गर्भवतीलाई गर्नुपर्ने हेरविचार

आदर्श समाज सम्वाददाता
श्रावण ३२, २०७३

pregnant-woman1

नेपालमा महिलाको संख्या पुरुषको भन्दा बढी छ, त्यसमा पनि प्रजनन उमेर समूहका महिलाको संख्या अन्य उमेर समूहभन्दा धेरै रहेको तथ्याड्ढहरूले देखाएका छन्। वि.सं. २०६८ को जनगणनाको आधारमा नेपालमा महिलाको विवाहको सरदर उमेर २०.६ वर्ष देखाइएको छ। त्यस्तै, शिशु मृत्युदर  प्रतिहजार जीवित जन्ममा ४६ जना, कुल प्रजननदर २.५, सरकारी अस्पताल एक सय दुर्इ र निजी अस्पताल तीन सय एक रहेको तथ्याड्ढले देखाएको छ। दिन प्रतिदिन स्वास्थ्य सेवामा विस्तार र महिला स्वास्थ्यमा सुधारका सङ्केत देखिएता पनि वास्तविक जीवनमा भने विभिन्न प्रकारका प्रजननसम्बन्धी समस्याबाट महिला पीडित हुँदै आएको देखिन्छ। आङ खस्ने, स्तन/पाठेघरसम्बन्धी क्यान्सर, रक्तअल्पता महिलाका स्वास्थ्य समस्या देख्दा तथ्याड्ढमा प्राप्त विवरण र व्यवहारिक वास्तविकतामा धेरै नै भिन्नता पाइन्छ।

महिला साक्षरता दर ६५.५ प्रतिशत तथ्याड्ढमा रहेता पनि स्वास्थ्यसम्बन्धी चेतना स्तर न्यून नै रहेको पाइन्छ। अस्पताल, स्वास्थ्यकर्मीको संख्या बढ्दै गएको देखिएता पनि सहर केन्द्रित भएकाले हालसम्म पनि ग्रामिण क्षेत्रमा बस्ने महिलाले प्रसूति सेवाको अभावमा स्वास्थ्य सेवा केन्द्र खोज्दाखोज्दै ज्यानै गुमाउनु पर्ने अवस्था छ। सन् २०१५ मा विश्व बैंकको रिपोर्ट अनुसार प्रतिएक लाख सुत्केरी महिलामा दुर्इ सय ५८ आमाको गर्भवती र सुत्केरीका कारण नै मृत्यु हुने गरेको छ। अधिकांश केटीको १५ देखि २० वर्षको उमेरसम्म विवाह भइसकेको पाइन्छ। झण्डै तीस प्रतिशत महिला त २० वर्षअगाडि नै आमा बनिसकेका हुन्छन्। जुन उमेर भनेको शारीरिक, मानसिक, मनोवैज्ञानिक, आर्थिक, शैक्षिक कुनै पनि रुपमा हेर्दा परिपक्वता नभइसकेको उमेर हो। नेपालमा सरदर ६५ प्रतिशत आमामा रक्तअल्पता भएको पाइन्छ। मातृ मृत्युदर, बाल मृत्युदर, शिशु मृत्युदरमा पहिलाभन्दा कमी आएको जस्तो देखिएता पनि सानै उमेरमा बच्चा जन्माउँदा आफ्नो र बच्चाको स्याहारसुसार गर्न नजान्नु, स्वास्थ्यसम्बन्धी चेतनाको अभाव, सर्वसुलभ स्वास्थ्य सुविधाको अभाव, प्रदूषित वातावरण, गुणस्तर हीन खाद्य पदार्थ, जङ्कफुडको प्रयोग, जीवन शैलीमा हेलचक्र्याइँ गर्ने बानी, लाज, डर, अज्ञानता, पारिवारिक सहयोगको अभाव, सन्तुलित भोजनको अभाव, व्यस्तता, व्यवसाय आदि कारणले गर्दा गर्भावस्थाका जटिलताहरू जस्तैः रक्तचाप बढ्ने, खुट्टा सुनिने, हातखुट्टा बाउडिने, गर्भपतनका लक्षण देखापर्ने तथा बच्चामा पूरा महिना नपुगी बच्चा जन्मने वा कम तौलको बच्चा जन्मने, बच्चा उल्टो हुने, जन्मदा नै विभिन्न शारीरिक, मानसिक समस्यायुक्त अवस्थामा जन्म हुने आदि भएको पाइन्छ।

