के यही हो त नयाँ नेपाल ?

आदर्श समाज सम्वाददाता
श्रावण २५, २०७०

उहिलेको नेपालको गाउँघरका पुरुष महिला किसानी, खेतीबारीमा काम गर्ने, सोझा र असल थिए। उनीहरू सामाजिक मूल्य मान्यता पालना गर्ने, नैतिकवान्, संस्कृत्रि्रेमी र स्वाभिमानी थिए। आफ्नो राष्ट्र र राष्ट्रियताको लागि मरिमेट्थे। खराब काम गर्न हुँदैन भन्ने नैतिक डर थियो उनीहरूमा। तर आजका नेपालीमा पश्चिमेली हावाले प्रभाव पार्न थालेको छ। जसले गर्दा कोही कसैसँग डराउन छाडे। इज्जत र धर्मको डर मान्न छाडे। यिनै बिषयको परिधीभित्र रहेर यहाँ केही व्यक्त गर्न खोजिएको छ। सामाजिक विकृति र विस·तिलाई चिर्नको लागि एउटा सानो कोशिष गरिएको छ। देश चलाउने राजनीतिक दलहरूमा भ्रष्टाचार र बेथिति, मह·ी, लोडसेडिङ, कालाबजारी देखिएको छ। संस्कृति, धार्मिक परम्परा, रीतिरिवाज, नियम कानुन सबै छाडेर दलले गलत संस्कृतिको विकास गरे, जातीयताका नाममा विखण्डन ल्याए, राजनीतिक दलका कार्यकर्ता काम गरेर भन्दा चन्दा मागेर खानेतर्फलागे। राष्ट्रिय जनावर गाई लक्ष्मी माताको रूपमा हुँदाहुँदै पनि काटमार गर्न पछि परेनन्। सदियौंदेखिको संस्कृतिलाई एकाएक परिवर्तन गर्न खोजे। एकाएक ती नेताहरूमा भूत सवार भयो र भन्न लागे नयाँ नेपाल नयाँ नेपाल। खै त नयाँ नेपाल ? आखिर यो सबै जनतालाई थाग्नामा सुताएको हैन र ? आफ्नो स्वार्थको लागि ६०१ जस्तो देशले धान्न नसक्ने संविधानसभाको निमार्णयनि यिनैले गरे र कार्य पूरा गर्न नसकेको अवस्था पनि हामीले देखिइहालियो। अर्कोतिर देशमा गुण्डागर्दी, अपहरण, हत्या, चोरी, ठगी गर्नेहरू र बलात्कार, यौन व्यापारजस्ता जघन्य अपराध गर्ने दिन दुगुना त रात चौगुणाका दरले फस्टाउँदैछन्। तिनलाई कारबाही गरेको खोई ? यतिबेला निर्माण भएका चलचित्रमा देखिएको हिंसा र अश्लीलता, छाडा फेशनले जनतामा असर पर्ने देखिन्छ। तर त्यसलाई सुधार्नेतर्फसरोकारवाला के हेरेर बसेका छन्। सामाजिक संस्कारमा देखिएको बिचलनले परिवारलाई पनि अछूतो राख्न सकिरहेको छैन। समाजमा दिनहूँ बढ्दो सम्बन्ध विच्छेदले कयौ बालबच्चाको विचल्ली भइरहेको छ। पारिवारिक बिखण्डन, वृद्धवृद्धा बाआमालाई हेला गर्ने, घरबाट निकाल्ने, अलग राख्ने र आफ्नो कर्तव्यबाट विमुख हुने अवस्थाको पनि विकास हुँदै गइरहेको छ। श्रीमान् विदेशमा दुःख गरेर पैसा पठाउने, श्रीमती परपुरुषसँग मोजमस्ती गर्ने र पैसा सक्ने नराम्रो संस्कारको विकास र विदेशमा गएकाहरू उतै रमाएर घरपरिवारमा पैसा नपठाउने, युवतीसँग मोजमस्ती गर्ने बानी र नेपालमा भएकाहरू पनि अरु महिला तथा पुरुषहरूसँग नाजायज सम्बन्ध राख्ने देखिएको छ। आफ्नै छोरीलाई समेत बलात्कार गर्ने। लोग्ने घरमा हुँदाहुँदै परपुरुषसँग लुकिछिपि मित्रता गांस्ने त्यस्तै युवतीले पनि बिवाह पुव यौन सर्म्पर्क राख्ने प्रवृत्तिले परिवारमै खतराको सम्भावना बढिरहेको छ। नायिकाहरू तथा कलेजमा पढ्ने युुवतीमात्रै हैनन्, बिबाहित महिलाले पनि मिनीर्स्कर्ट र छाडा पहिरन लगाउँछन्। ब्यूटीपार्लर तथा मसाज केन्द्रका नाममा युवती तथा महिलालाई रातो र खैरो तथा रङ्गीन कपाल बनाउने, मसाजका नाममा खुलेआम वेश्यावृत्ति गर्नेजस्ता कार्यमा संलग्न हुने, परम्परादेखि चल्दै आएको धर्मकर्म छाड्ने प्रवृत्ति बढ्नु, शरीरमा टाटु जस्ता चिज बनाउने गलत क्रियाकलाप हुँदै आएका छन्। तर प्रशासनको यस्ता विषयमा खासै चासो दिएको पाइँदैन। प्रेम विवाह, पढ्ने बेलामा लभ गर्दै हिँड्ने र प्रेम विवाह गरी भविष्य विगार्ने धेरै छन्। यसलाई नियन्त्रर्णयर्नुपर्छ। प्रेम विवाहको नाममा गोत्रसमेत एउटै पर्ने समस्या विकराल बन्दै गएको छ। अन्तरजातीय प्रेम-विवाहका कारण सामाजिक परम्परा र संस्कृतिमा विकृति बढिरहेको छ। पारिवारिकमात्र