पूर्वसञ्चारमन्त्री बास्कोटाको घरमा बम विस्फोट

आदर्श समाज सम्वाददाता
फागुन २८, २०७६
bba45b48f56b0128e533cfe9f7c5a586_w1000_h500_cp – Copy

पोखरा, २८ फागुन । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बुधबार बिहानै शक्तिशाली बम विस्फोट भएको छ । विहान ७.४५ बजेतिर भक्तपुरको मनहरा फाँटस्थित पूर्वसञ्चारमन्त्री बाँस्कोटाको निर्माणाधीन घरमा ठूलो आवाजसहित बम विस्फोट भएको हो । विस्फोटका कारण घरको पर्खाल र रेलिङ भत्किएका छन् ।

साथै बास्कोटाको छिमेकी कपिलदेव घिमिरेको घरमा पनि क्षति पुगेको छ। बमले घरको चार तला माथिको ढोकामा क्षति पुगेको छ। सिसा पनि फुटेका छन्।घरअगाडि राखिएको बा १९ च ४७८१ नम्बरको भ्यान पनि क्षतिग्रस्त भएको छ। घटनास्थलमा रहेका प्रहरी अधिकारीहरुले विस्फोटबाट मानवीय क्षति नभएको बताएका छन् । विस्फोट कसले र किन गरायो भन्ने एकिन भइनसके पनि प्रहरीले ‘प्रतिबन्धित समूह’ले गराएको हुन सक्ने अुनमान गरेर अप्रत्यक्ष रूपमा विप्लव नेतृत्वको प्रतिबन्धित नेकपालाई संकेत गरेको छ।

‘यो निकै ठूलो विस्फोटचाहिँ होइन, प्रतिबन्धित समूहले कुनै सन्देश दिने उद्देश्यले विस्फोट गराएको हुन सक्छ,’ घटनास्थलमा रहेका एक प्रहरी अधिकारीले भने। प्रेसर कुकर बम विस्फोट गराइएको प्रहरीले अनुमान गरेको छ। थप अनुसन्धानका लागि घटनास्थलमा अहिले नेपाली सेनाको टोली पुगेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post