सरकारले आह्वान गरेको लकडाउनको अवज्ञा गर्नेहरुलाई कास्की प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । लकडाउनको पाँचौं दिन शनिबार पोखराका विभिन्न भागबाट ३ सय जना सर्वसाधारणलाई पक्राउ गरिएको थियो । पक्राउ गरिएकालाई पोखरा रंगशालामा करिब २/३ घन्टा सम्म राखेर साँझमात्र छोडिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी राजकुमार केसीले भने, ‘कोरोनाले नेपालको अवस्था समेत भयावह हुन सक्ने सम्भावना रहेकोमा लडकडाउनको अवज्ञा गर्दै निस्फिक्री घुम्ने ‘राष्ट्रघातीहरुलाई’ पक्राउ गरिएको हो ।’
केसीका अनुसार पोखरामा दिउँसोदेखि सहरका विभिन्न ठाउँ–ठाउँमा जम्मा भएका तथा अत्यावश्यक कामबाहेक निस्फिक्री घुम्नेहरुलाई पक्राउ गरी रंगशाला लगिएकोमा केहीबेर अघि सम्झाइबुझाइ छाडिएको हो । यसरी पक्राउ पर्नेहरु महिला पुरुष गरी करिब ३ सय जना जति थिए ।
सरकारले ७ दिनका लागि घोषणा गरेको लकडाउन अझै २ दिन बाँकी छ । बाँकी अवधिमा पनि सोको अवज्ञा गरेको दोहोरिए उनीहरुविरुद्ध सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुर समेत लगाउन सकिने प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको रेकर्ड समेत सुरक्षित राखिएको जनाइएको छ ।
लकडाउनको मर्म नबुझी उल्लङ्घन गर्दै हिड्नेहरुलाई समातिएको र कोरोना भाइरसविरुद्ध सचेतना समेत गराइएको प्रहरीले बतायो । रंगशालाको भलिबल प्रशिक्षण केन्द्र र बास्केटबल कोर्टभित्र थुनिएका उनीहरुलाई त्यहाँ राख्दा भने सामाजिक दुरी कायम गरिएको थियो ।
यसैबीच, लकडाउन अवज्ञा गरेको भनी प्रहरीले एकैपटक ४०/५० मानिसलाई एउटौ गाडीमा कोच्नु भने मूर्खता भएको टिप्पणी हुन थालेको छ । कोरोना भाइरस संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्ने हुँदा यदि कोही व्यक्ति सम्भावित संक्रमित भएको पाइए अर्को व्यक्ति समेत संक्रमित हुने डर उत्तिकै रहन्छ । कास्की प्रहरीले हेक्का नपु¥याएको टिप्पणी हुन लागेको हो । यस विषयमा कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले राष्ट्रविरोधीलाई जति कारबाही गरे पनि कम नहुने जिकिर गर्दै आगामी दिनमा विचार गरिने बताए ।
रंगशालामा थुनिएकाहरुलाई प्रहरी उपरीक्षक कार्की स्वयंले सचेतना गराउँदै कोरोना भाइरस कसरी सर्छ, यस्तो बेलामा घरभित्र किन बस्ने लगायतबारे ब्रिफिङ गरेका थिए ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१