गण्डकीको एकैसाथ ३ शाखा विस्तार

आदर्श समाज सम्वाददाता
माघ २५, २०७६
gandaki

पोखरा । गण्डकी विकास बैंक लिमिटेडले एकैसाथ ३ शाखा विस्तार गरेको छ ।बैंकले एकै दिन काठमाडौंको ठमेल कपुरधारा, जनकपुरको जनकपुरधाम र बर्दियाको बाँसगढीमा शाखा कार्यालयहरु स्थापना गरी सञ्चालनमा ल्याएको हो । योसँगै बैंकको मुलुकभर ९५ स्थानमा शाखा सञ्जाल विस्तार भएको छ ।

बैंकको कुल चुक्तापुँजी २ अर्ब ७५ करोड रहेको छ भने पुस मसान्तसम्म कुल निक्षेप ३४ अर्ब २५ करोड संकलन गरी २७ अर्ब ५३ करोड कर्जा प्रवाह गर्न सफल भएको छ । अब उपरान्त बैंकले मुलुकभरका ९५ शाखा सञ्जाल तथा २७ वटा आफ्नै एटीएमबाट निरन्तर सेवा प्रदान गर्नेछ । बैंकले गत आवसम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई १७ दशमलब ३२ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ ।

पूर्व ताप्लेजुङ्गको फुङ्ग्लिङ्गदेखि पश्चिमको महेन्द्रनगरसम्म तथा तराई एवं हिमालपारीका जिल्ला मुस्ताङ्ग, मनाङ्ग तथा जुम्लामा समेत बैंकका शाखा सञ्जाल फैलिएको छ । बैंकले निक्षेपमा आकर्षक व्याजदर प्रदान गर्दै विभिन्न प्रकारका बचत एवं मुद्दति खाता सञ्चालनमा ल्याएको छ भने कर्जातर्फ पनि विभिन्न वर्गलाई लक्षित गर्दै आवास कर्जा, अटो लोन, ओभरड्राफ्ट कर्जा, आवधिक कर्जा, विपन्न वर्ग कर्जा, सुन कर्जा प्रवाह गर्दै आउनुका साथै बैंकले ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा समेत प्रदान गरेको छ ।

मेगा बैंक नेपाल लि.सँग गत आश्विनमा मर्जर÷प्राप्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरी बैंकलाई अझ सवल, सक्षम बनाउने र यसका लगानीकर्ताको लगानीको सम्वद्र्धन गर्ने र सरोकारवालाको हित संरक्षण गर्ने नीति बैंकको रहेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्माले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width