ट्याक्टर दुर्घटनामा चालक र सहचालकको मृत्यु

आदर्श समाज सम्वाददाता
फागुन २८, २०७६
Accident

अन्जनराज न्यौपान–तनहुँ। जिल्लाको बन्दीपुुर गाउँपालिका– ५ कोरीका स्थित भित्री सडकखण्डको बाउनभञ्जयाङबाट– कोरीकातर्फ जादै गरेको ग १ त ४८०८ नं को ट्याक्टर अनियन्त्रित भई सडकबाट १ सय ५० मिटर तल खस्दा ट्याक्टर चालकको घटना स्तलमै मृत्यु भएको छ, भने सहचालक परियारको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोर्खा पालुङटार –७ च्याङली बस्ने वर्ष २१ का प्रेम कुमाल रहेका छन् । सोही ट्याक्टरमा सवार सहचालक जिल्ला तनहुँ बन्दीपुर गाँउपालिका– ४ नयाँपुल निवासी २३ को राजकुमार परियार उपचारका क्रममा निधन भएको छ । परियारको लक्ष्मी अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post