स्याङजा । आनन्दमणि–टुल्की नन्दकला साहित्य पुरस्कार साहित्कार डा. सुकुम शर्मालाई प्रदान गरिएको छ । पण्डित आनन्दमणि–टुल्की नन्दकला स्मृति प्रतिष्ठानद्धारा यसवर्ष तेस्रो साहित्य पुरस्कार शर्मालाई प्रदान गरिएको हो ।
स्याङजा आँधीखोला गाउँपालिका निवासी एवं पूर्व कृषिमन्त्री त्रिलोचन ढकाल र उनका परिवारद्वारा आफ्ना आमा बुवाका नाउँमा स्थापित पण्डित आनन्दमणि–टुल्की नन्दकला साहित्य पुरस्कारबाट डा. शर्मा सम्मानित भएका हुन ।प्रतिष्ठानले साहित्य सम्मान तथा कबिता गोष्ठीमा साहित्यको क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै आँधीखोला ६ स्थित पण्डितकै निवासमा डा शर्मालाई नगद १० हजार नगद सहित सम्मान गरिएको हो ।
त्रिभुवन बिश्वबिद्यालयबाट २०६७ मा नेपाली साहित्यमा बिद्याबारिधी गरेका ५० वर्षीय डा शर्माका अमिला अणु (कबिता संग्राह २०४८), लहराका फूलहरु (हाइकु संग्रह २०५६) आगोका यात्रा (गद्य खण्ड काब्य २०५७), संघषशील युवाको डायरी (उपन्यास २०५७), अनवरत यात्रा (उपन्यास २०५८), लाले र लिलीको कथा (बाल उपन्यास २०६१) लगायतका १८ कृति प्रकाशित छन् ।विश्वबिद्यालय क्याम्पस नेपाली केन्द्रीय बिभागमा वहालवाला सहायक डिन समेत रहेका डा शर्माका नेपाली ब्याकरणको ऐतिहासिक इतिहास (शोधग्रन्थ २०७०), आँधीखोला क्षेत्रमा प्रचलित उखानको अध्ययन (शोधग्रन्थ २०६२), पारिजातका कबिताको अध्ययन (शोधग्रन्थ २०६२), नेपाली ब्याकरणको इतिहास लगायतका १३ वटा अनुसन्धानात्क तथा कृति प्रकाशित भएका छन ।
पुतलीबजार नगरपालिका ३ मा जन्मेका डा शर्माले उत्कृष्ठ निबन्ध पुरस्कार, नेपाल बिद्याभुषण पारिजात बाल साहित्य पाण्डुलिपी पुरस्कार सहित छ वटा पुरस्कार तथा सम्मान प्राप्त गरेका छन ।सम्मान कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले साहित्यमा स्याङजा उर्वरभूमि रहेको बताउदै स्याङ्जाले समग्र मुलुक लगायत नेपाल प्रज्ञा प्रतिष्ठानको ध्यानाकर्षण गराउन सफल बनेको बताए ।
कार्यक्रममा डा. महेश्वर शर्मा, प्रा.डा. लालुप्रसाद पौडेल, प्रा.डा. खुमनारायण पौडेल, प्रा.डा. रविलाल अधिकारी, प्रा.डा. यामबहादुर पौडेल, पुरस्कार संस्थापक त्रिलोचन ढकाल, साहित्यकार विश्वप्रेम अधिकारी, देवीप्रसाद वनवासी, नारायणप्रसाद ज्ञवाली, प्रेम लुइटेल, मिलन समिर, सूर्यप्रसाद डुम्रे, शम्भु अर्याल, बसन्त खनाल, नारायणप्रसाद ज्ञवाली, रामराज ज्ञवाली, खुमनारायण पौडेल, सृजना भट्टराई, यामकान्त खनाल, परिवेश मरासिनी, बिद्या सुवेदी, भीम रानाभाट लगायतले आ आफना साहित्य एवं कविता वाचन गरेका थिए यसैगरी, सोही कार्यक्रममा आयोजित कबिता प्रतियोगितामा पूर्णामृत मावि वालिङका प्रिया न्यौपाने र सरस्वती मावि पुतलीबजारका अमृत पोखरेललाई उत्कृष्ठ कवितामा पुरस्कृत गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
hero news full width
मुख्य समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१