कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले मङगलबारदेखि गरेको लकडाउनको देश भरकाे स्थिति तस्वीरमा । देशभरै बिहानैदेखि भिडभाड हुने मुख्य बजारहरु सुनसान छ । सडकमा प्राय कुनैपनि सवारिसाधन चलेका छैनन । स्थानीयहरुले पूर्ण पालना गर्दै घरभित्र बसिरहेका छन् । ठाँउ ठाँउमा कोरोना भाइरस (कोभिड१९) बाट जोगिनका लागि सर्वसाधारणलाई माइकबाट घर बाहिर नआउन नेपाल प्रहरीले आग्रह पनि गरेकाे छ । (श्राेतः रासस)
राजविराज । सरकारले कोरोना भाइरस (कोभिड१९) सङक्रमणको जोखिम बढेपछि एक साताका लागि
लकडाउन’ गरेपछि मङगलबार सप्तरी, राजविराजको मुख्य बजार पुरै बन्द देखिएको छ । सरकारले गरेको निर्णयबाट सप्तरीमा पनि प्रभाव परको छ भने बजार सुनसान देखिएको छ । तस्वीरः अरुणकुमार यादव
सिमिकाेट । मङगलबारबाट देशभर लकडाउन भएपछि हुम्लाको सदरमुकाम सिमकोट सुनसान बनेको छ । तस्वीरः दाने बोहरा
बेनीबजार । कोरोना भइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले देशका सम्पूर्ण जिल्लाहरु लकडाउन गरेपछि मङगलबार सुनसान देखिएको म्याग्दीको सदरमुकाम बेनीबजार । तस्वीरः धुर्वसागर शर्मा
जाजरकाेट । कोरोना भाइरस (कोभिड१९) बाट जोगिनका लागि सर्वसाधारणलाई माइकबाट घर बाहिर नआउन आग्रह गर्दै नेपाल प्रहरी । सातवटा स्थानीय तहमा माइकबाट घर बाहिर नआउन आग्रह गरिएको छ । तस्वीरः हेमन्त केसी
पाेखरा । कोरोना भाइरसको सङक्रमणबाट जोगिनका लागि सरकारले एक हप्तासम्मका लागि गरेको लकडाउनका कारण मङगलबार सुनसान देखिएको पर्यटकीय नगरी पोखराको लेकसाइड । तस्वीरः राधिका कंडेल
काठमाडाैं । सरकारले विश्वभरी फैलिएको कोरोना भाइसरको मध्ययनजर गरी मङगलबारदेखि लागू गरेको लकडाउनका कारण बिहानैदेखि सुनसान देखिएको मध्यपुरथिमि शङखधरचोक, काठमाडाैं । तस्वीरः रत्न श्रेष्ठ
दाङ । कोरोना भाइरसबाट बच्न नेपाल सरकारले गरेको लकडाउनमा बजार क्षेत्रमा प्रहरी परिचालित छ भने बजारको एकसय मिटरको दूरीमा नीजि सवारीहरु गुडिरहेका छन । तस्वीरः सन्तोष अधिकारी
तनहुँ । तनहुँमा मङगलबार बिहानदेखि लकडाउन गरेसँगै चेकजाँचमा कडाइ गर्दै प्रहरी । लकडाउनको बारेमा जानकारी नहुँदा पृथ्वीराजमार्ग सडकमा कयौ यात्रु अलपत्र परेका छन । तस्वीरः सानेबहादुर नेपाली
तुलसीपुर । कारोना (कोभिड१९) लाई मध्येनजर गर्दै सरकारले मङगलबारदेखि गरेको लकडाउनपछि सुनसान बनेको तुलसीपुर बजार । तस्वीरः दीपक बोहरा
दमक । कोरोना भाइरसको सङक्रमणबाट हुन सक्ने जोखिम नियन्त्रण गर्न सरकारले मङगलबारदेखि लगाएको लकडाउनले झापाको दमक चौकको दृश्य । तस्वीरः यज्ञराज आङ्गदेम्बे
कैलाली । कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले मङगलबारदेखि गरेको लकडाउनको समयमा कैलालीको सुखडमा चलाइएका सवारी साधनलाई नियन्त्रणमा लिदै प्रहरी । तस्वीरः प्रकाश मिश्र
भैरहवा । सरकारले घोषणाा गरेको लकडाउन अनुसार सीमावर्ती शहर भैरहवा सुनसान छ । बिहानैदेखि भिडभाड हुने यहाँको मुख्य बजारहरु बैंकरोड, नारयणस्थान, हाटबजार, देवकोटाचोक, मिलनचोक, गल्लामन्डि, एअरपोर्ट क्षेत्र पुरै सुनसान छ । यहाँका सडकमा कुनैपनि सवारिसाधन चलेका छैनन । नेपालभारत सीमा सुनौलिदेखि तीन किलोमिटर दूरिमा रहेको भैरहवामा लकडाउनलाई स्थानीयहरुले पूर्ण पालना गर्दै आआनो घरभित्र बसिरहेका छन । नोभल कोरोना भाइरसको सङक्रमण फैलिन नदिन सरकारले घोषणाा गरेको लकडाउन अनुसार यतिबेला भैरहवामा मान्छेहरु कहिकतैपनि देखिएका छैनन । तस्वीरः नरेश केसी
Related News
सम्बन्धित समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१