चार्डपर्वमा परिवर्तनको अर्थ

आदर्श समाज सम्वाददाता
भाद्र २२, २०७३

देशको माया र सद्भावमा आफ्नो मौलिक संस्कार अनि संस्कृतिले के महत्व राख्छ र आउने पिढीलाई हामीले कुन दिशा देखाउने भन्ने मुख्य कुरा हो। अहिलेको आधुनिक प्रविधि र सञ्चारमध्यमले सम्बन्धलाई टाढा गर्ने र आआफ्नै ढंगले अलग घर बनाइ बस्ने चलनले अझ टाढा बनाउने खतरा भएकाले वर्षमा एक पटक भेटघाट गरर्ाई आपसी सम्बन्ध सुदृढ गराउने मनाशायले हाम्रा पूर्वजले चार्डपर्व मनाउने परम्परा बसालेको पाइन्छ। रक्षाबन्धन र तीजमा गरिनुपर्ने सोच र मान्ने तरिकामा परिवर्तन आवश्यक छ जसले चार्डपर्वलाई निरन्तरता  पनि दिओस् र हाम्रो पहिचानलाई पनि सुदृढ गरोस्।

रक्षाबन्धनको ‘सर्वेः भवन्तुः सुखिनः जस्तो परम्पराले राष्ट्रलाइ नै गौरवान्वित गराएको हुन्छ। यस पर्वमा दिदिबहिनीले मन, वचन र कर्मलाई पवित्र बनाई दाइभाइको सुरक्षा हेतु रक्षाबन्धन लगाइदिन्छन्। बदलामा दाजुभाइले केही उपहार अथवा दिन्छन् तथा दिदीबहिनीको रक्षा गर्ने वाचा गर्छन्। के त्यो दाइले बहिनीको सदा, सर्वदा सुरक्षा गर्न सक्छ – दाजुभाइको आफ्नो परिवार, जीवनशैली छ। समय यति कम भइसक्यो कि आफ्नोबारेमा सोच्ने मान्छेलाई समय छैन। दिदीबहिनीपछि सुरक्षामा गार्ड बनी कोहीपछि लाग्न सक्छ –  दोस्रो कुरा यसले बोकेको महत्व सार्थक भइरहेको छ त – बढ्दो जनसंख्या, आधुनिकता र शिक्षाले हाम्रो समाज कतातिर उन्मुख हुँदै छ – यस्तो भइदिने भएको भए कति चेलिबेटीले विभिन्न कारणले मानसिक र शारीरिक यातना, पारिवारिक शोषण, चारैतिर बढ्दो असुरक्षा, हत्या, हिंसा, अन्याय, अत्याचार, बेचबिखन, बलात्कार आदि भोग्नर्ुपर्ने थिएन। एउटा दाइले आफ्नी बहिनीबाहेक अरुलाई त्यही सम्मानले किन हर्ेर्न सक्तैन – आज आफन्तैबाट एउटा आमा, श्रीमती, दिदीबहिनी रोइरहेका छन्, हत्या, हिंसा, बलात्कारी, भेचबिखन, विहे गरेका लोग्ने र ब्वाइप|mेण्डबाट शारीरिक र मानसिक यातना कतिपय घटनामा त हत्यासमेत हुनु नौलो घटना होइनन्। तेेस्रो कुरा पहिलेको परिवेश अनुसार छोरीको विहे घरपरिवारको इच्छाले टाढा हुने गर्दथ्यो। दिदीबहिनीको सुरक्षाको जिम्मा दाजुभाइले गर्दथे तर अब समय फरक भइसक्यो। आजका चेलीले आफ्नो जीवनसाथी आफै छान्न स्वतन्त्र र सक्षम छन्। जसरी राजनीतिमा स्थापित भएका छन, आर्थिक र सामाजिक क्षेत्रमा पनि महिला बलिया भएका छन्।

केही अपवादबाहेक महिलालाई संसारभरमै दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गरिन्छ। महिलाले केही गर्न सक्दैनन्, उनीहरू पुरुषभन्दा कमजोर हुन्छन भन्ने कर्ुतर्क अझै गरिन्छ। आखिर जे भए पनि आमाबाबाले छोरीको पालनमा केही कमी त राख्दैनन् तर जब घरको केही निर्ण या फेरबदलको कुरा आउँछ, छोरो सानै भए पनि प्राथमिकता उसैले पाउँछ्र। यो हामीले नै बनाएको कुसंस्कार हो।

