नदी तर्दा पनि शुल्क !

रासस
फागुन २८, २०७६
5a6b6442cf8410ec048b4c26

अत्तरिया ।  कैलाली–कञ्चनपुरको सीमा भएर बग्ने मोहना नदीको पुलमा ओहोरदोहोर गर्दा शुल्क तिर्नुपर्ने बाध्यता छ । कैलाली र कञ्चनपुरको कृष्णपुर नगरपालिका राजघाट जोड्ने मोहना नदीमा निर्माणाधीन पुल नबन्दा स्थानीयवासीले पुलमा ओहोरदोहोर गर्दा शुल्क तिर्नुपर्ने बाध्यता बनेको हो ।

धनगढी उपमहानगरपालिका–३ चटकपुर र कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाट बस्तीका नागरिकले मोहना नदी वारपार गर्दा वर्षौंदेखि पैसा तिर्दै आएको गुनासो गरेका छन् । दुई जिल्लाको सीमा भएर बग्ने नदीमा बनाएको काठको अस्थायी पुल तरेबापत स्थानीयवासीले वर्षौंदेखि पैसा तिर्दै आएको स्थानीयवासी कमल चौधरीले बताए । कैलालीको चटकपुर र कञ्चनपुरको राजघाट बस्तीबीच भएर बग्ने मोहना नदीमा स्थानीयवासीले ‘लन्डन ब्रिज’ नामको अस्थायी पुल बनाएका छन् ।

पुलमा ओहोरदोहोर गरेबापत प्रतिमोटरसाइकल २०, साइकल १०, प्रतिव्यक्ति १० र अटोरिक्साको ५० शुल्क कायम गरिएको छ । “नदीमा पुल नभएको भए स्थानीयवासीलाई ओहोरदोहोरमै समस्या पथ्र्यो”, पुलका चौकीदार सुन्दर चौधरीले भने, “त्यसैले पुल तर्दा गाउँलेले सधैँ रकम तिर्नुपर्ने बाध्यता छ ।” अस्थायी काठेपुलबाट दैनिक ६ सयदेखि ९ सयसम्म रकम सङ्कलन हुँदै आएको छ । राजघाटका किसानले उत्पादन गरेको तरकारी बिक्री–वितरणका लागि धनगढीलगायत बजारमा जान पुलका कारण सहज भएको छ । पुल तर्न दैनिक ५० रुपैयाँ छुट्याउनुपर्ने बाध्यता स्थानीयवासीको भनाइ छ ।

वर्षैपिच्छे नयाँ अस्थायी पुल निर्माण गर्नुपर्ने स्थानीयवासीको भनाइ रहेको छ । यसरी हरेक वर्ष नयाँ अस्थायी पुल बनाउने र बर्सातमा नदीले बगाएर लैजाने गर्दछ । धनगढी र कञ्चनपुरको कृष्णपुर नगरपालिकाको राजघाट जोड्ने मोहनाको नदीमा निर्माणाधीन पुलको २ पटक म्याद थप्दासमेत निर्माण कम्पनीले काममा बेवास्ता गरेपछि काम सम्पन्न हुन सकेको छैन । पुल निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनी एलाइड एडभेन्चरले निर्धारित समयमा पुलको काम नसकेपछि कम्पनी कारवाहीमा परेको छ ।

मोहना–राजघाट पुल निर्माणका लागि दोस्रोपटक थपिएको समय २०७६ साल असारमा सकिएको थियो । त्यति हुँदासमेत पुल निर्माणको काम ५५ प्रतिशतमात्र सम्पन्न भएको सडक डिभिजन साइट कार्यालयले जनाएको छ । तीन वर्षमा काम सक्ने गरी २०७१ सालमा एलाइड एडभेन्चरले ८ करोड रुपैयाँमा पुल निर्माणको ठेक्का पाएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग