कोरोना संक्रमणबाट विश्वभर मर्नेको संख्या ७४ हजारबढी

एजेन्सी
चैत्र २५, २०७६
corona patients

काठमाण्डौ, २५ चैत । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट पछिल्लो २४ घन्टामा ५२ सय २१ को मृत्यु भएको छ । संक्रमणबाट मंगलबार विहानसम्म विश्वभर मृत्यु हुनेको संख्या ७४ हजार ६ सय ९२ नाघेको छ। विश्वभर संक्रमितको संख्या १३ लाख ४६ हजार ४ सय २८ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ। सोमबार कोरोनाका ७२ हजार ८ सय ५० जना नयाँ संक्रमित थपिएका छन्।

सोमबार अमेरिकामा कोरोना संक्रमणबाट १२ सय ५५ जनाको मृत्यु भएको छ। त्यहाँ हिजो एकै दिन ३० हजार ३ सय ३१ जना नयाँ संक्रमित थपिएका छन्। अहिलेसम्म अमेरिकामा संक्रमितको संख्या ३ लाख ६७ हजार नाघेको छ भने मृतकको संख्या १० हजार ८ सय ७१ पुगेको छ।फ्रान्समा धेरैको मृत्यु भएको छ। त्यहाँ हिजो एकै दिन ८ सय ३३ जनाको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या ८ हजार ९ सय ११ पुगेको छ भने संक्रमितको संख्या एक लाख नजिक पुग्न लागेको छ।

स्पेनमा हिजो एकै दिन ७ सयले ज्यान गुमाएका छन्। त्यहाँ मृतकको संख्या १२ हजार नाघेको छ भने संक्रमितको संख्या १ लाख ३७ हजार पुग्न लागेको छ। सोमबार इटालीमा कोरोना संक्रमणबाट ६ सय ३६ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म यसको संक्रमणबाट साढे १६ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन्। संक्रमितको संख्या १ लाख ३२ हजार नाघेको छ।युकेमा सोमबार ४३९ जनाले ज्यान गुमाएका छन्। त्यहाँ मृतकको संख्या ५३ सय ७३ र संक्रमितको संख्या ५१ हजार ६०८ पुगेको छ। जर्मनीमा सोमबार कोरोना संक्रमणबाट २२८ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या १८ सय १० र संक्रमितको संख्या १ लाख ३ हजार नाघेको छ।

इरानमा १३६, बेल्जियममा १८५, नेदरल्यान्डमा १०१, ब्राजिलमा ७८, स्वीडेनमा ७६, रोमानियामा २५, स्वीटजरल्यान्डमा ५०, टर्कीमा ७५, क्यानाडामा ४३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।छिमेकी देश भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३६ पुगेको छ। सोमवार त्यहाँ १८ जनाको मृत्यु भएको छ। आइतबार पनि भारतमा यसको संक्रमणबाट १८ जनाको मृत्यु भएको थियो। त्याँ संक्रमितको संख्या ४७ सय ७८ पुगेको छ। अर्को छिमेकी देश चीनमा सोमबार कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। त्यहाँ हिजो ४ सय ४४ जना नयाँ संक्रमित थपिएका छन्।

Related News

सम्बन्धित समाचार

  • पंगेनीको प्रस्तुतिमा रमाए दर्शक

    आदर्श समाज सम्वाददाता माघ ४, २०८१
    पोखरा । लोकप्रिय गायक बद्री पंगेनीको प्रस्तुतिमा पोखरेली दर्शक रमाएका छन् । प्रायः वियोगान्त गीत गाएर दर्शकलाई रुवाउने लोक तथा…
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शिक्षा र स्वास्थ्यमा ठूलो परिवर्तन भएको बताएका छन् । कुलपति हैशियतमा पोखरा स्वास्थ्य…
  • करार र काजले भरिएको पोखरा महानगर

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । तनहुँ घिरिङ गाउँपालिकामा कार्यरत् सातौं तहकी इन्जिनियर ज्योति थापा २०७७ फागुनमा पोखरा महानगर काजमा सरुवा भइन् । काज…
  • काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछाने धरौटीमा रिहा भएका…
  • पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । पोखरा वडा कार्यालय १५ आयोजनामा बुधबारदेखि तेस्रो बृहत् खेलकुद महोत्सव सुरु भएको छ । वन विज्ञान अध्ययन संस्थानको…

hero news full width