दसैंमा बाबुले छोरोलाई टीका लगाउने बेला ठूलो घर बनाउनु, धेरै सम्पति कमाउनु, घर परिवारको रक्षा गर्नु यो संस्कार हो, भन्दाभन्दा छोरामा सोचाइमा यति परिवर्तन हुन्छ कि  त्यो छोरोले जसरी पनि ठूलो घर, धेरै सम्पति कमाउन चाहन्छ। रक्षाबन्धनजस्तो पवित्र पर्वमा दिदीबहिनीको हातबाट रक्षावन्धन बाँधी बदलामा दाइभाइले सुरक्षाको वाचा गर्नर्े मानसिकतामा हामी बाच्ने हो कि परिवर्तन खोज्ने ? यो पर्व दाजुभाइ र दिदीबहिनीबीच परस्पर मेल र एउटा प्रेम सम्बन्धको धागो बनोस्। जसले गर्दा महिलाले शारीरिक र सामाजिक तवरमा आफै सक्षम छौं भन्ने विश्वास आर्जन गरुन्। एउटा कुरा सय चोटि बोल्यो भने त्यो पनि साँचो हुन जान्छ भनेझैं, हामीले रक्षाबन्धनबाट अब दाजुभाइसित हाम्रो सुरक्षा गर्नेवाला छन् भनी सोच्नुभन्दा म आफै सक्षम छु भन्ने मानसिकतामा चल्नु आवश्यक छ।

राखी मनाउनेहरूले अब आफ्नो दाजुभाइसँग गिफ्टका रूपमा रवीन्द्रनाथ टैगोरले, ‘रक्षाबन्धन एउटा स्वतन्त्रताको धागो हो’ भनेझैँ सम्पूर्ण दिदीबहिनीले स्वतन्त्र जीवनको यापन गर्न पाओस् र अरुका दिदीबहिनीको पनि उस्तै इज्जत गर्नु भन्ने भनी माग्नर्ुपर्छ। टैगोरको  भनाइ थियो, ‘यो पर्व भाइबहिनीको पर्व मात्र नभएर मानव धर्मको पर्व हो, जहाँ जातीय र धार्मिक भेद-भावलाई बिर्सेर एकअर्काप्रतिको रक्षाको सद्भावनाको कामना हेतु वचन दिनर्ुपर्छ। किनकि यो एउटा पवित्र वन्धन हो जसको पालना हरेक दाजुभाइले आफ्नो परिवारमात्र नभई, सम्पूर्ण दिदीबहिनीलाई माया, सद्भावना दिन सकोस्, यस प्रकारको दुःखदायी बन्धनबाट मुक्ति दिलाउँदै स्वतन्त्र रुपमा बाच्न पाउनुपर्ने सम्मान दिइयोस्।

तीजमा स्त्रीले पतिका निमित्त निराहार रहेर भगवान शिव तथा पार्वतीसँग पर््रार्थना गर्दछन्। पूर्र्वीय मान्यता अनुसार महिला विवाहपश्चात् श्रीमान्को साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनुपर्ने हुन्छ। यसरी आफू जन्मेको घर, माता, पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कम गर्ने एउटा अवसरको रूपमा तीजको गहन महत्व छ। यो पर्व महिलाको स्वतन्त्र र दमनको समिश्रण पर्व हो। आध्यात्मिक रूपमा पनि तीजको निकै ठूलो महिमा छ। पार्वतीले पनि नारीको आफ्नो अनुकूलको योग्य वर छान्न पाउने जन्मसिद्ध नैसर्गिक अधिकारलाई व्यवहारीक रूपमा स्थापित र आफूअनुकूल वर छानी व्यवहारीक रूपमा समाजमा स्थापित गरेको देखिन्छ। यस अर्थमा हामी पार्वतीलाई नारीको अधिकार र स्वतन्त्रताको बिगुल फुक्ने पहिलो महिला अभियन्ताको रूपमा लिन सक्छौं। मैले महिला दिदीबहिनीसित हिजो र आजको तीजमा के फरक छ, राम्रा, नराम्रा पक्ष के छन् भनी सोधेको थिएँ। धेरै महिलाले भने, रमाइलोको हिसाबले जमघट हुनु त राम्रै कुरा हो र रमाइलो पनि, तर कताकता आजकल तीजमा मजा आउं’दैन। पहिलेका तीजगीतमा घटना, वेदना र घर गृहस्थीका कुरा सुन्न पाइन्थ्यो, सुन्ने पनि नरोइ फर्किदैनथ्यो। तीज महिलामा सिमित थियो, पुरुषले आफै घर पकाएर खाँदा महिलालाई कति गाह्रो हुने रहेछ भनी महसुस गर्ने समय थियो।

अब त पति र छोरोसँगै होटेल, पार्टी जाने अनि पिएर र रंग न ढंगको नाच्ने गरिन्छ। आजकलका गीत परिवारसँगै बसेर सुन्न लाएकका छैनन्। गीतमा दोहोरी हुने गर्छ, पुरुषको पनि सहभागिता देखिन्छ। पहिले महिलाले भगवानको  आराधनासहित तीजगीतको भाकामा आफ्ना वर्षभरिका पीडा पोख्ने गर्दथे। चौतारा, मठमन्दिर, घरदैलोमा मनै छुने खालका चेतनामुलक कलात्मक गीतका रूपमा गाइएको सुनिन्थ्यो। तर अब तेस्तो कहाँ सुन्न पाइन्छ र – अब त जताततै प्रतियोगितामात्र सुनिन्छ. त्यो पनि विना भावनाको। कतै हाम्रो आजको तीज मनाउने तरिका विसंगतिको परिणाम त होइन भन्ने लाग्छ। कि त्यस्ता घरघर, चौतारा र मठमन्दिरमा गाइने गीतको महत्व हरायो – अब तीज धनीको मात्र पर्व हो कि झैँ पनि लाग्न लाग्यो। पुरुष क्यासेटमा बजेको गीतमा झुमेका तँभन्दा म के कम भनी कपडा, पार्लरको मेकअप, कपालको ढोरी र गरगहनाको प्रतियोगिताजस्तै देखिने हालतमाथि खुसी हुँदै छन्। या श्रीमतीलाई भनेजस्तो पुर्‍याउन नसकेकोमा अफसोच मनाउने या श्रीमतीको किचकिच सुन्नुबाहेक अरु उपाय नरहेको पनि देखियो।