बालकको जन्म भइसकेपछि कति किलो ग्राम छ, स्वस्थ छ कि छैन भनेर चासो दिनुभन्दा अगाडि गर्भवती भएदेखि नै चासो दिइ उचित किसिमले स्याहार, सुसार, सुरक्षा दिन सकेमा पछि हुने अधिकांश समस्या कम गर्न सकिन्छ। यसैले गर्भवती अवस्थामा निम्न किसिमले हेरविचार गर्नु आवश्यक छ ः

सन्तुलित भोजन

महिलाको भोजनमा आइरन, क्याल्सियम, भिटामिनको मात्रा बढी नै हुनुपर्दछ। झन् दुइ जीउकी भएको बेलामा आमा र गर्भको बच्चा दुवैलाई हुकन, बढ्न यी तत्वको अझ बढी आवश्यकता पर्ने भएकाले यसको गुणस्तर र मात्रामा बृद्धि गर्दै जानुपर्दछ। कुनै-कुनै समाजमा गर्भधारण गरेदेखि नै गर्भवती आमालाई दुइ भाग खाना छुट्याएर दिने चलन पनि छ। स्वास्थ्यको दृष्टिकोणबाट त्यो राम्रै प्रचलन मान्नुपर्दछ। गर्भाअवस्थामा रुचिकर, चाँडै पच्ने, तरल पदार्थ बढी भएको, फस्फोरस, क्याल्सियम, आइरन, भिटामिनयुक्त खानालगायत दूध, दही, माछा मासु, अण्डा, मौसम अनुसारका तरकारी तथा फलफूल आदि थोरै थोरै, पटक-पटक, सबै खाद्यपदार्थ मिलाएर खाने गर्नुपर्दछ। शरीरलाई पानी, तरल पदार्थको आवश्यकता बढी हुने भएकाले ताजा फलफूलको जुस, पानी दिनमा मौसम हेरी २.५ लिटर देखि ३.५ लिटरसम्म पिउन आवश्यक हुन्छ।

गर्भवती अवस्थामा जङ्कफुड/रेडिमेड फुड वा सस्ता अखाद्य वस्तु, रासयनिक पदार्थ मिसाइएका (चटपट, चक्लेट, बिस्कुट, पानीपुरी, आइसक्रिम) खाद्यपदार्थ नखानु राम्रो हुन्छ। यस्ता अखाद्य तत्व मिसाएका गुणस्तर कम भएका खाद्य पेयपदार्थको गुणस्तर जाँच सरकारले बेला-बेलामा गरेजस्तो गरिएता पनि हाम्रो बजारमा प्रशस्त मात्रामा यस्ता पदार्थको उत्पादन, बिक्री, वितरणमा रोक लागाउन नसकेको अवस्था छ। यस्ता जनताको स्वास्थ्यमा प्रत्यक्ष असर पुर्‍याउने कुरामा समाचारमा मात्रै गुणस्तर जाँच गरेको प्रचार नगरीे व्यवहारमा नै गुणस्तरीयता कायम गराउनुपर्ने देखिन्छ। गर्भवती महिलाले चिया, कफी कम पिउने साथै धुमपान र मद्यपान पनि गर्नु हुँदैन।

