पोखरा। साहित्यकार हेमराज पहारीको १० औं स्मृति दिवस शनिबार पोखरामा मनाइएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतिनिधि कविहरुका कविता वाचन गरी स्मृति दिवस मनाइएको हो । पोखरेली साहित्यकारले पहारीलाई कविताबाटै सम्झिए ।
प्रमुख अतिथि साहित्यकार सरुभक्तले हेमराजका कृति बजारमा अप्राप्त भएकाले पुनः प्रकाशन गर्न आग्रह गरे । शुरुमा असल शिक्षकका रुपमा चिनेका पहारीलाई निकै पछिमात्र साहित्यकारका रुपमा चिन्न पाएको श्रेष्ठले बताए । सरुभक्तले भने, ‘उहाँका कृति पुनः प्रकाशन, बाँकी कृति प्रकाशनका लागि प्रतिष्ठानले पहल गर्नुपर्छ ।’साहित्यकार रमेश श्रेष्ठले आफूलाई पहारीले विद्यालय तहमा पढाएको सम्झिए ।
कार्यक्रममा सरस्वती श्रेष्ठ सरु, सरस्वती प्रतीक्षा, नुमराज बराल, अम्बिकाप्रसाद भट्टराई, रमा प्रासर, गौरी तमु, सुवास मल्ल र सुदर्शन पौडेलले कविता सुनाए । प्रतिष्ठान अध्यक्ष रीता न्यौपानेले पहारीका कृति प्रकाशन, पुरस्कार प्रदान, अन्तक्र्रिया लगायतका कार्यक्रम गरिरहेको जानकारी दिइन् । उनले पहारीको नियात्रा सञ्चयन उत्तरी गोलाद्र्धको एक फन्को चाँडै अंग्रेजीमा प्रकाशन गर्ने तयारी भएको उल्लेख गरिन् ।
प्रतिष्ठान उपाध्यक्ष गोविन्दराज पहारीले हेमराजलाई असल शिक्षक, सचेत नागरिक र प्रगतिशील सर्जकका रुपमा चिनाए । कार्यक्रम संचालन फणिन्द्र अकिञ्चनले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
hero news full width
मुख्य समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१