काठमाण्डौ, ३ वैशाख । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई अमेरिकाले आर्थिक सहयोग नगर्ने निर्णय गरेको छ । उक्त निर्णयसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाको विरोध सुरु हुन थालेको छ ।
राष्ट्र संघका महासचिव एन्टोनिओ गुट्रेस र अमेरिकी धनाढ्य तथा समाजसेवी बिल गेट्स लगायतले यतिबेला सो निर्णय गर्नु गलत भएको भनिरहेका छन् । ट्रम्पले मंगलबार डब्लूएचओले कोरोना भाइरसको संकटलाई राम्रोसँग समाधान गर्न नसकेको र फैलिइरहेको कोरोना संक्रमणलाई ढाकछोप गरेको आरोप लगाउँदै तत्काललाई सहयोग रोक्का गरेको बताएका थिए।
कोरोना संक्रमण संसारभर फैलिइरहेको र अमेरिकामैं ट्रम्पले यो संकटलाई सुरुमै राम्रोसँग व्यवस्थापन नगरेका कारण अमेरिकामा धेरैको ज्यान गएको आरोप लागिरहेका बेला उनको यो निर्णय आएको हो। अमेरिकाले डब्लूएचओलाई वर्षेनी ४० करोडदेखि ५० करोड अमेरिकी डलरसम्म सहयोग प्रदान गर्दै आएको छ। उनले चीनले सो संस्थालाई जम्मा ४ करोड अमेरिकी डलर दिँदै आएको पनि बताएका थिए।
राष्ट्र संघका महासचिव गुट्रेसले कोभिड–१९ सँग जुधिरहेका बेला यस्तो निर्णय गर्नु उपयुक्त समय नभएको बताएका छन् ।.यो भाइरससँग लडिरहेका बेला विश्व स्वास्थ्य संगठन वा अरु कुनै मानवीय कार्य गर्ने संगठनलाई साधन स्रोत कटौति गर्ने बेला होइन,’ राष्ट्र संघका महासचिवले आफ्नो वक्तव्यमा भनेका छन्।ट्रम्पको घोषणापछि उनले सो वक्तव्य जारी गरेका हुन्।
यसैबीच अमेरिकी धनाढ्य, समाजसेवी तथा बिल गेट्स फाउण्डेसनका संस्थापक बिल गेट्सले यस्तो स्वास्थ्य आपतकालका बेला डब्लूएचओलाई सहायता रोक्का गर्नु निकै खतरनाक कदम भनेका छन्।डब्लूएचओको कामले अहिले कोभिड–१९ को संक्रमणलाई कम गर्दै गएको बताउँदै उनले यदि त्यो काम रोकियो भने सो संस्थालाई अरु कुनै संस्थाले त्यसलाई प्रतिस्थापन गर्न नसक्ने बताएका छन्।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१