पाेखरा । गण्डकी प्रदेशमा एकै दिन ४ सय जनाको र्यापीड डायनोस्टिक टेष्ट (आरडीटी) बाट कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गरिएको छ । प्रदेशमा सोमबारसम्म कुल १ हजार ७ सय ८२ जनाको यस्तो टेष्ट गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रदेशका विभिन्न ११ जिल्लामा कोरोना संक्रमितको सम्पर्कमा आएका, क्वारेन्वाइनमा बसेकाहरु तथा विदेशबाट फर्केकाहरुको आरडीटी गरिँदैआएको छ ।
स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले सोमबारमात्रै ४ सय जनाको आरडीटी भएको जानकारी दिएका हुन् ।
प्रदेशमा विदेशबाट आएकाहरुको हालसम्म ४ हजार ५ सय २२ जनाको तथ्यांक संकलन गरिएको छ । तीमध्ये कोरोनाको उच्च जोखिम रहेको भनिएको बागलुङमा ८ सय ३६ जना फर्केका छन् । बागलुङमा ९ सय ११ जनाको आरडीटी भएको छ ।
यस्तै, पर्वतमा २ सय ३९ जना, स्याङ्जामा २ सय ९ जना, लमजुङमा १ सय ८ जना, कास्कीमा ८० जना, तनहुँमा ७९ जना, गोरखामा २८ जना, म्याग्दीमा ५२ जना, नवलपुरमा ६९ जना, मुस्ताङमा ७ जनाको आरडीटी भएको छ ।
आगामी १० वैशाखसम्म सबैजनाको आरडीटी सक्ने लक्ष्य रहेकोमा सोको ५ दिन पहिले नै सो कार्य सकिने जनाइएको छ ।
उता, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा विभिन्न जिल्लाबाट कोभिड–१९ शंकास्पद बिरामीको नमुना संकलन गरी पीसीआर प्रविधिबाट परीक्षण समेत भइरहेको छ । सोमबार साँझसम्मको रिपोर्टअनुसार ३ सय ७५ वटा नमुना संकलित गरिएकोमा २ जनाको पोजेटिभ र ३ सय ६० जनाको नतिजा नेगेटिभ आएको छ । १३ जनाको नतिजा आउन बाँकी छ । २ जना पोजेटिभ देखिएका महिलाहरुको बागलुङस्थित धौलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच, बागलुङको काठेखोलामा आइतबारको आरडीटीमा एक महिलाको रिपोर्ट पोजेटिभ आएकोमा पोखरास्थित पीसीआरमा भने नतिजा नेगेटिभ आएको छ ।
प्रदेशमा १ सय ९९ जना क्वारेन्टाइनमा बसेका छन् । होम क्वारेन्टाइन बस्नेको संख्या २ हजार ६ सय ६७ छ ।
उता, गण्डकी प्रदेशमा स्वास्थ्यसम्बन्धी भएका क्रियाकलाप तथा तथ्यांक सर्वसाधारणमा पुर्याउने उद्देश्यले प्रदेशले तयार पारेको मोवाइल एप्स ‘गण्डकी स्वास्थ्य’ सोमबार सार्वजनिक भयो। प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले सो एप्स आफ्नो मोवाइलमा डाउनलोड गरी उद्घाटन गरेकी हुन् ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१