पोखरीमा डुबेर कपिलवस्तुमा दाजुभाइको मृत्यु

एजेन्सी
चैत्र १७, २०७६
Jharokhar_Pokhari_Simroungarh

फाइल फोटो ।

बुटवल, १७ चैत । कपिलवस्तुमा एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका – ८ वेलहवा स्थित तरवेज धनियाका १२ वर्षीय छोरा सलमान धनिया मुसलमान र उनका १० वर्षीय भाइ अरमान धनियाको माछा पोखरीमा डुबेर मृत्यु भएको हो ।

गाउँनजिकै रहेको सामुदायिक माछा पालन केन्द्रको पोखरी छेउमा खेल्न गएको बेला भाइ पोखरीमा खसेपछि उनलाई बचाउन खोज्दा दाजु सलमान सहित दुबैको मृत्यु भएको हो ।
अचेत अवस्थामा जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा उनीहरूको बाटैमा मृत्यु भएको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ । उनीहरूको शव तौलिहवा अस्पतालमा राखिएको र घटनाका बारेमा अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width