रामचन्द्र न्यौपाने -डोल्पा, २० चैत । नेपालकै प्रसिद्ध शक्तिपीठका रूपमा चिनिने डोल्पाको बाला त्रिपुरासुन्दरी मन्दिरमा लिङ्गा ठड्याइएको छ । लकडाउनका बीच पनि चैते दशैँ अर्थात चैत्र शुक्ल अष्टमीका दिन भगवती, चण्डिका, महाराज र कालीका देवीका चारवटै काठका लिङ्गा ढलाएर ध्वजा पताका टाँगेर ठड्याइएको हो । यस वर्ष दुई वटा नयाँ लिङ्गा थपेर ठड्याइएको र पुराना लिङ्गा हटाइएको पुजारीहरुले बताएका छन् ।
कोरोना भाइरस विरुद्ध पूर्वसतर्कता अपनाउन सरकारले लडकडाउन घोषणा गरेपछि स्थानीयवासीलाई मात्र लिङ्गा ठड्याउन हम्मेहम्मे परेको थियो । एउटै लिङ्गा २० देखि ३० मिटरसम्म लामा हुने भएकाले पनि ढलाएर ठड्याउन मुस्किल हुने त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीयवासी तुलराम शाहीले बताए । त्रिपुरासुन्दरी देवीका आशिर्वादका कारण मान्छेहरुले सोचे जस्तै गाह्रो नहुने र प्रत्येक वर्ष सजिलै ठड्याउन सकिने शाहीले जानकारी दिए ।
अनौठो भूगोल र अग्लो ठाउँमा मन्दिर भएकाले जोडले हावा चलेर लिङ्गा ठड्याउन गाह्रो हुने बताइन्छ । माता त्रिपुरासुन्दरी कृपाले केही पनि नहुने भन्दै लिङ्गा ठड्याउने काममा सरिक हुन त्रिपुराकोट, गल्ली, रल्ली र मद्धु, छल, पहाडालगायतका गाउँबाट भक्तजनहरु आएका थिए । कुलदेवी त्रिपुरासुन्दरीको लिङ्गा ठड्याउने काममा सरिक भए सबैको मनोकामना पूरा हुने उपस्थित भक्तजनहरुले बताए ।
सेना आएन
प्रत्येक वर्ष दुई पटक लिङ्गा ठड्याउन आउने सुलिगाडस्थित नेपाली सेनाको टोली यस पटक भने आएन । सरकारले घोषणा गरेका लकडाउनका कारण धेरै मान्छेहरुको भिडभाड हुने त्यस्तो ठाउँमा जान अनुमति नभएकाले आउन नसकिएको सेनाले जनाएको छ ।
सेनालगायत जिल्लाबाट आउने सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली यस वर्ष नआएपछि स्थानीयवासीहरु मिलेर लिङ्गा ठड्याउन सफल भएका थिए । प्रहरीको टोली सुरक्षाका लागि भने मन्दिरमा पुगेको थियो । त्रिपुरासुन्दरी मन्दिरका लिङ्गा वर्षमा दुई पटक ढलाएर ठड्याउने गरिन्छ । चैत्र शुक्ल अष्टमी र असोज शुक्ल अष्टमीमा लिङ्गाहरु ढलाएर ध्वजा पताकासहित ठड्याउने प्रचलन रहेको छ ।
सुनसान दशैँ
सानो दशैँका रूपमा मनाइने चैत्र शुक्ल अष्टमीमा यसपटक भक्तजनहरु कम आएकाले सुनसान भएको छ । अघिल्लो वर्ष यतिखेर विभिन्न जिल्लाबाट भक्तजनहरु आएर भरिभराउन हुने गथ्र्यो । यस वर्ष धेरै कम भक्तजन आएको मन्दिरका पुजारी कृष्णचन्द्र पाण्डेले जानकारी दिए ।
यस अवधिमा घटस्थापनादेखि नवमीसम्म बोका बलिसहितको देवीको विशेष पूजाआजा हुने गर्दछ भने देवीको दर्शन गर्नाले मनले सोचेको पूरा हुने विश्वास रहेको छ । सरकारले घोषण गरेको लकडाउनका कारणले पनि कम मान्छे आएको पुजारीहरुको भनाइ छ । यस वर्ष भक्तजनहरू नआएकै कारणल दशैँलाई लक्षित गर्दै स्थानीय होटेल पसलहरु भने खोलिएनन् । नगरपालिकाले भने मन्दिरस्थित कालो ढोकामा स्वास्थ्य शिविर खडा गरेर मन्दिरमा आउने भक्तजनको स्वास्थ्य जाँचको व्यवस्था मिलाएको थियो ।
Related News
सम्बन्धित समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
जनप्रियको वार्षिकोत्सवमा सम्मान
खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१