पोखरा । चौथो संस्करणको सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप प्रतियोगिता शुक्रबार (भोली) देखि शुरु हुँदैछ ।
आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले बिहिबार धनगढीमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ।
शुक्रबार (भोली) देखि आगामी २० गतेसम्म धनगढी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा बाग्मती क्लब सिराहा र कञ्चनजंघा फुटबल क्लब इन्डियाबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा दुई विदेशीसहित १२ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । जसमा ‘ए’ डिभिजनका ६ क्लब, २ विदेशी, १ आयोजक र ३ विभिन्न क्लब गरी १२ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
समूह ‘ए’ मा आयोजक सुदूरपश्चिम–११, बाग्मती क्लब सर्लाही, कञ्चनजंघा एफसी भारत, नेपाल एपीएफ क्लब, न्युरोड टिम (एनआरटी) र नेपाल पुलिस क्लब रहेका छन् ।
समूह ‘बी’ मा रुस्लान थ्री स्टार क्लब, नवजन जागृति सिमरा, प्रभु जावलाखेल युथ क्लब, गोर्खा ब्वाइज, कोवा एफसी क्यामरुन र संकटा क्लब छन् ।
प्रतियोगिताको विजेताले २१ लाख १ रुपैँया र उपविजेतालाई १० लाख १ रुपैँया पुरस्कार राशी पुरस्कार पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार पाउनेछ । अन्य विधाका उत्कृष्ट खेलाडीले समान १५/१५ हजार पाउनेछन् ।
प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ बन्न सफल खेलाडीले समान १०/१० हजार पुरस्कार पाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न १ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको छ ।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
स्पोर्ट्स अवार्डलाई सहयोग आउने क्रम जारी
विद्यालय स्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट सुरु
पोखरामा एसिया कप ट्रायथलन: इजिप्टका इसमाइल र आइसल्यान्डका इडालाई उपाधि
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१