गरीबी निवारणसम्बन्धी अभिमुखीकरण

आदर्श समाज सम्वाददाता
माघ २४, २०७६
Garibi niwarad

खैरेनीटार । दिगो उद्यम तथा सामाजिक विकास केन्द्र शाखा कार्यालय र शुक्लागण्डकी ५, बेलचौताराको आयोजनामा गरीबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत नगरपालिकास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

शुक्लागण्डकी वडा ६ को समन्वय तथा उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालय, घरेलु तथा साना उद्योग कार्यालय तनहुँको सहयोगमा कार्यक्रम भएको हो ।
कार्यक्रममा गण्डकी प्रदेश लघुउद्यम कार्यक्रम विशेषज्ञ सरिता धौवडेलले गरीबीको रेखामुनी रहेका मानिसलाई लघुउद्यम विकास तालिम दिइने बताइन् । उनले माग तथा स्थानीय स्रोतबाट सञ्चालन गर्न सकिने उद्यमलाई प्राथमिकता दिइने उल्लेख गरिन् ।

लघु उद्यम अधिकृत पूर्ण राईले मेड्पा नीति तथा निर्देशिका सम्बन्धी जानकारी दिदै गरीबीको अवस्थामा सुधार ल्याउनु लघु उद्यम विकास कार्यक्रम भएको बताए ।कार्यक्रममा दिगो उद्यम तथा सामाजिक विकास केन्द्र(सेस्डेक) कार्यक्रमका संयोजक चन्द्र नेपाली, शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमाल, घरेलु कार्यालय दमौलीका अधिकृत रामबहादुर अधिकारी, नेकपाका पदमराज बराल, नेपाली काँग्रेसका रेशमलाल पौडेल, कमलमोहन घिमिरे, मधुखर मगर, फत्तबहादुर गुरुङलगायतले बोलेका थिए ।वडा ६ का वडाध्यक्ष कृष्णबहादुर पौडेलको अध्यक्षता रहेको कार्यक्रममा चन्द्र नेपालीले स्वागत र विकास रम्तेलले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width