विपन्न महिलालाई सिलाइ मेसिन

आदर्श समाज सम्वाददाता
चैत्र १, २०७६
silai mechine

पोखरा ३०, फागुन । भारत–नेपालमैत्री समाजले विपन्न महिलालाई सिलाइ मेसिन दिएको छ ।
पोखरा १३ का ५ जना महिलालाई मेसिन हस्तान्तरण गरिएको हो । वडा कार्यालयको समन्वयमा समाजका सल्लाहकार इन्तिखाव आलमले वडाध्यक्ष दर्शन लामा मार्फत उनीहरुलाई मेसिन हस्तान्तरण गरे ।
ब्यावसायिक रुपमा काम गरिरहेका तर साधन नभएर निरन्तरता दिन नसकेका महिलालाई सहयोग गरिएको वडाध्यक्ष लामाले बताए । उनका अनुसार वडामा रहेको परियार सेवा समाजका सदस्यलाई मेसिन दिइएको हो ।
तुलसी परियार, मनसुवा परियार, दुर्गा परियार, सीता परियार र विष्णुमाया परियारलाई सहयोग गरिएको छ । समाजले महिला र युवा समूहको क्षेत्रमा काम गरिरहेको छ । आगामी दिनमा पनि विपन्न समूहमा सहयोग गरिने उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width