गण्डकी प्रदेश सरकारले बनाउन लागेको गण्डकी विश्वबिद्यालय गठनको सुरुवात भएको छ । सरकारले विश्वविद्यालयको कुलपतिमा प्राडा गणेशमान गुरुङलाई नियुक्त गरेपछि यसको प्रक्रिया अघि बढेको हो । कुलपति सिफारिस समितिले गरेको सिफारिसका आधारमा गुरुङलाई मुख्यमन्त्रीले नियुक्त गरेका हुन् । सामाजिक विकास मन्त्रीको संयोजकत्वमा सिफारिस समिति गठन भएको थियो । सोही समितिले विश्वविद्यालय सञ्चालन ऐनका आधारमा मापदण्ड बनाएर आवेदन खुलाएको थियो । कुलपति बन्नका लागि ११ जनाको आवेदन परेकोमा गुरुङ सर्बोत्कृष्ट चुनिएका हुन् ।
पीएचडी गरेर १० वर्ष काम गरेको अनुभव हुनुपर्ने मापदण्ड थियो । आवेदकमध्ये ६ जनाको आधारभुत मापदण्ड नै पुगेन भने मापदण्ड पूरा गरेका बाँकी ५ जनाबीचमा पनि कार्ययोजना मागेर कुलपति छानिएको हो । ‘५ जनालाई विश्वविद्यालयको संगठन संरचना, एकेडेमिक ब्यवस्थापन, भौतिक पूर्वाधार, आर्थिक ब्यवस्थापन र समन्वय र सहकार्यको मोडलबारे कार्यपत्र प्रश्तुत गर्न लगाइयो । प्रश्तुति हेरेर सिफारिस समितिले ३ जनाको नाम सरकारलाई बुझाएको हो,’ समितिका सदस्य एवं नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्माले भने, ‘हामीले गरेको सिफारिस पछि सरकारले कुलपति नियुक्त गरेको हो ।’समितिले गुरुङ सहित प्राडा हेमराज सुवेदी र प्राडा बासुदेव काफ्लेको नाम पनि सिफारिस गरेको थियो । गुरुङले त्रिभुवन विश्वबिद्यालयमा समाजशास्त्र बिभागको प्रमुख भएर लामो समय काम गरेका छन् । यसबाहेक लोकसेवा आयोगको सदस्य, विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष, संविधानसभा सदस्य, सरकारले गठन गरेका विभिन्न आयोगमा काम गरेको अनुभव पनि उनीसँग छ ।
‘प्रतिस्पर्धी जनशक्ति उत्पादनमा जोड दिन्छु’
कुलपति नियुक्त भएका गुरुङले आइतबार मुख्यमन्त्री समक्ष सपथ लिए । उनले जतिसक्दो छिटो आवश्यक प्रक्रिया पूरा गरेर पढाई सञ्चालन गर्ने बताए । ‘खोज र अनुसन्धानमा केन्द्रित कार्यक्रम बनाउँछु । हाम्रा विद्यार्थी विश्वभरी प्रतिस्पर्धा गर्न सक्ने खालका हुनेछन्,’ उनले भने, ‘सामान्य कार्ययोजना बनाएको छु । पहिले बोर्ड गठन गर्छु । बाँकी काम बोर्डको निर्णयअनुसार हुन्छ ।’ जग्गा उपलब्ध गराउने जिम्मेवारी, पाठ्यक्रम निर्माण गर्ने, स्वदेश र विदेशमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादन गर्ने लगायत जिम्मेवारी आफुले पाएकोले त्यो कुशलतापुर्वक सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।
Related News
सम्बन्धित समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
बुढ्यौलीमा भेडीगोठ मोह
hero news full width
मुख्य समाचार
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१