व्यक्तिगत सरसफाइ र पोशाक

गर्भवती अवस्थामा पसिना, चिल्लो पदार्थ र विकारयुक्त पदार्थ निष्काशन भइ रहने भएकाले व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिुनपर्दछ। नुहाउने, स्तन एवम् यौनाङ्गहरूको सरसफाइ नियमित रुपमा गरी केही असामान्य अवस्था देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्दछ। गर्भाअवस्थामा शरीर कस्सिने र बाक्लो जिन्स वा कडा खस्रो लुगा लगाउनु हुँदैन। गर्भमा रहेको बच्चाको सहज वृद्धि, विकासका लागि र आमालाई सजिलो स्वस्थ हुनका लागि शरीरमा रक्तसञ्चार राम्रोसँग प्रवाह गर्नका लागि सफा, खुकुलो, नरम सुतीका हल्का कपडा लगाउनु उपयुक्त हुन्छ। साथै, अग्लो  हिल भएको जुत्ता र कस्सिने भित्री लुगा पनि लगाउनु हुँदैन। सजिलो पहिरनले सहज र फूर्तिलो महसुस हुन्छ।

स्वास्थ्य परीक्षण/खोप

गर्भ रहेको शंका हुनासाथ नजिकको स्वास्थ्य संस्थामा गइ जँचाइहाल्नु पर्दछ। गर्भधारण गरेको २४ हप्तासम्म महिनाको एक पटक, २४ हप्तादेखि ३६ हप्तासम्म महिनामा दुर्इ पटक र ३६ हप्तापछि बच्चाको जन्म नभएसम्म हप्ताको एक पटक वा चिकित्सकको सल्लाह अनुसार गर्भ परीक्षण गराइ राख्नुपर्दछ। यसरी नियमित गर्भ जाँच गरिएमा आमा र बच्चाको स्वास्थ्य अवस्थाबारे जानकारी प्राप्त गरी समस्या भएमा, बच्चा उल्टो भएमा, जुम्ल्याहा वा  बढी बच्चा रहेमा, आमामा रक्तअल्पता, उच्च रक्तचाप आदि भएमा समयमा नै जानकारी प्राप्त गरी समस्या निराकरण गर्न सकिन्छ। गर्भवती अवस्थामा दुइ पटक धनुष्टंकारविरुद्ध टिटी खोप स्वास्थ्यकर्मीको सल्लाह अनुसार लगाउनु पर्दछ।

नेपाल सरकारले सुरक्षित मातृत्व कार्यक्रम लागू गरी निःशुल्क स्वास्थ्य सेवा, न्यानो झोला कार्यक्रम, सुत्केरीलाई भत्ताको व्यवस्था गरिएको भनिएता पनि अधिकांश ग्रामिण क्षेत्रमा बसोबास गर्ने महिलामा अहिले पनि उक्त सेवा प्रभावकारी रुपमा सञ्चालन गर्न नसकिएको अवस्था छ। केही दिनअगाडि मात्र आफ्नो ठाउँमा स्वास्थ्य सेवा नहुँदा उपचार गराउन गएकी सुत्केरी महिलाको दुर्घटनामा परी मृत्यु भयो। पश्चिम नेपालमा जन्मदा नै टिटानस भएर जन्मिएको नवजात शिशुलाइ मुस्िकलले उपचार गरी बचाइएको अवस्था छ। त्यसैले गर्भ परीक्षण, सुइ खोप, प्रसूति सेवा, परिवार नियोजनमा जनचेतना जस्ता सुरक्षित मातृत्वसम्बन्धी कार्यक्रम देशभर परियोजनाको अन्त्यमा (सन् २००२ – २०१७ सम्म) आइ सक्दा पनि सर्वसुलभ रुपमा जनतामाझ पुग्न नसकेकाले तुरुन्तै सबै गर्भवती महिलाको पहुँचमा स्वास्थ्य सेवा सुनिश्चित गर्ने, गर्भवती महिलाको तथ्याड्ढ सङ्कलन गर्ने र सर्वसुलभ सेवा प्रदान गर्न सकेमा गर्भधारण गरेकै कारण महिला  रोगी हुने वा मर्ने तथा बच्चामा हुने स्वास्थ्य समस्या कम गर्न सकिन्छ।

