कास्की मोडनाइज्डमा प्रतिभा पहिचान तथा पुरस्कार वितरण

आदर्श समाज सम्वाददाता
फागुन ५, २०७६
kkkk

पोखरा । पोखराको चाउथे स्थित कास्की मोडनाइज्ड एकेडेमीले विद्यार्थीमा रहेको अन्तरनिहित प्रतिभा पहिचान तथा वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थी भित्र लुकेर रहेको क्षमतालाई वाहिर प्रस्तुत गर्न सकोस भन्ने उद्देश्यले यस्ता किसिमका कार्यक्रमको आयोजना गरिएको हो ।

पुर्व प्रावि जुनियर र सिनियर गरी तीन तहमा सञ्चालन गरिएको उक्त कार्यक्रममा नृत्य, गायन, भाषणकला, अभिनय चित्रकला, संगित जस्ता विभिन्न विद्यामा आ–आफ्नो प्रतिभा प्रस्तुत गर्ने मौका विद्यार्थीले पाएका थिए । उक्त कार्यक्रममा प्रस्तुती क्षमतको मापनका लागि वौद्धिक प्रश्नहरु पनि सोधिएको थियो । २०७५ सालको शैक्षिक, खेलकुद, अतिरिक्त क्रियाकलाप र आधारभुत तह, एसइई र प्लसटु मा सर्वोत्कृष्ट ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो । विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधा नेपाली प्रमुख अतिथिको रुपबाट बोल्दै विद्यालयले आयोजना गर्ने हरेक कार्यक्रम विद्यार्थीका लागि आफैमा महत्वपुर्ण हुने बताइन् ।

विद्यालयका संस्थापक प्राचार्य रामबहादुर मोचीले विद्यालयले अहिलेको विश्व सामु हरेक व्यक्तिले हरेक क्षेत्रमा प्रतिस्पर्धा गरेर अगाडि बढ्नु पर्ने बताए । त्यसैगरी विद्यालयका इन्चार्ज शिवलाल उपाध्यायले आजका विद्यार्थी भोलिका राष्ट्रका कर्णदार भएकाले उनीहरुको क्षमतालाई बुझेर अगाडि बढाउने अवसर विद्यालयले प्रदान गर्नुपर्ने बताए । अन्तरनिहित प्रतिभा प्रस्फुटन कार्यक्रममा सिनियरतर्फ प्रिया गुरुङ्ग प्रथम, रोजिना घताने द्धितीय, असिम सुनार तृतीय र सुलक्ष्यण गुरुङ्ग सान्त्वना त्यस्तै जुनियरतर्फ निलिसा गुरुङ्ग प्रथम, सुवासना भिसुन्के द्धितीय, सोहेन तामाङ्ग तृतीय र आधित्य रानाभाट सान्त्वना र पूर्व प्रावि. तर्फ सान्वी गुरुङ्ग प्रथम, आहाना गुरुङ्ग द्धितीय, आश्था सापकोटा तृतीय र एलिना श्रेष्ठले सान्त्वता स्थान प्राप्त गरेका थिए । कार्यक्रममा शिक्षक नायकद्वय शिवलाल उपाध्याय र मिलन तिमिल्सिनालाई सम्मान गरिएको थियो ।

प्रतिभा पहिचान कार्यक्रमको प्रमुख निर्णायकमा संस्थापक प्राचार्य रामबहादुर मोची, विद्यालय इन्चार्ज शिवलाल उपाध्याय, युवराज गुरुङ्ग, नरेश गुरुङ, मिलन तिमिल्सेना र निर्मला पहारी रहेका थिए । विद्यालयका संस्थापक प्राचार्य रामबहादुर मोचीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य शिक्षक सुरेश राज पाण्डेले राखेका थिए । कार्याक्रमको सञ्चालन शिक्षक सुशील नेपाली, विद्यार्थी आकृति तिवारी र सुप्रिया श्रेष्ठले सञ्चालन गरेको कुरा कार्यक्रम संयोजक समितिका संयोजक शिवलाल उपाध्यायले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै