चिनियाँ सपना : नेपालको सान्दर्भिकता

आदर्श समाज सम्वाददाता
श्रावण ३०, २०७३

पाँच हजार वर्ष पुरानो सभ्यता बोकेको चीन विश्वमा सबैभन्दा बढी मानिस बसोबास गर्ने मुलुकका रुपमा चिनिन्छ। अनेकन युद्ध, क्रान्ति, उथलपुथल झेलेको चीन आजका दिनसम्म आइपुग्दा विश्वको सबैभन्दा ठूलो विकासशील देश, विश्वको दोस्रो ठूलो अर्थतन्त्र, सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चित गर्ने मुलुकका रुपमा रहेको छ। एक देश, दुर्इ व्यवस्थालाई आत्मसाथ गर्दै हङकङ र मकाउका लागि छुट्टै शासन प्रणाली, प्रशासनिक व्यवस्था अंगालेको चीन आफूलाई सुधार र खुलापन यो मूल आधारमा आफ्नो देशलाई अग्रगामी दिशातिर उन्मुख गराइरहेको छ।

इ.स. १९२१ मा पहिलो कम्युनिष्ट पार्टी स्थापना गरी चीन आफू समाजवादी मुलुकका रुपमा स्थापित हुन संर्घष्ारत छ। १९४९ मा जनवादी गणतन्त्र मुलुकको रुपमा घोषित भएपछि निरन्तररुपमा चिनियाँ कम्युनिष्ट पार्टीले मुलुकको शासनभार सम्हालेको छ। १९७८ पछि जब चीनले आफूलाई विश्वका लागि खुल्ला गर्‍यो यसले आर्थिक वृद्धिदरमा उल्लेखनीय प्राप्ति गरेको पाउछौं। सरदर आठ प्रतिशत हाराहारीमा आर्थिक वृद्धिदरलाई कायम राख्दै विश्वको आर्थिक शक्तिको रुपमा पहिचान बनाउन निरन्तर प्रयासरत छ।। यसै क्रममा चीनले विकास गरेको छ।

क) विश्वबजारमा चीनले उपस्थिति जनाउन सफलता प्राप्त गरेको छ।

ख) ठूलो राशीमा विदेशी मुद्रा सञ्चिती गर्न सकेको छ।

ग) अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध विकास गर्न सकेको छ।

घ) २२० थरीका उत्पादनमा अग्रस्थान ओगट्न सफल भएको छ।

ङ) आर्थिक वृद्धि र प्रतिव्यक्ति आय वृद्धि गर्न सफलता पाएको छ।

चीनले तर पनि ठूला चुनौतीसँग जुध्नु परेको स्वीकार गर्छ। ती हुन् :

क) धेरै कठिन मेहनत नगरी खाली कुरामात्र गरेर देश उभो लाग्दैन।

ख) कमसल स्तर मध्यम तहको अधिक उत्पादनलाई परिमार्जन गर्नु छ।

ग) सामाजिक विभेद बढ्दो छ। समयमै सम्बोधन गर्न जरुरी छ।

घ) उत्पादनले वातावरण प्रदूषणलाई बढावा दिएको छ।

ङ) उच्च प्रविधिको ज्ञानको कमी छ, शिक्षा, अनुसन्धान, सिर्जनात्मक ज्ञानलाई अभिवृद्धि गर्न जरुरी छ। यिनै कुरालाई आधार मानेर चिनियाँ सरकारले आफ्नो लक्ष्य निर्धारण गरेको र सो अनुसार योजना तर्जुमा गर्दै निर्माण कार्यमा जुटिरहेको पाउछौं। चीन एक्लैले विकास गर्न सक्दैन त्यसैले सबैसँग सर्म्पर्क बढाउन जरुरी छ अनि विश्व पनि चीनविना स्थायित्व र सम्वृद्धिको कल्पना गर्न सक्दैन। यही क्रममा निरन्तर सुधार र अझ खुलापनको आधारमा चीनले निर्धारण गरेको लक्ष्य निम्न छन् :

१. सन् २०२१ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको १०० वर्ष पुग्दै छ। त्यो समयसम्म सबैभन्दा ठूलो विकासशिल मुलुकबाट विकसित मुलुकको श्रेणीमा पुर्‍याउनु सबैभन्दा महत्वपूर्ण लक्ष्य रहेको छ।

२.सन् २०२५ सम्ममा जि सेभेन जुन विश्वको ठूलो आर्थिक समूह हो, त्यो समूह महाशक्तिको सदस्यका रुपमा स्थापित गर्नु रहेको छ।

३. सन् २०४५ सम्ममा ती विकसित मुलुकका सदस्य राष्ट्रमा सबैभन्दा अग्रस्थानमा स्थापित गर्ने।

४. सन २०४९ जुन वर्ष जनवादी गणतन्त्र घोषित गरिएको एक शताब्दी हुनेछ, त्यो वर्ष चीन एक आधुनिक, उन्नत, सबल, लोकतान्त्रिक, समाजवादी राष्ट्र हुनेछ। माथि निर्दिष्ट गरिएका लक्ष्य पूरा गर्न चीनले आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेको छ। एउटा अनुशासित राष्ट्रको हौसियतले विश्वबजारमा आफ्नो उपस्थितिलाई निरन्तर सवल बनाउन आफ्नो कूटनीतिक रणनीति पनि तय गरेको छ। त्यो हो, अन्य राष्ट्रका आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति, अन्य राष्ट्रलाई सहयोग गरेवापत कुनै प्रभुत्व नखोज्ने नीति। माथि उल्लेख गरेझैं चीनले एक्लै आफूमात्र विकास गर्न सक्दैन भन्ने यर्थाथलाई स्वीकारेको छ र आफ्ना राज्यमा निर्दिष्ट सिद्धान्तमा केही महत्वपूर्ण आर्थिक कुरालाई प्रतिवद्धताका साथ आत्मसात गरेको छ।

१. खुल्ला र स्तरीय व्यवसायिक वातावरण बनाउने छौं।

२. कुनै पनि किसिमको संरक्षणवादको विरोध गर्ने छौं।

३. कुनै पनि किसिमको आर्थिक, व्यवसायिक, व्यापारीक मतभेदलाई सम्मानपूर्वक समाधान गर्न लाग्ने छौं।

४. चीनको बजारलाई अन्य राष्ट्रका लागि कहिल्यै बन्द गर्ने छैनौं।

५. विदेशी लगानीलाई सहर्ष स्वीकार गर्ने छौं।

६. विदेशी पुँजीलाई भरपुर व्यवसायिक हितका लागि प्रयोग गर्ने छौं।

७. लगानीकर्ताको कानुनी अधिकार र कानुनले उपलब्ध गराएका सबै किसिमका स्वार्थलाई पूर्ण संरक्षण गर्ने छौं।

यसरी चीनको बजारलाई सबैखाले उत्पादनशील कार्यमा पुँजी र उद्यमशीलतालाई भरपुर प्रवेश गर्न दिने र बढीभन्दा बढी उपयोग गर्ने र लगानीको सुरक्षाको पूर्णतः ग्यारेण्टी गर्ने प्रतिवद्धताले गर्दा सबैभन्दा बढी विदेशी लगानीकर्ता चीनतर्फ आकषिर्त भएको पाउछौं। यस्ता कुुरा नेपालजस्तो विकासोन्मुख देशले पनि सिक्दै जानुपर्ने देखिन्छ।

यही परिप्रेक्ष्यमा चीनका अहिलेका राष्ट्रपति जब सन २०१२ नोभेम्बरमा निर्वाचित भए तबदेखि चीनले आफ्नो चिनियाँ सपना उजागर गर्न थालेको छ। विश्वका कैंयन मुलुक भ्रमणताका अन्तरर्राष्ट्रिय सम्मेलन र बैठकमा चीनले आफ्ना भावी योजनासहित चीनले देखेको सपनालाई प्रस्तुत गर्ने गरेको पाँउछौं। यसका लागि तीन वटा महत्वपूर्ण योजनामार्फत् पुँजी र पैसा परिचालन गर्ने रणनीति बनाएको छ।

१. सिल्क कोष जसमा चीनले ४० अर्ब डलर झन्डै नेपाली ४३ खरब छुट्याएको छ, योजनासहित काम थालेको छ।

२. एसियन पूर्वाधार विकास बैंक, जसको पुँजी एक सय अर्ब डलर छ चीन एक्लैले करिब २६ अरब डलर नेपाली २८ खरब लगानी गरेको छ। बाँकी रकम ५२ मुलुकको भागमा छ, जसमा नेपालले पनि लगानी गरेको छ। यसले आफ्नो काम सुरु गरिसकेको छ।

३. ब्रिक्स बैंक, जसमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफि्रकाको पुँजी एक सय अर्ब डलर छ, उसले आफ्नो काम सुरु गरिसकेको छ।

अब नेपालले चिनियाँ सपनासँग कसरी आफूलाई बाँध्न सक्छ वा चीनका योजनाबाट नेपालले कसरी लाभ लिने र लिनसक्छ यसबारे अर्को शङ्खलामा चर्चा गर्नेछु। तर बेला आएको छ, सम्मृद्धिको चाहना बोकेका हामी नेपालीले पनि सपना देख्नु छ, कोर्र्नु छ र सार्थक बनाउन मेहनत गर्ने बेला आएको छ।

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width