अष्टमान प्रधानाङग

आदर्श समाज सम्वाददाता
पौष २, २०७०

त्यछिःत्य वकछिःत्य

लातापाता कुलेचाः जुछिःत्य

यःमरि च्वामु, उकी दुने हाकु

व्यूम्ह ल्यास्से, मव्यूम्ह वुर्‍हकुतिचा

छिमिनं चिकु, जिमिन चिकु

पिया च्वने थाकु, याकन व्यू

यो माथि उल्लेखित काव्यात्मक शैलिका शव्दहरू कसैले लेखिएको नभई परम्परा देखिनै यःमरि पुन्हिको दिनमा नेपाल भाषामा घर घरमा परम्परागत तरिकाले यःमरि माग्दै हिड्दा गाउने लोकोक्ति हो। यस गीतको अर्थ चारमाना, दुर्इ माना र एक माना अटाउने भाडोमा नयाँ धान चुलि गरेर भरिएको जुनसुकै भाडो र माग्न आउने सवैलाई एक एकवटा यःमरि पनि दिने गरिन्छ। र ढिलो गरेमा यःमरि तिखो त्यसभित्र कालो, दिने व्यक्ति तरूनि नदिने व्यक्ति कुप्रो बुढि, तिमिलाई पनि जाडो मलाई पनि जाडो, कुनलाई गार्‍हो छिटो देउ भन्ने काव्यात्मक शैलिको भाका हालेर गाउने गीत हो। यो गीतमा यःमरिको सवै साँस्कृतिक अर्थ र महत्व लुकेको  छ। यस गीतमा साहित्यको सृजना भएको छ भने संगीतको पनि सृजना गरिएको छ। (यो परम्परामा पोखरामा यसरि यःमरि माग्नि घर घरमा जाने चलन छैन।) तर यो रोटी आफुले मात्र नखाई इष्टभित्र नातागोताहरूलाई घरमा वोलाएर खुवाउने गरिन्छ। वर्षभरिको १२ महिना मध्ये मार्ग महिनामा पर्ने मार्ग शुल्क पुणिर्मा अर्थात नेपाल भाषा अनुसार थिंला शुक्ल पुन्हि अर्थात धान्य पुन्हि भनि मनाउने गरिन्छ। यस दिनमा विशेषगरि नेवार जातिहरूले आफ्नै तरिकाको विशेष रोटी यःमरिको नामवाटनै पूणिर्माको नामाकरण गरि यःमरि पुन्हि भनि हषोर्ल्लासका साथ वालक, युवा, बुढाबुढि समेत मिलेर रातभर नसुति मायो अन्नपूर्ण र बायो भनेर कुबेरको प्रतिक ठुलो यःमरि वनाइन्छ भने देवताहरूमा, गणेश, महालक्ष्मी, भैरब, सुकुण्डा र जनावरहरूमा वोका, भेंडा, हात्ती, मुसो, भ्यागुतो, काग आदि वनाई भकारिमा भरिएको धानलाई गोवर माटो र पराल मिसाएर धानको भकारि माथि राखेर छोपिन्छ। माथि उल्लेखित देवताहरूलाई राम्रो संग हषोर्ल्लासका साथ पुजा गरिन्छ र पुजा सकिएपछि ज्येष्ठ सदस्यहरूको क्रमवद्ध तरिकाले देवताहरू  यःमरि र वच्चाहरूलाई जनावर र यःमरि र सम्ह्यवजि र माटोको प्यालामा आगो वल्ने रक्सिलाई ३ पटक राखेर समुह भएर संगै भईमा लामो भोज खाने गुन्द्रि ओछ्याएर रमाई रमाई खाईन्छ भने त्यसपछि च्यूराको भोज खाई यःमरि पुन्हि मनाउने गरिन्छ। यो पर्वको ४ दिन सम्म रोटि वनाउदै खाने गरिन्छ भने ४ दिनको दिनमा “स्वाङ कोकाएउ” अर्थात फुल झिक्ने भनेर पुजा गरिएका सवै देवता र रोटिहरूलाई झिकेर समापन गर्ने गरिन्छ। मायो वायो अर्थात कुवेर र अन्नपूर्णको प्रतिक यःमरिलाई टुक्रा टुक्रा पारेर घरका सवैले वाडेर खाई समापन गर्ने गरिन्छ।

