६५ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७६
blood donate progrem

हेमजा ।प्रजातन्त्र दिवस अवसरमा सामुदायिक सेवा केन्द्र बगरले सोमबार आयोजना गरेको रक्तदानमा ६५ युनिट रगत संकलन भएको छ ।बगर व्यवसायी कल्याणकारी समितिको सहआयोजना तथा क्षेत्रीय रक्तसंचार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रममा पहिलो रक्तदाता केन्द्रका संस्थापक अध्यक्ष सीता गुरुङलाई ब्लडव्याग हस्तान्तरण गरी शुभारम्भ गरिएको थियो।

कार्यक्रम उद्घाटन गर्दै कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले केन्द्रका गतिविधिको प्रशंसा गर्दै सेवामूलक कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले प्रजातन्त्रलाई मागी खाने भाँडो बनाउन नहुने औल्याए । कार्यक्रममा सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिका वरिष्ठ उपाध्यक्ष बोधराज कार्की, एनआइसी एशिया बैंक गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्मा, आईएनएफका शिव पौडेल, केन्द्रका निवर्तमान अध्यक्ष जीवन अधिकारी, संस्थापक अध्यक्ष सीता गुरुङ, पूर्व अध्यक्ष पुरुषोत्तम श्रेष्ठ, बगर व्यवसायी कल्याणकारी समितिका विष्णुप्रसाद बास्तोला(प्रकाश) लगायतले रक्तदानको महत्वमाथि प्रकाश पारेका थिए ।केन्द्रका अध्यक्ष मनपति भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक मेघनाथ काफ्लले स्वागत र सचिव कल्पना आचार्य बास्तोलाले सञ्चालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै