आध्यात्मिक शिक्षामा जोड

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७६
om shanti

पोखरा ।गण्डकी प्रदेश सदस्य बिन्दुकुमार थापाले समाजमा बढ्दो अपराध न्यूनीकरण गर्न आध्यात्मिक शिक्षालाई विद्यालयमा अध्यापन गराउनुपर्ने बताएका छन् । शिवरात्रि अवसरमा ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय नयाँबजारले आयोजना गरेको ८४ औं शिवरात्री महोत्सव एवं शिवध्वजारोहण साथै स्नेह मिलन समारोहमा थापाले सो कुरा बताए । उनले समृद्ध समाजको लागि भौतिक विकास मात्र नभइ मानवीय विकास पनि अपरिहार्य हुने कुरामा जोड दिदै शान्ति बिनाको समृद्धि सम्भव नहने बताए ।

ईश्वरीय विश्वविद्यालय पश्चिम नेपालका निर्देशक एवं ब्रम्ह्कुमारी राजयोगीनी परिणीताले शिवरात्रीको महिमा अपरम्परा रहेको बताइन् । धर्म र अध्यात्मले सधै सत्यको मार्ग देखाउने भएकाले परम्परागत मूल्य मान्यता र अलौकिक शक्तिको पहिचान गर्न सके सुख र शान्ति मिल्ने उनको भनाइ थियो । पश्चिम नेपालका महासचिव शैलेश बरालले शिवरात्रीको महिमालाई बुझ्न र मनन गर्न सके समाजमा सदाचार कायम हुने बताए ।
यस्तै पोखरा ११ मा हालै शिलान्यास भएको करिब २१ करोड लागतमा निर्माणाधीन दिब्य अनुभूति केन्द्रले समाजमा अध्यात्मको चेतना जगाउन सघाउ पु¥याउने विश्वास व्यक्त गरे । कार्यक्रममा विभिन्न क्षेत्रका विशेष उपस्थिति रहेको थियो भने । सो अवसरमा शान्ति¥याली समेत निकालिएको ब्रहकुमार शिशिरले जानकारी दिए । यसैबीच, सिद्धाश्रम शक्तिकेन्द्र रामघाटले हवन कार्यक्रम गरेको छ ।
.

Related News

सम्बन्धित समाचार

hero news full width