नवलपुरमा विदेशबाट आएका सबैको र्‍यापिड  टेष्ट गरिने, सबै स्थानीय तहमा र्‍यापिड टेष्ट शुरु

आदर्श समाज सम्वाददाता
चैत्र ३०, २०७६
swab

नवलपरासी, ३० चैत्र । पूर्वी नवलपरासीमा विदेशबाट आएका सबैको र्‍यापिड  टेष्ट गरिने भएको छ ।विदेशबाट आउने व्यक्तिहरुमा कोरोना भाइरस भएनभएको परीक्षण गर्न प्रयोग गरिने र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) कीट नवलपुरमा आइपुगेको छ । नवलपुरमा ४ सय ९२ थान किट आइपुगेका र सबै स्थानीय तहलाई वितरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।

नवलपुर जिल्लामा विदेशबाट आएका १५ दिन नाघेका र २१ दिन नपुगेका सबैको टेष्ट गरिने चापागाईले बताए । नवलपुरमा पछिल्लो तथ्यांक अनुसार ८ सय ६० जना विदेशबाट आएको तथ्यांक छ । ती मध्ये १५ दिन कटेको २१ दिन नपुगेको ४ सयको हाराहारीमा भएको र ती सबैको र्‍यापिड टेष्ट गरिने उनले बताए। गैडाकोटबाट र्‍यापिड  टेष्ट शुरु भईसकेको छ । नवलपुरका सबै स्थानीय तहमा स्थानीय तहका स्वास्थ्य प्रमुखको जिम्मामा र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) कीट जिम्मा लगाइएको चापागाईले बताए ।नवलपुरको पछिल्लो तथ्यांक अनुसार नवलपुरमा गैडाकोटमा ८३, देवचुली नगरपालिकामा १ सय २७, कावासोती नगरपालिकामा २ सय ३१, मध्यविन्दु नगरपालिकामा १ सय १७, विनयी त्रिवेणी गाउँपालिकामा ८१, हुप्सेकोटमा ७२, बुलिङटारमा १ सय ३० जना र बौदीकाली गाउँपालिकामा ५९ जना विदेशबाट आएको तथ्यांक रहेको छ ।

नवलपुरमा विदेशबाट आएका ८ सय ६० जना मध्ये ८२ जना मात्र क्वारेन्टाइनमा बसेका छन् भने अरु सबै घरमा नै बसेका छन् । क्वारेन्टाइनमा बसेका ८२ मध्ये ६६ जना घर फर्किइ सकेका छन् । नवलपुरमा शंकास्पद २० जनाको स्वाव परीक्षण गरिएकोमा २० जनाको नै नेगेटिभ आएको छ ।नवलपुरका स्वास्थ्य प्रमुख केशव चापागाईले नवलपुरमा आइतबारबाट नै सबै स्थानीय तहमा र्यापिट टेष्ट शुरु भएको बताए । यसरी र्‍यापिड टेष्ट गर्दा कोरोना संक्रमित भएका व्यक्तिमा कोरोना भाइरस पोजिटिभ देखिए थप पुष्टिका लागि स्वाव संकलन गरेर पठाइने छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post