मानसिक तयारी

गर्भधारण गर्न पाउनु महिलाको प्राथमिक अवसर वा साथै शारीरिक, मानसिक, मनोवैज्ञानिक रुपमा चुनौतीपूर्ण अवस्था पनि हो। यस समयमा एउटा निशेचित अण्डलाई जाइगोट, इम्ब्रीयो, फिटस हुँदै दुर्इ सय ८० दिन अर्थात् ४० हप्तामा पूर्ण रुपमा विकसित शिशुको जन्म हुन्छ। यसरी निशेचित अण्डबाट विकसित बनाई नयाँ सन्तानको जन्म दिई मातृत्वको अनुभूति गर्न पाउनु नारीमात्रको सौभाग्य पनि हो। यस अवधिमा हमोर्नको परिवर्तनले वाकवाकी लाग्ने, वान्ता हुने, शरीर शिथिल हुने, विस्तारै शारीरिक परिवर्तन, तौल, आकारमा परिवर्तन, भविष्यको थप जिम्मेवारी, आर्थिक, पेशागत, पीडा, गर्भावस्थामा आउनसक्ने समस्या हुँदा कतिपय महिला गर्भवती भएको समयमा मानसिक रुपमा अलि कमजोर देखिने, रुने वा ड्रि्रेसनमा जाने पनि हुन सक्दछ। त्यस्तो भएमा आमालाईमात्रै होइन, गर्भको बच्चामा पनि त्यसको असर पर्ने कुरा वैज्ञानिकले बताएका छन्। त्यसैले गर्भवती अवस्थामा सधैँ खुशी रहने, मानसिक रुपमा मेरो घरमा नयाँ व्यक्ति आउँदै छ भनी मानसिक रुपमा तयार हुने गर्नुपर्दछ। परिवारमा सदस्यहरू साथै मुख्य गरी गर्भवती महिलाका श्रीमान्ले ह्रस्टपुस्ट स्वस्थ सन्तान प्राप्त गर्न र निरोगी श्रीमतीको साथ रहनका लागि शान्त, रमाइलो मानसिक वातावरण तयार गर्नुपर्दछ। यस अवस्थामा श्रीमतीका लागि अतिरिक्त समय दिने, केही समस्या, चिन्ता छन् कि बुझेर समाधान गर्ने, पौष्टिक आहाराको व्यवस्था, आराम, भोक, निन्द्राको विचार गर्ने, सकेसम्म घर/अफिस सबै ठाउँमा सक्दो सहयोग गर्ने, गह्रौं वस्तु उठाउने, कडा परिश्रम पर्ने कार्य गर्न नदिने गर्नुपर्दछ।

परिवार, समाज र प्राकृतिक असहज वातावरण झैझगडा, कलह, घरेलु हिंसा, तनाव, बाढी, पैरो भूक्षय, भूकम्प, पारिवारिक असमजदारीले गर्भको बच्चा तथा आमालाई असर गर्ने, समय नपुगी बच्चा जन्मने, कम तौल भएको, विभिन्न विकृति भएको र सुस्त मनस्थिति भएको बालक जन्मने हुँदा स्वच्छ, रमाइलोपन, पारिवारिक, माया,  ममता, स्नेह, सद्भावना र सहयोगी वातावरण गर्भावस्थाकी महिलालाई दिनु आवश्यक हुन्छ।

त्यसैले यो जटिल, चुनौतीपूर्ण अवस्था वा देशको भविष्यको कर्णयार विकसित गर्ने अवस्था भएकाले राष्ट्र, सरकार, स्वास्थ्य सम्बद्ध निकाय, स्वंय गर्भवती महिला र उनका परिवारका सदस्य, समाज वा व्यक्ति सबैले राम्रो खानपान, उपचार, औषधी, जाँच, सुइखोपको व्यवस्था र राम्रो स्वच्छ प्राकृतिक र मानसिक वातावरण प्रदान गर्नुपर्दछ। जन्मपश्चात् कुन खानेकुरा पौष्टिक हुन्छ र कुन विद्यालय राम्रो हुन्छ भनी बच्चा पढाउन विद्यालय छनोट गर्ने बाबुले श्रीमती गर्भवती अवस्थामा हुँदादेखि नै श्रीमतीको स्याहार, सुसार, माया, ममता, खानपान र उपचारमा सहयोग, सद्भावना र ध्यान दिएमा अवश्य पनि स्वस्थ शिशु र सुन्दर परिवार बनाउन सकिन्छ।

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width