पोखरा, ५ वैशाख । पाल्पाली समाज पोखराले कोभिड–१९ बाट उत्पन्न असहज परिस्थितिमा सरकारको विपद् व्यवस्थापन कोषमा १ लाख २० हजार रुपैयाँ नगद सहयोग गरेको छ ।
समाजमा आवद्ध सदस्यहरुको मूलघर पाल्पाका सबै १० वटै स्थानीय तहमा १ लाख र कर्मथलो पोखरास्थित पोखरा महानगरपालिकालाई २० हजार सहयोग गरेको हो ।समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले पाल्पाका तानसेन र रामपुर नगरपालिकासहित निस्दी, पूर्वखोला, रम्भा, तिनाउ, बगनासकाली, माथागढी, रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकाको लागि १०÷१० हजार रुपैयाँ बैंकमार्फत राहत कोषमा पठाइएको जानकारी दिए ।
यसैगरी, शुक्रबार नै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई समाजका अध्यक्ष घिमिरेले २० हजार रुपैयाँको चेक हस्तान्तरण गरे । जसमध्ये समाजको १० हजार र पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थातर्फबाट १० हजार रहेको छ । महानगर कार्यालय परिसरमा भएको रकम हस्तान्तरण कार्यक्रममा समाजका सल्लाहकार खेम सारु र प्रेस सल्लाहकार विजय नेपालको पनि उपस्थिति थियो ।समाजले पाल्पा मूल घर भै पोखरामा कठिन अवस्थामा परेका अति विपन्न र दैनिक ज्यालादारी गर्ने मजदुर पाल्पालीहरुलाई समेत लकडाउनका बेला खाद्यसामग्री सहयोगको व्यवस्था मिलाएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरा उद्योग वाणिज्य संघ नवनिर्वाचित समितिलाई लेउवा संघको स्वागत
पोउवा संघको कार्यसमितिलाई बुद्व विशाल बजारकाे बधाई
पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
सुजल डेरी र सेलवेजलाई अवार्ड
पोखरामा अमोडा ई५ डिलक्स र जेको जे६ लन्च
hero news full width
मुख्य समाचार
अनेमसंघ (क्रान्तिकारी) गण्डकीमा गीता शाही
प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्क प्रस्थान
असाेज ४, २०८१सुरु भयो पदयात्राको याम
असाेज ४, २०८१गण्डकीमा ५ वटा ऐन संशोधन हुँदै
असाेज ४, २०८१रुपा रिङरोड दोस्रो खण्ड शिलान्यास, लागत ४७ करोड १८ लाख
असाेज ३, २०८१संविधान दिवसमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान
असाेज ३, २०८१