वास्थला गनगने पधेंराखोला खानेपानीमा नरबहादुर बराल

आदर्श समाज सम्वाददाता
फागुन २७, २०७६
khanipani arwa

पोखरा–२७, फागुन । वास्थला गनगने पधेंराखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, पोखरा–१३आर्वाको १४औं साधारणसभा तथा पाचौं अधिवेशनले नरबहादुर बरालको अध्यक्षतामा नौ सदस्यीय नयाँ समिति सर्वसम्मत गठन गरेको छ ।

समितिको उपाध्यक्षमा घनश्याम बराल, सचिव साबित्री सिग्देल तथा कोषाध्यक्ष मधुमाया बराल सर्वसम्मत छानिएका छन् । समितिको सदस्यहरूमा कुलप्रसाद बराल, बद्रीप्रसाद देबकोटा, रुद्रनाथ बराल, गोविन्दप्रसाद बराल र सकुन्तला परियार चुनिएका छन् ।कार्यक्रमको उद्घाटन प्रमुख अतिथि कास्की क्षेत्रनं १ (ख) का प्रदेश सांसद मनबहादुर गुरुङले गरेका थिय । अधिवेशनको उद्घाटन गर्दै सांसद गुरुङले प्रदेश सरकारले पहिलो प्राथमिकता नै शुद्ध खानेपानी घरघरमा पु¥याउने लक्ष्य राखेको बताए । उनले गण्डकी प्रदेशभरि एक घर एक धाराको अवधारणा अगाडि बढाउदै सोही अनुरूप काम गरिरहेको पनि बताए । खानेपानीसंगै अब सिंचाईको प्रवन्ध मिलाउन स्रोत ब्यवस्थापनमा समेत सरकार लागेको उनको भनाई थियो । तपाईहरू मलाई घच्घच्याउनु होस् म सधै तपाईहरूकै सेवामा काम गर्न तयार छु उनले प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रमका बिशेष अतिथि पत्रकार एवं मोहरपानी आदर्श टोल विकाससंस्था पोखरा १३ आर्वाका अध्यक्ष श्रीराम सिग्देलले अझै पनि खानेपानीको समस्या बिकराल रूपमा रहेको भन्दै प्रत्येक नेपालीले शुद्ध खानेपानी पिउनबाट बञ्चित हुन नपरोस् भन्ने राय ब्यक्त गरे ।अधिवेशनमा वास्थला भेंडीखर्क अमलाचौर खानेपानी उपभोक्ता समितिका अध्यक्ष बसन्त शर्मा अधिकारी, अमर ज्योति आधारभूत बिद्यालयका प्रअ बिमलबहादुर बराल, राष्ट्रिय परोपकार महासंघ पोखरा–१३ का अध्यक्ष शिबप्रसाद बराल, सल्लाहकार बिष्णुप्रसाद बराल, समितिका पूर्वसचिव भोजराज बराल, लक्ष्मीनारायण टोल बिकास समितिका अध्यक्ष कुलप्रसाद बराल, उपभोक्ता बुद्धीप्रसाद बराल, लक्ष्मीदेबी बराल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा अध्यक्ष नरबहादुर बरालले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष मधुमाया बरालले प्रस्तुत गरेको कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो ।

वास्थला गनगने पंधेराखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नरबहादुर बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कार्यसमिति सदस्य बद्रीप्रसाद देबकोटा र कार्यक्रम सञ्चालन सचिव सावित्री सिग्देलले गरेकी थिईन् ।सो खानेपानी आयोजना अन्तर्गत पोखरा महानगरपालिका वडा नं. १३ आर्वाका झण्डै २०० घर परिवार सदस्यले शुद्ध खानेपानीबाट लाभान्वित भएका छन् । भने प्रत्येक घरमा खानेपानी मिटर जडान गरी पानी वितरण गरिदै आइएको छ ।

Related News

सम्बन्धित समाचार

  • जग्गाधनीले रोके रुपाताल परियोजनाको काम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । रुपाताल संरक्षण परियोजनाको काम स्थानीयले रोकेका छन् । आफ्ना माग सुनुवाई नगरिएको भन्दै काम नै रोकिदिएका हुन् ।…
  • घरमै पुगी ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । पोखरा महानगरपालिकाले ज्येष्ठ नागरिकलाई उनीहरूको घरमै पुगी स्वास्थ्य सेवा दिन प्रारम्भ गरेको छ । पोखरा–२५, हेमजा क्षेत्रमा आइतबारदेखि…
  • निवृत्त शिक्षक समुदायको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । निवृत्त शिक्षक समुदाय अन्नपूर्ण गाउँपालिकाको सक्रियतामा मेश्रम वराह मावि घान्द्रुकका पूर्व प्रअ रामेश्वर सुवेदीलाई उपचारका लागि नगद सहयोग…
  • निर्माण व्यवसायी संघ स्याङ्जामा अर्जुन

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    स्याङ्जा । निर्माण व्यवसायी संघ स्याङ्जाको १४ औं वार्षिक साधारणसभा तथा ७ औं जिल्ला अधिवेशनले शनिबार अर्जुन कार्कीको अध्यक्षतामा १७…
  • सर्प संरक्षण सम्बन्धी सचेतनामूलक कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । आदर्शमणि टोल विकास संस्थाको आयोजनमा हेमजामा सर्प संरक्षण तथा जनचेतनामूलक कार्यक्रम भएको छ । पोखरा महानगरपालिका २५ को…

hero news full width

trending post

ट्रेन्डिङ्ग