अर्मलाका विद्यालयलाई सोलार

आदर्श समाज सम्वाददाता
श्रावण २६, २०७३

पोखरा, २५ साउन। पोखरा-२८ स्थित अन्नपूर्ण मावि र शान्ति उच्च माविलाई जापानको कोमागाने सिसिटजन एसोसिएसन तथा कोमागाने कर्मचारी युनयिनको सहयोगमा सोलार प्रदान गरिएको छ।

ती सोलार सामाग्रीको मूल्य करिब पाँच लाख ५० हजार रुपैयाँ पर्छ। पोखरा उप-महानगरपालिकाका पूर्व नगर प्रमुख कृष्ण थापा र नेपालस्थित जाइका स्वयसेवी कुनियाका याजावाले दुर्इ छुट्टा-छुट्टै कार्यक्रमबीच सोलार हस्तान्तरण गरेका थिए।

कार्यक्रममा थापाले १८ वर्षअघि पोखरा र कोमागानेबीच भागिनी सम्बन्ध कायम रहे पनि लामो समयदेखि स्थानीय निकायको निर्वाचन नभएकाले त्यसको लाभ पोखराले लिन नसकेको बताए।

कार्यक्रममा नेपालस्थित जाइका स्वयसेवी कुनियाका याजावाले भूकम्पपीडितलाई सहयोग पुर्‍याउन कोमागाने सिटिजन्स र कर्मचारी युनियनले सहयोग सङ्कलन गरेको जानकारी गराउँदै विपत्तिका बेला विद्यार्थी र स्थानीय जनताले उपभोग गर्न पाउनेमा आफू ढुक्क रहेको बताए।

विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका कसमस गु्रपका अध्यक्ष तेज गुरुङले प्राप्त प्रोजेक्टलाई अर्मलाका दुर्इ विद्यालयका लागि संयोजन गर्न भूमिका निर्वाह गर्न पाएकोमा खुसी लागेको बताए।

कार्यक्रममा नगरपालिकाका सामाजिक विभाग प्रमुख ओमराज पौडेल, पोखरा उप-महानगरपालिकाका  योजना प्रमुख इन्जिनियर शारदामोहन काफ्ले, अनन्त कोइराला, अन्नपूर्ण माविका प्रधानाध्यापक यमनारायण लामिछाने, समाजसेवी कर्ण हादुर गुरुङ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष नैना गुरुङ, मनकाजी गुरुङलगायतले बोलेका थिए।

उता, शान्ति उच्च माविमा भएको हस्तान्तरण कार्यक्रममा पोखरा उप-महानगरपालिकाका पूर्व नगर प्रमुख कृष्ण थापा, नेपालस्थित जाइका स्वयंसेवी कुनियाका याजावा, विद्यालयका पूर्व प्रधानाध्यापक रामबहादुर बानियाँ, प्रधानाध्यापक गणेश खड्का, विद्यालय व्यवस्थापन समिति अध्यक्ष निर्मल आचार्यलगायतले बोलेका थिए।

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width