काेभिड १९ को कारणले अष्ट्रेलियामा अध्ययनरत अन्तराष्ट्रिय बिद्यार्थीहरुलाई पर्न सक्ने समस्याहरुमा सहयोग पुर्याउने उद्देश्यले एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको परोपकारी गतिविधिका लागि संचालित संस्था एक्स्पर्ट फाउन्डेसनले २ लाख अस्ट्रेलियन डलरको “COVID-19 Expert सहयोग कोष” स्थापना गरेको छ।
कोरोनाभाइरस (काेभिड १९) को महामारीबाट अस्ट्रेलियामा अध्ययनरत अन्तराष्ट्रिय विद्यार्थीका अभिभावकहरु पनि अहिले प्रभावित भएको र यहाँ रहेका बिद्यार्थीहरुको रोजगारीमा पनि असर गरेको यथार्थलाइ पनि मध्यनजर गर्दै फाउन्डेसनले यो निर्णय गरेकाे जनाएकाे छ ।
एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज मार्फत अस्ट्रेलियाका बिभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुमा अध्ययनरत अन्तरास्ट्रिय बिद्यार्थीहरु प्रति पहिलो दायित्व तथा अभिभावकत्व अनुभुत गर्दै कोषबाट एक लाख पचास हजार अस्ट्रेलियन डलर उहाँहरुको सहयोगका लागि छुट्याइएको र अन्य अन्तरास्ट्रिय बिद्यार्थीहरुको सहयोगमा क्रियाशील बिभिन्न सामाजिक संघ संस्थाहरु मार्फत सहयोग गर्ने गरी पचास हजार अस्ट्रेलियन डलर छुट्याइएको फाउन्डेसनले बताएकाे छ।
अस्ट्रेलियामा अध्ययनरत अन्तराष्ट्रिय बिद्यार्थीहरुमा पर्न सक्ने प्रभाव न्यूनिकरणका लागि अस्ट्रेलियन सरकार र राज्य सरकारहरु अन्तर्गतका विभिन्न सरकारी एवं गैर सरकारी निकायहरु र शैक्षिक संस्थाहरुले ल्याएका विभिन्न कार्यक्रमहरुबाट बिद्यार्थीहरुलाई केहि हदसम्म भएपनि सहयोग पुग्ने हामीले विश्वास पनि फाउन्डेसनले लिएकाे छ। साथै, बिद्यार्थीहरुलाई पर्न सक्ने समस्याहरुका बारेका व्यवसायिक सम्बन्ध भएका शैक्षिक संस्थाहरुसंग आफ्नो तर्फबाट नियमित परामर्शमा रही, सहयोग र सुविधा प्राप्त हुने सूचना उपलब्ध हुनासाथ बिद्यार्थीहरुलाई जानकारी गराइरहेको र त्यसलाई निरन्तरता दिने फाउन्डेसनले जनाएकाे छ।
Related News
सम्बन्धित समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माछापुच्छ्रे क्याम्पस पुनःजीवनको प्रयास
राहत शिक्षक अन्नपूर्णमा शिवप्रसाद
हिमालय माविका भूपू विद्यार्थी एकजुट
‘निजी तथा सरकारी विद्यालयबीच विभेद नगरौं’
hero news full width
मुख्य समाचार
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१