सृजना कप भलिबलको छात्रतर्फ क्वाटरफाइनल र छात्रातर्फ सेमीफाइनल समिकरण पूरा

आदर्श समाज सम्वाददाता
फागुन ८, २०७६
Shrijana Cup Volleyball

पोखरा । पोखरामा जारी सृजना कप सामुदायीक मावि छात्रछात्रा भलिवल प्रतियोगिता अन्तर्गत छात्रतर्फ क्वाटरफाइनल समिकरण पूरा भएको छ ।

त्यस्तै, प्रतियोगिताको छात्रातर्फ सेमिफाइनल समिकरण पूरा भएको छ ।

कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा भइरहेको प्रतियोगिता अन्तर्गत विहीबार भएको छात्रातर्फको क्वाटरफाइनल खेलमा जनप्रकाश माविले विन्दबासिनी माविलाई २५–६ र २५–१२ को सोझो सेटमा पन्छाउँदै सेमिफाइनल यात्रा तय ग¥यो ।

अर्को खेलमा तालवाराही माविले महेन्द्र माविमाथि २५–१८ र २५–२१ को सोझो सेटमा जित रच्दै सेमिफाइनल यात्रा सुनिश्चित ग¥यो । विहीबार नै भएको खेलमा जनप्रिय माविले छोरेपाटन माविलाई २५–१२ र २५–१६ को सोझो सेटमा पाखा लगाउँदै सेमिफाइनलमा स्थान पक्का ग¥यो ।

त्यसैगरी, राष्ट्रिय माविले अमरसिंह माविलाई २५–१९ र २५–२३ को सोझो सेटमा पन्छाउँदै सेमीफाइनलको यात्रा रच्यो । बिहीबार विहान भएको क्वाटरफाइनल खेलमा शान्त माविलाई २५–१० र २५–१४ को सोझो सेटमा हराउँदै राष्ट्रिय मावि क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगिता अन्तर्गत शुक्रबार छात्रातर्फ सेमिफाइनलका खेलहरु हुने आयोजक कास्की जिल्ला भलिबल संघले जनाएको छ । जस अन्तर्गत छात्रातर्फको पहिलो सेमिफाइनल खेलमा जनप्रिय मावि र राष्ट्रिय मावि तथा दोश्रो सेमिफाइनल खेलमा विन्दबासिनी मावि र ताल वाराही मावि प्रतिष्पर्धामा उत्रिनेछन् ।

प्रतियोगिता अन्तर्गत छात्रतर्फ कालिका माविले शान्त माविलाई २५–१९, २२–२५ २५–२३ को सेटमा कठिन जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनायो । राष्ट्रिय मािवले भद्रकाली माविलाई २५–२०, १८–२५ र २५–१८ को सेटमा हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो ।

विन्दबासिनी माविले शुक्रराज माविलाई २५–२१, २२–२५ र २५–१३ को सेटमा जित निकाल्दै क्वाटरफाइलन पुग्यो । माछापुच्छ«े माविले अमरसिंह माविलाई २५–२३ र २९–२७ को सोझो सेटमा हराएर क्वाटरफाइनलमा स्थान बनायो । लक्ष्मी माविले छोरेपाटन माविलाई २५–१५ र २५–२१ को सोझो सेटमा जित निकाल्दै क्वाटरफाइनल यात्रा तय ग¥यो ।

मेश्रम बराह माविले महेन्द्र माविमाथि २५–२१, २०–२५ र २५–२२ को सेटमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो । यसअघि, विहीबार विहान भएको खेलमा कालिका माविले जनप्रिय माविलाई २५–१६ र २५–२२ को सोझो सेटमा पराजित गर्दै प्रिक्वाटरफाइनल यात्रा तय गरेको थियो ।

कास्की जिल्ला भलिवल संघका अनुसार प्रतियोगिता अन्तर्गत शुक्रबार छात्रतर्फ क्वाटरफाइनल तथा सेमिफाइनलका खेलहरु हुनेछन् । छात्रतर्फको क्वाटरफाइनलमा राष्ट्रिय मावि र माछापुच्छ«े मावि, विन्दबासिनी मावि र वाराही मावि, पार्दी मावि र मेश्रम वराह मावि तथा लक्ष्मी मावि र कालिका मावि प्रतिष्पर्धामा उत्रिनेछन् । छात्रतर्फको सेमीफाइनल खेलपनि शुक्रबारै हुने कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका शुरु भएको प्रतियोगितामा छात्रतर्फ २७ र छात्रातर्फ १५ गरी कुल ४२ टिमले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयहरुले मात्र सहभागिता जनाएका छन् ।

Related News

सम्बन्धित समाचार

  • दुआथलनमा टमटा र खड्का विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा, १६ वैशाख । दुआथलनमा पुरुषतर्फ नेपालका हिमाल टमटा र महिलातर्फ मञ्जुकुमारी खड्का विजयी भएका छन् । नेपाल ट्रायथलन संघ…
  • स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्टस् अवार्डमा टाइगर ग्रुप अफ पोखराले वर्ष उत्कृष्ट खेल संघसंस्था वा क्लबतर्फको पुरस्कार प्रायोजन गरेको छ…
  • क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समिति आयोजना तथा महानगर क्रिकेट संघ पोखरा संयोजनमा जारी नगरस्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगितामा…
  • स्पोर्ट्स अवार्डलाई सहयोग आउने क्रम जारी

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिँदै गर्दा तयारीमा तीव्रता दिन थालिएको छ । अवार्ड कार्यक्रम…
  • विद्यालय स्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट सुरु

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि नगर स्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट…

hero news full width