नेवारीहरूले खाने गरिएको धेरैरोटिहरू भएतापनि नेवारी संस्कृति संगै सम्वन्धित रोटि मध्ये यःमरि पनि एउटा हो। रोटिको नाममानै पर्व मनाई खाइने (पवित्र रोटि) यःमरि वच्चा दुर्इ वर्ष प्रवेश गरेपछि पदुर्इवटा रोटिको माला वनाएर लगाउने गरिन्छ भने प्रत्येक जोड वर्षहरूमा जन्मदिनमा त्यहि अनुसारकै माला वनाई लगाई पुजा गरिने गर्दछ। यो रोटि ७७ वर्ष ७ महिना ७ दिन ७ घण्टा पुगेको दिनमा ८४ पुजा र १०० वर्ष पुगेको वेलामा ल्हवच मरि र मुस मरि, वयर, कटुस सयपत्री फुल ओखरले घ्वाल्ल गरिने गर्दछ भने म्हपुजा भाई टिका, दुलाहा दुलही भित्र्याउने वेलामा घ्वाल्ल गरिने गर्दछ भने नयाँ घर वनाउदा पनि घरको छानावाट वाहिर आगनमा पनि घ्वाल्ल गरिने गर्दछ। यसैगरि विभिन्न देवताहरूको रथजात्रामा पनि यहि रोटि राखि पुजा गर्ने गरिन्छ।

यो यःमरि पुन्ही मनाउने परम्पराका केहि प्रमुख लोकोक्ति मध्ये सुनिदै आएको एउटा प्रमुख लोकोक्ति यस प्रकार छ।

यःमरि अर्थात थिंला शुक्ल पूणिर्माको दिन पांचाल देश -पनौति) को एउटा गाउमा वस्ने सुचन्द्र भन्ने महाजनको पति पत्नि दुवैले गरिवहरू प्रति दया राखि खानेकुरा र लुगा लगाउन दिई निक्कै सहयोग गने गर्दथे। यो दुवै पति पत्निको एक पटक विचार गर्नुपर्‍यो भनेर कुवेरले गरिवको रूप धारण गरि सुचन्द्रको घर आंगनमा माग्न गएछ । गरिव रूप धारण गरेको कुवेरलाई सुचन्द्रको पति पत्निले साहै्र श्रद्धापुर्वक घरको तलामा लगि नयां लुगा लगाउन दिई मिठो मिठो खाने कुरा खुवाएछ। त्यसपछि गरिवरूपी कुवेरलाईै साह्र लज्जा भएछ र गरिव रूपी कुवेर आफ्नो रूपमा दर्शन दिएर ज्ञानगुणका कुराहरू सिकाई यःमरि वनाउने विधि सिकाई वफाउने तामाको भाडा दिई अन्तर्ध्यान भएछ। र कुवेरले सिकाए वमोजिम नया चामलाई पिठो वनाई त्यसभित्र गुड र तिल राखि यःमरिको रोटी र कुवेर र अन्नपूर्ण देवी वनाई अन्नको भकारिमा ४ दिन सम्म पुजा गरेछन। यःमरि आफुले खाई अरूलाई पनि वाडेछन्। र उनले अन्नहरू जति दान दिन्छन् त्यत्तिनै भरिने भएछन्। श्रीसम्पत्ति पनि अभिवृद्धि भएछन्। कुवेर यःमरि वनाई धानको भकारिमा राखि पुजन गर्नाले धान कहिल्यै पनि नसकिएको हुनाले त्यसवेला देखिनै यहि परम्परा अरूलाई पनि सिकाएछन्। यःमरि र अन्न माग्न आउनेहरूलाई दिइदै आएको हो भनिन्छ। यो चाड वौद्ध मार्गिहरूले पनि त्यत्तिकै मनाउदै आएको छ वौद्ध मार्गिहरूले यःमरिको प्रतिकलाई चैत्यको रूप हो भन्छन् भने हिन्दु मार्गि नेवारहरूले सिन्हम्हुको प्रतिक मानेर अर्थ्याउदै आएको पाइन्छ।

यःमरिको अर्थ खास गरेर नयां धान भित्रिने वेलामा धानलाई विशेष पुजा गरि त्यस धानलाई चामलको पिठो वनाई भगवानलाई सम्झिअर्पण गरि खानु नेवारी संस्कृतिको परम्परा र कर्तव्यनै हो। किनभने अको वर्ष पनि यसरीनै मनाउन पाउ भन्ने हो। नेवारीहरूले प्रत्येक संस्कृति र संस्कारमा ढोका, ढिकी, कुचो, चुल्हो पानि, वतास पृथ्वी आदिलाई पुजा गर्ने पंरचलन रहि आएको छ। नेवारहरूको भगवान वास्तवमा प्रकृति हो र जसलाई प्रयोगमा आइरहन्छ त्यसलाई वर्षभरिको कुनै एक पर्वमा श्रद्धापुर्वक पुजा गरी मनाउदै आइरहेको हुन्छ।

यस दिनको रात यति लामो हुन्छकि धान कुटेर चामल वनाएर भिझाएर पिठो वनाएर यःमरिको रोटी वनाएर पुजा गर्दा पनि विहान हुंदैन भन्ने लोकोक्ति अझै रहेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width