पोखरा ३०, फागुन । कास्कीको उत्तरी क्षेत्र ल्वाङ प्राकृतिकरुपले भरिपूर्ण छ । प्राकृतिक, भौगोलिक, कला–संस्कृति र वातावरणीय हिसाबले उत्कृष्ट ल्वाङ पर्यटकीय आकर्षणको केन्द्र हो । यो गाउँ पछिल्लो समय पर्यटकको थलो बन्दै गएका छ ।
यही गाउँको प्राकृतिक स्रोत उपयोग गर्दैै क्यानोनिङमार्फत देशविदेश चिनाउने लागिपरेका व्यक्ति हुन्–राम गुरुङ । उनले माछापुच्छ«े–९ ल्वाङमा सन् २०१४ देखि साहसिक खेल क्यानोनिङ शुरुवात गरे । गुरुङ भन्छन्, ‘क्यानोनिङ व्यक्तिगतरुपमा भन्दा घलेल गाउँलाई चिनाउने उद्देश्यले शुरुवात गरिएको हो । घलेल गाउँलाई चिनाउन हामीले धेरै गतिविधि निँयाल्दा क्यानोनिङमा बढी सम्भावना देखेर नै शुरुवात गरिएको हो ।’
गाउँमा भएको झरनालाई रामले क्यानोनिङमा बदल्ने हेक्का समेत गरेका थिएनन् । जब उनको भेट नेपालकै पहिलो क्यानोनिङ गाइड राजेश लामासँग भयो तब उनले सम्भावना देखे । उनी भन्छन्, ‘लामा दाइले मर्दी हिमाल ट्रेक जाने बेला ल्वाङ घलेलको कुदी छहरा देख्नु भएको रैछ । त्यो छहरामा क्यानोनिङ गर्ने सम्भावना देखेपछि हामी अघि बढेका हौ । त्यो समयमा मलाई क्यानोनिङ बारे थाहाँ नै थिएन । सल्लाहपछि क्यानोनिङ बुझन युट्ुब सर्च गरेँ । त्यसपछि २ जनाको सहकार्यमा हामीले क्यानोनङ खोल्ने योजना बनायौ,’ उनले सम्झे ।
क्यानोनिङ अध्ययन अनुसन्धानपछि नेपाल क्यानोनिङ एशोसिएसन, ट्रेकिङ एशोसिएसन एजेन्सिज अफ नेपाल (टान), एक्याप, साविक गाविस सबैसँग सम्मन्य गरेर हामीले क्यानोनिङ सञ्चालन ग¥यौ ।
हालसम्मको तथ्याङ्क हेर्दा ८० प्रतिशत नेपाली र २० प्रतिशत विदेशी पर्यटकले पोखरा क्यानोनिङबाट मज्जा लिएका छन् ।
उनी भन्छन्, ‘विदेशमा अझै राम्रोसँग प्रचार हुन सकेको छैन । त्यसकारण नेपाली पर्यटककै चहलपहल बढी देखिन्छ ।’
जाडोमा पर्यटक कम भए पनि जब गर्मी शुरु हुन्छ, कुँदी छहरामा रमाउन आउने पर्यटकको ठूलो जमात हुने उनले बताए ।
क्यानोनिङ गरेका सबै पर्यटकबाट राम्रो प्रतिक्रिया पाएको रामले बताए । ‘चुनौतीहरु धेरै आए । कहिलेकाँही विदेश पलायन हुनपर्छ जस्तो लागेको थियो,’ उनी भन्छन्, ‘तर क्यानोनिङ गर्नेहरुबाट पाएको राम्रो प्रतिक्रियाले हौसला थप्यो ।’
कुँदी छहराबाट क्यानोनिङका लागि दुई झरना छन् । एउटा ४५ मिटरको र अर्काे ७५ मिटरको । पहिलो पटक क्यानोनिङ गर्नेका लागि ४५ मिटरको सानो छहरा छ भने अनुभवी तथा प्रोफेसनलका लागि ७५ मिटरको अग्लो छहरा छ ।
उनी भन्छन्, ‘क्यानोनिङ गर्दा सबैभन्दा मज्जा आउने भनेको नै स्याइडिङ हो । स्याइड भइसकेपछि बाहिर आउँदा मृत्युलाई जितेर आएको महसुस हुन्छ, यो सबैको अनुभव पनि हो ।’
क्यानोनिङ प्याराग्लाइडिङ र ¥याफ्टिङजस्तो हुँदैन । ‘यो सबै आफै गर्नुपर्ने भएकाले शारीरिक र मानसिक रुपमा स्वस्थ हुनैपर्छ, उनले भने, ‘अहिलेसम्म यहाँ ८ वर्षीय बालकदेखि ६५ वर्षका वृद्धाले क्यानोनिङ गरेका छन् ।’
क्यानोनिङमा नेपाली र विदेशीलाई फरक व्यवस्था छ । आफै आउने पर्यटकलाई हामीले २ हजार ४ सय रुपैयाँमा गराउँछौ । विदेशीलाई ३९ डलर बराबरको नेपाली रुपैयाँ लिन्छौं । अर्काे प्याकेज छ, जसमा पिङ अप, लञ्च, डिनर त्यसमा नेपालीलाई ३९ सय लिन्छौ भने विदेशीलाई ६९ डलर बराबरको नेपाली रुपैयाँ लिन्छौं ।’
यतिमात्र नभइ क्यानोनिङमा आउने करिब ३० जना पाहुनालाई बासको समेत व्यवस्था गरिएको छ । दिउँसो क्योनोनिङ गरी बेलुका क्याम्प फायरमा रमाउन चाहने पर्यटक लक्षित गरी होटल सञ्चालनमा ल्याइएको हो ।
Related News
सम्बन्धित समाचार
पहिले छाती नाप्न गल्ला आउँथे, अहिले एजेन्ट
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
चेक बाउन्सको समस्याले व्यवसायी र प्रहरीलाई हैरान
मातहतका कार्यालयको दैनिक प्रगति पेस गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन
नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
hero news full width
मुख्य समाचार
फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
चुच्चे नक्साको विवादमा तानिएपछि राष्ट्रपतिका आर्थिक विज्ञले दिए राजीनामा
वैशाख ३०, २०८१भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा
वैशाख ३०, २०८१७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान
वैशाख २९, २०८१‘घरजग्गा खरिदबिक्री नहुँदा अर्थतन्त्र कमजोर’
वैशाख २९, २०८१२२ महिनामा पनि बनेन हरिचोक–याम्दी खण्डको २ किमी सडक
वैशाख २९, २०८१