नभई दाम्पत्य जीवनमा पनि समस्या देखा पर्न थालेको छ। ढाँटेर विवाह गरिनेः न गरि खाने न व्यवाहार नचल्ने, मन नपराइकन गरिने, नसोधिकन गरिने गलत विवाह समस्या बन्दैछन्। यसले परिवारमा झैंझगडा र धेरै तनाव हुने हुँदा आत्महत्या र हत्यालगायतका समस्या पनि देखिएका छन्। युवायुवती तथा प्रौढमा पनि देखिएको लागुऔषध दुर्र्व्यसन, मदिरा सेवन गर्ने चलन पनि बढ्दो छ। दलाली, कालाबजारी र व्यवसायका नाममा उपभोक्तामाथि चरम ठगी र बेइमानी गर्ने काम भएको छ। पैसा मनपरी कमाउने र सहकारी राख्ने र पैसा उठाएर भाग्नेजस्ता गलत काम भएको पनि पाइन्छ। सहकारीमा पैसा उठाउने नाममा युवतीको प्रयोग पनि दुरूपयोग हुँदै गएकोप्रति ध्यान कसले दिने। मोबाइल लिने तर नयाँ प्रविधिको सही सदुपयोग हुनुपर्ने ठाउँमा बढि दुरूपयोग गर्ने छाडा प्रवृत्ति बढेको छ। अश्लील वेवसाइटजस्ता गलत प्रवृत्ति र विचारको नियन्त्रण गर्ने कस्ले ? अश्लील पत्रिका, किताब र पोष्टरहरू छाप्नु हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि नाफामूलक हिसावले त्यस्ता पत्रपत्रिका प्रकासन गर्न दिइनु पनि उदेकलाग्दो छ। होटल तथा रेष्टुरेण्टमा हुने गलत क्रियाकलापलगायत दलालले चेलीबेटी बेचबिखन, भारतको कोठीदेखि खाडी मुलुकमा समेत लैजानु लाजमर्दो सामाजिक विकृति होइन र ? अध्ययनको नाममा विदेशिने चेलीको दुखद् अवस्था, देहव्यापार लगायतमा संलग्न हुनुपर्ने बाध्यता छ। आफ्नै देशमा आत्मनिर्भर बने के हुन्थ्यो। क्यासिनो, जुवातास खेल्ने, घरवास सक्ने र सामाजिक अपराधमा संलग्नलाई कारबाही खोई – विद्यार्थी क्याम्पस, कलेजमा पढ्न नगई जंगल, पार्क, चलचित्र हेन र होटल पुगी यौन क्रियाकलापमा संलग्न हुने, डिस्कोमा स्कुल डे्रसमा समेत जाने, लागुऔषध सेवन गर्ने, डान्स बारमा जाने, डिस्कोमा जाने र नाङ्गै नाच्ने  अपराध हैन र ? राज्यले के हेरी बसेको छ।  छाडा र नराम्रो संस्कृति बोकेका गीतहरू आएका छन। बच्चाहरू पनि नराम्रोसँग कार्टुन र टिभी हेदा पढाइ बिग्रिएको छ। व्यापारीहरूले राजश्व छल्ने र ठूला-ठूला मिडिया हाउसमा लगानी गर्ने समस्या। अपा·हरूमाथि भेदभाव, राजनीतिमा महिला सहभागिता केबल नारामामात्र सीमित हुने। युद्धका नाममा लडेका र्घाईते योद्धा, अपा·हरूको विचल्ली, राहत पाउन सकेनन्। गरगहनालगायत अनावश्यक वस्तुहरूमा महिलाको गलत लगाव, जसले गर्दा ठगी, चोरीदेखि पारिवारिक समस्या पनि बढ्दै गइरहेको छ। राम्रो जागिर लगाई लिने प्रलोभनमा युवतीहरूको यौन शोषण गर्ने गलत प्रवृत्ति देखिएको छ। माईक्रो बस र यातायातका सार्वजनिक सवारी साधनमा नियम विरुद्ध मनपरी भाडा लिने। साकाहारी मान्छेलाई मांसाहारी खाद्यवस्तु र भाडाँकुडाको प्रयोग गरी पाप गर्ने प्रवृत्ति देखिएको छ। व्यापार तथा कार्यालयमा काम गर्न राख्ने युवतीलाई यौन शोषण र बिदाको दिन युवा मोजमस्ती गर्ने, युवती मनपरी हिँड्ने। गरिब असहायमाथि अस्पतालमा उपचारका नाममा ठगी गर्ने, राज्यले उपलब्ध गराएको सुविधा नदिने र कर्मचारीले दुर्व्यव गर्ने र घूस खाने गरेका छन्। दलालले वैदेशिक रोजगारीका नाममा मानव-तस्करी गर्ने र विदेशमा अलपत्र पार्ने र परिवारजनलाई मानसिक तनाव दिने हुँदा यस्को नियन्त्रणको लागि सरकारले नै पहलकदमी गर्नुपर्ने खोई ?

मालपोत तथा यातायात जस्ता सरकारी कार्यालयका कर्मचारीबाट हुने ढिलासुस्ती र भ्रस्टाचारले सर्वसाधारण जनतालाई पर्न गईरहेको समस्याजस्ता असङ्ख्य सामाजिक विकृति र विस·तिलाई जबसम्म चिर्न सकिँदैन तबसम्म न त नेपाल नयाँ बन्न सक्छ न त नेपालीले नै शान्ति पाउन सक्छन्। यस अर्थमा यस्ता नेपालमा देखिएका बेथिति हटाउनेतर्फपहल कदम चाल्ने होकि … –

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width