आदिवासी आन्दोलनका अगुवाको अवसान

आदर्श समाज सम्वाददाता
भाद्र १६, २०७३

१. जनजाति आदिवासी आन्दोलनका अग्रज व्यक्तित्व गोरेबहादुर खपाङ्गीको गत शनिबार काठमाडौंमा निधन भयो। उनी ७० वर्षका थिए। उनलाई साढे तीन वर्षपहिले काठमाडौंमा मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट घाइते भएका उनको देश विदेशका अस्पतालमा अनेक उपचार गर्दा पनि निको हुन सकेन।

२. उनी मूलतः राजनीतिक व्यक्तित्व थिए। उनले आफ्नो राजनीतिक जीवन वामपन्थी आन्दोलनबाट प्रारम्भ गरेका थिए। कोरा राजनीतिबाट मात्र जनजाति आदिवासीहरुको उद्वार हुन नसक्ने भएपछि उनले आफ्नै अध्यक्षतामा ०४७ मा राष्ट्रिय जनमुक्ति पार्टीगठन गरे। उनले त्यो पार्टीखोलेपछि राजनीतिमा त्यो धेरै चर्चित भएको थियो।

३. उनले आदिवासी जनजातिलाई देशको मूलधारमा ल्याएर सिंहदरबारमा पुर्‍याउने लक्ष्य राखेका थिए। त्यसरी सिंहदरबारमा पुर्‍याउने उपायका रुपमा उनले त्यसै बेला संघीयता, जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था, आरक्षण र धर्मनिरपेक्षताको वकालत गरेका थिए। अहिले नयाँ संविधान आएपछि उनको दूरदर्शिताको प्रशंसा हुन थालेको छ।

४. उनी २०४८ सालमा नेपाल मगर संघको केन्द्रीय अध्यक्ष भए। उनी निरन्तर १३ वर्ष त्यस संस्थाको प्रमुख भए र संस्थालाई संगठित र सुदृढ पार्नमा ठूलो योगदान गरे। उनी अध्यक्ष भएको बेलामा उनले नेपाल मगर संघको राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलन गरी मगर जातिको धर्म बुद्ध धर्म हो भनी निर्ण गरेको उल्लेखनीय मानिन्छ।

५. उनी राजा ज्ञानेन्द्रको पालामा विज्ञान तथा प्रविधि मन्त्री पनि भएका थिए। उनी ब्राह्मणवादका कट्टर विरोधी थिए। उनले विद्यालयमा अनिवार्य गरी राखिएको संस्कृत भाषालाई हटाउनमा ठूलो प्रयास गरेका थिए। हिन्दूको चाड भनेर मान्ने गरिएको दशैं वहिष्कार गर्नमा पनि उनले अग्रणी भूमिका खेलेका थिए।

६. उनी क्रान्तिकारी भावनाका थिए र समाजमा परिवर्तन ल्याउन चाहन्थे। तर उनले हिंसात्मक आन्दोलन र जातीय हिंसातिर कहिल्यै ध्यान दिएनन्। अहिंसात्मक आन्दोलन गरेर लक्ष्यमा पुग्न सकिन्छ भनी उनी आजीवन प्रयासरत रहे। त्यसका लागि उनले केही आधार तयार गरे। तर त्यसको प्रतिफल निस्कने बेलामा उनको असामयिक निधन भयो। यी सबै काम, कुरा र नेतृत्वदायी भूमिकाका लागि उनी स्मरणीय व्यक्तित्व भएका छन्।

७. गोरेबहादुर खपाङ्गीको राजनीति र सामाजिक क्षेत्रमा आफ्नै व्यक्तित्व र प्रभाव थियो। उनी खूब तर्क गर्दथे र तर्कबाट अरुलाई पराजित गर्दथे। उनी आफ्नो समाजमा लोकप्रिय थिए। लोकप्रिय भएकाले काठमाडौंमा जीवनयापनदेखि औषधोपचारमा समेत साथी र सहयोगीले उल्लेखनीय सहयोग गरे। सहयोगीहरूले उनको नाममा फाउण्डेसन पनि बनाएका छन्। काठमाडौं आउनुपूर्व उनी रामेछापको हाइस्कुलमा शिक्षक थिए। शिक्षक भएका बेला गठित शिक्षक संगठनको उनी अध्यक्ष पनि भएका थिए। उनी बहुप्रतिभाशाली थिए र व्यक्तिगत रुपले नम्र र मिजासिला थिए। उनको योगदानबारे किताब पनि लेखिएको छ। त्यस्ता प्रतिभाको अवसान हुनु ठूलो क्षति हो।

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width