श्रीमतीले भनेको गर्ने पति खुसी र गर्न नसक्ने कतिपय त मानिसक तनावमा पनि परेको पाइयो। हाम्रै घर समाजमा हिजोसम्म इमान्दारीपूर्वक काम गरेकाले पनि यस्तो परिपाटीले टेबलमुनिको काम गर्न बाध्य हुनर्ुपर्छ। यसले पतिपत्नीको सम्बन्ध टुटेको पनि देखिएको छ। आज जुन परिवेशमा तीज मानिँदै छ, यसले महिलामा मात्र नभई, पूरा परिवार, समाज, हरेक पुरुषको सोच र काम गर्ने शैलीमा पनि विकृति लिएर आएको छ भन्दा दुर्इ मत नहोला। छिमेकीको राम्रो देख्दा राम्रो लगाउनु, प्रतिष्ठित जीवन यापन गर्नु र रमाइलो मान्दै धेरैभन्दा धेरै परिवारलाई एकै ठाउमा भेट्नु त राम्रै कुरा हो। घाँसको भारीभन्दा तीजको भारी गार्‍हो हुने जमाना आएछ। यस अवस्थामा त्यो परिवारलाई समाजमा ऋण लिएरै खुवाउनुपर्ने अवस्थाको थालनी हुन्छ र यो झनै डरलाग्दो विकृति हो। त्यतिमात्रै कहाँ हो र – भडि्कलो रूपमा दर खाने र उपहार दिने क्रमले गर्दा कतै यो पर्व हुनेखानेको मात्र नहोस् भन्ने चिन्ता लाग्छ। अनावश्यक खर्च गर्ने यस्तो परिपाटीलाई निरुत्साहित गर्न सकिएमा तीजको महत्व झन् बढ्दै जाने देखिन्छ।  आजभोलि छोराछोरीको बिहेको भोज र जन्तीभन्दा पनि तीजको खर्च र भीड बढी हुन लाग्यो।

मोरङ् टंकीसिनवारीकी रीता न्यौपाने भन्छिन्, ‘अझै दिक्क लाग्ने कुरा त तीज मनाउँदै हिड्नेलाई पनि निकै पीडा रहेछ क्यार ! साउनबाटै दर सुरु गर्दिने अनि कपडा र गहनाको उस्तै कम्पिपिसन, आज लगाएको भोलि लगाउँदा गरिबजस्तो हुने। के यो संस्कृति जोगाउने झलक हो त ?’ विदेशमा ४८ ड्रि्री तातोमा काम गरेर पठाइएको पैसाले एक दिनको पर्वमा एक महिना अगाडिदेखि रेस्टुरेन्ट र पार्टी प्यालेसमा गएर तीजको नाममा दर खाने भन्दै साँझ परेपछि मात्र घर र्फकनेदेखि त सार्है अचम्म लाग्छ, तर के गर्नु – यस्तो अवस्थामा हामीले आउँदो पिढीलाई के सन्देश दिने – आजको परिवेशको तीजलाई संस्कृति होइन, विकृति हो भन्नेमात्र होइन विश्वास भइसक्यो। यसरी भडि्कलो पर्व मनाउनुभन्दा त समाजमा रहेका सबै वर्गका महिलाले कुनै मानसिक तनाव नपर्ने गरी चार्डपर्व मनाउनु जरुरी छ। चार्डपर्वको जुन निश्चित दिन हो। सोही दिनमा मनाउँदा संस्कृतिको जगेर्ना हुने र देशको पहिचानलाई विदेशसम्म परिचय दिँदा पनि गर्व लाग्ने थियो। जबसम्म आफ्नो संस्कृतिको सुदृढीकरणमा हामी अग्रसर रहन्नौं, तबसम्म देशको विकास पनि असम्भव छ। तीजलाई म चेतनामूलक पर्व मान्दछु। भारतको लाइफ ओके च्यानलले सावधान इन्डिया भनेर समाजमा भएका अनौठा विकृति देखाउँछ, त्यो च्यानलको मूल उदेश्य नै समाजलाई चेतना दिनु हो।  हाम्रो देशको यो तीजको मिठास यही हो कि हामीले अनेकौं घर, परिवारमा घट्ने घटनालाई पनि गीत, संगीतको रूपमा सुन्न पाउँछौं। यसले हाम्रो समाजलाई चेतनामात्र दिँदैन, संस्कृतिको जगेर्नाका साथै पर्यटकका रूपमा पनि संस्कृतिलाई जगेर्ना गर्न सकिन्छ।

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width