गण्डकीमा र्‍यापिड डायग्नोस्टिक टेष्ट ५ दिनभित्रै सकिने

आदर्श समाज सम्वाददाता
चैत्र ३०, २०७६
corona-5

पोखरा, ३० चैत । गण्डकी प्रदेशमा र्‍यापिड  डायग्नोस्टिक टेष्ट (आरडीटी) दू्रतगतिमा अघि बढेको छ । आगामी १० वैशाखसम्म सो प्रकारको टेष्ट सक्ने लक्ष्य लिइएकोमा ५ बैशाखभित्रै सबै करिब ४ हजार जनाको टेष्ट भैसक्ने दाबी गरिएको छ । परीक्षण सुरु भएको ३ दिन अवधिमा ७ सय ५१ जनाको टेष्ट भैसकेकोमा सबैको नतिजा नेगेटिभ आएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले भने–गण्डकी प्रदेशमा हामीहरुले योजनाभन्दा अघि नै काम सक्ने लक्ष्य लिएका छौं । ५ बैशाखभित्रै सबैजनाको टेष्ट भैसक्छ । ल्याबका कर्मचारीहरु दिनरात नभनी लगातार खटिनुभएको छ ।कोरोना भाइरसको उच्च जोखिम रहेको गण्डकी प्रदेशको बागलुङमा मात्रै हालसम्म ५ सय ८० जनाको टेष्ट सकिएको छ । अघिल्लो दिन आइतबार साँझसम्म बागलुङमा ४ सय ६९ जनाको टेष्ट भएको थियो । जिल्लाका ४ नगरपालिका सहित कुल १० वटै पालिकामा होम क्वारेन्टाइनमा रहेकाहरुसहित कोरोना भाइरस संक्रमण देखिएकाहरुको सम्पर्कमा आएकाको परीक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौंले जानकारी दिए । मंगलबारसम्म कुल ९ सय जना जतिको ¥यापिड टेष्टको आधारमा परीक्षण सकिने उनले बताए ।

यता, प्रदेशकै कास्की, गोरखा, स्याङ्जा र म्याग्दीमा पनि सोप्रकारको टेष्ट सुरु भएको छ । कास्कीको रुपा र मादी गाउँपालिकामा गरी १९ जना, गोरखामा २ जना, स्याङ्जामा १ सय १९ जना र म्याग्दीमा ३३ जनाको टेष्ट भैसकेको छ । स्याङ्जाको भीरकोट नगरपालिका सहित बिरुवा र अर्जुनचौपारी गाउँपालिकामा सो सुविधा छ । गाउँ गाउँमा ल्याबका कर्मचारीलाई तालिम दिई खटाइएको छ ।

गण्डकीमा हालसम्म ३ सय ४६ जनाको कोरोना परीक्षणको लागि नमुना संकलन गरिएकोमा २ जना संक्रमित र ३ सय ९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अन्य ३५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । गण्डकी प्रदेशभर ४ हजार १ सय ४६ जनाको र्‍यापिड  डायग्नोस्टिक टेष्ट (आरडीटी) का आधारमा गरिने लक्ष्य छ । प्रदेशमा चैत यता कुल ४ हजार ५ सय ४३ जना मानिस विदेशबाट फर्किएको तथ्यांक संकलन गरिएको छ । त्यसमा सबैभन्दा बढी बागलुङमा आएका ८ सय ३६ जना छन् । बागलुङपति धेरै जना विदेशबाट फर्किने जिल्लामा स्याङजा हो । स्याङ्जामा ५ सय ८१ र नवलपुरमा ५ सय ६० जना आएका छन् । कास्कीमा ३ सय ८९ जना आएको तथ्यांक छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post