्न सक्लान् ? खेतीपातीको कामको चटारको भएको समयमा चुनाव राखिएको छ। जनतालाई खोक्रो भाषण सुन्ने फुर्सद छैन। आमसभा, कोणसभामा जाने फुर्सद छैन। कतिपय फुर्सदिलालाई यो मौसमी फलजत्तिकै भएको छ। यताउता जान, खान, बस्न लाग्ने खर्च फ्रि भएपछि केही महिना नै सही सजिलो त हुने नै भयो नि †

अब अन्तिममा, यो निर्वाचनको नाम संविधानसभा हो। यसको काम भनेको नै संविधान बनाउने हो। कस्तो बनाउने के कसो गर्ने भन्ने विषय निर्वाचित सभासद्हरूले जान्ने हो। अब फेरि जनताहरूलाई बाटो बनाउँछु, पुल बनाउँछ, यो बनाउँछु, त्यो बनाउँछुभन्दा पनि एउटै काम गर्छु त्यो भनेको संविधान बनाउँछु भनेर जनतासामु किरिया खान पर्यो। देशको सवै भू-भाग बाट प्रतिनिधित्व होस् , सबै बर्ग, जातजाति, लि·बाट प्रतिनिधित्व होस् भनेर यति सानो देशमा यति ठूलो छ सय जनाको फौज खडा गरिएको हो। संविधानसभा भाग १ मा जस्तो सभासद् जति अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पर्खालभित्र जनता बानेश्वरको सडकमा अनि दलका शीर्षस्त नेताहरूको बैठकमाथि बैठक विभिन्न होटल होटल, रिसोर्ट रिसोर्टमा हुने, सभासद्हरूले नै केही चाल नपाउने अनि अस्तु हुने पारा भयो भने यो संविधानसभा भाग -२को पनि अर्थ रहने छैन।

निर्वाचित सभासद्हरू सबै सवल होऊन्, संविधानको विषयगत कुरामा ज्ञान राखून् अनि केही होला। होइन निर्वाचित दलको मात्र औंठाछाप हने हो भने अब हुने पनि त्यस्तै होला। आखिर यिनै आठ-दश जना शीर्षस्त नेताहरूले जे भन्यो त्यही नै हुने हो भने यत्रो छ सय जनाको नाटक गर्न बेकार छ। संविधान बन्ने नबन्ने विषयमा अरुलाई केही फरक परे पनि नपरे पनि जनतालाई भने फरक पर्छ नै। हामी लोकतान्त्रिक अभ्यासको प्रथम चरणमै छौं। चुनाव भएर संविधान निर्माणतर्फ लाग्न सके त राम्रै भयो। फेरि पहिलेकै जस्तो छ, छ महिनामा सरकार परिवर्तन रोग सर्यो भने निरासाको स्थिति आउने छ। विगतमा जे भए भए अबका दिनमा तिनले जनतालाई सवोपरी ठानेर काम गर्न सकून्।

(लेखक अधिवक्ता हुन्।सं.)

Related News

सम्बन्धित समाचार

hero news full width