काठमाण्डौ, २९ चैत । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुने मानिसको संख्या एक लाख नाघेको छ ।जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या एक लाख दुई हजार छ सय सात पुगेको हो ।
भाइरसको कारण इटालीमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । इटालीमा अहिलेसम्म मृत्यु हुने मानिसको संख्या १८ हजार आठ सय ४९ पुगेको छ । अमेरिकामा पनि अहिलेसम्म १८ हजार छ सय ३७ मानिसको कोरोना भाइरसको कारण मृत्यु भएको छ । स्पेनमा पनि १६ हजार ८१ जना मानिसको मृत्यु भइसकेको छ ।
अहिलेसम्म विश्वभर यो भाइरसको कारण संक्रमित हुने मानिसको संख्या पनि १६ लाख ९४ हजार नाघिसकेको छ । सबैभन्दा धेरै संक्रमित अमेरिकामा देखिएका छन् । अहिलेसम्म अमेरिकामा संक्रमितको संख्या चार लाख ९९ हजार नाघिसकेको छ । त्यस्तै स्पेनमा संक्रमितको संख्या एक लाख ५८ हजार नाघेको छ । इटालीमा पनि संक्रमितको संख्या एक लाख ४७ हजार नाघेको छ ।अहिलेसम्म विश्वभर तीन लाख ७६ हजार संक्रमित निको भइसकेका छन् ।
Related News
सम्बन्धित समाचार
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१