पर्सा, १२ चैत । लकडाउनको अवज्ञा गर्दै कन्टेनरमा लुकीछिपी आउँदै गरेका ५२ जनालाई गएराति वीरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएको छ । चितवनको भरतपुरबाट एक महिला र एक बालकसहित ५२ जनालाई बोकी आउँदै गएको ना५ख ९५५२ नंको कन्टेनरलाई राति १२ः३० बजे वीरगञ्जको घण्टाघर चोकबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँ, भरतपुर, हेटौँडालगायतका स्थानमा रही काम गर्दै आएका बारा पर्सा जिल्लाका बासिन्दालाई ४० फिटे कन्टेनरभित्र लुकाइछिपाइ ल्याउँदै गएको अवस्थामा वीरगञ्जको घण्टाघरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए । उनले प्रहरी नियन्त्रणमा रहेका व्यक्ति तथा कन्टेनरलाई जिल्ला सुरक्षा समन्वय समितिको आज बस्ने बैठकको निर्देशनमा अगाडिको कारवाही बढाइने जानकारी दिए।
नेपाल सरकारले लागू गरेको लकडाउनको अवज्ञान गर्नेलाई स्थानीय प्रशासनले कारवाही गर्न थालेपछि वीरगञ्जमा अनुमतिबिना सडकमा घुमफिर गर्नेको सङ्ख्या घटेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिनबाट रोक्न सरकारले चैत १८ गतेसम्मका लागि घोषणा गरेको लकडाउनको पहिलो दिन वीरगञ्जमा १५० जनाभन्दा बढीलाई प्रहरीले कारवाही गरेपछि आज बिहानदेखि यहाँका सडक सुनसान देखिएका छन् । औषधिलगायतका अति आवश्यक वस्तुको उत्पादन गर्ने उद्योगमा काम गर्ने कर्मचारी, चिकित्सक तथा महानगरपालिकाका सरसफाइ कर्मचारी मात्र सडकमा आवतजावत गरेको देखिन्छ ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१