पोखरा । व्यावसायिक महिला क्लब पोखराले हिमालय आँखा हस्पताललाई आँखा उपचारमा प्रयोग हुने मेसिन प्रदान गरेको छ । क्लब अध्यक्ष हरिमाया शर्माले अस्पतालमा आयोजित समारोहमा ७ लाख ६३ हजार मूल्य बराबरको सो मेसिन अस्पतालका मेडिकल डाइरेक्टर इन्द्रमान महर्जनलाई हस्तान्तरण गरिन् ।
जर्मनीबाट आयातित सो मेसिन अस्पतालभन्दा बाहिर उपचारका अवस्थामा समेत लैजान हलुका भएकोले बढी उपयोगी हुने बताइएको छ ।विश्वका सयभन्दा बढी देशमा शाखा सञ्जाल भएको नेपालका ६६ जिल्लामा शाखा शाखा भएको सो क्लबको पोखरा च्याप्टर ३ दशकदेखि यस क्षेत्रमा महिला तथा बालबालिकाका लागि उपयोगी काम गर्दै आएको छ ।
क्लबले प्रौढ शिक्षा संचालन, कम्प्युटर शिक्षा, स्वरोजगारको लागि सिलाइबुनाइ, बाख्रापालन, कुखुरापालन, बेकरी तालिम तथा बीउ पुँजी समेत वितरण गरेको छ । एकल महिलाहरुको लागि समेत क्लबल कार्यक्रम संचालन गरेको जनाइएको छ । औद्योगिक क्षेत्रमा काम गर्ने महिलाहरुका बालबच्चाहरुका लािग डे–केयर सेन्टरको स्थापना गरेको छ भने पोखराका विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको क्लब अध्यक्ष शर्माले बताइन् ।
हाल बेडन बेडन कार्यमा जर्मनका मिसाइल वाओर लगायत साथीहरुको सहयोगमा कास्की लगायत छिमेकी जिल्लामा १५ ठाउँमा निःशुल्क आँखा शिविरका क्रममा सघन उपचारको लागि आर्थिक स्थिति कमजोर भएका बिरामीलाई तिलगंगा आँखा अस्पतालमा उपचार व्यवस्था गरेको छ ।क्लबले लेकसाइडका सम्राट सापकोटाका श्रीमान्श्रीमती दुवै दृष्टिविहीन भएकोले उनीहरुको छोरीको आँखा उपचारमा आर्थिक सहयोग समेत जुटाएको छ । पृथ्वीनारायण क्याम्पस पढ्ने दृष् िविहीन ७० जना विद्यार्थीका लागि डिजिटल अडियो मेसिन व्यवस्था गरेको छ । उनीहरुको थप सुविधाका लागि बेलायतमा डल्फिन सफ्टवेयर प्रोग्रामका लागि १ लाख ५० हजारको आर्थिक सहयोग व्यवस्था गरेको क्लब अध्यक्ष हरिमाया शर्माले बताइन् ।
Related News
सम्बन्धित समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
वनमा आगो नलगाउन एमाले वडा कमिटी २१ को आग्रह
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१