लुम्बिनी विकास बैंकको कम्प्युटर सहयोग

आदर्श समाज सम्वाददाता
माघ २४, २०७६
lumbani bank

पोखरा। लुम्बिनी विकास बैंक लिमिटेडले बुटवल उपमहानगरपालिकाको प्रगतिनगरस्थित प्रगति माविलाई ५ थान कम्प्युटर प्रदान गरेको छ । कम्प्युटर विषयको ब्यवहारिक शिक्षाका लागि बैंकले सहयोगस्वरुप कम्प्युटर हस्तान्तरण गरेको हो ।

बैंकका मुख्य प्रबन्धक दीपक खनालले विद्यालय प्रधानाध्यापक शिवकुमारी अर्याललाई एक समारोहकाबीच हस्तान्तरण गरेका हुन् । बैंकतर्फबाट भैरहवा शाखा प्रबन्धक शंकर पाण्डे र बुटवल शाखा प्रबन्धक चन्द्रबहादुर सारुको उपस्थिति थियो भने विद्यालयतर्फबाट प्रमुख सल्लाहकार जितबहादुर मल्ल, ब्यबस्थापन समिति सदस्य इन्द्रबहादुर राई, पूर्व कार्यवाहक अध्यक्ष राजेश बुढाथोकी, सल्लाहकार वीरबहादुर कुँवर र शिक्षक तथा विद्यार्थीको उपस्थिति थियो ।

बैंकका मुख्य प्रबन्धक दीपक खनालले जीवनोपयोगी शिक्षाको ज्योति फैलाउँदै समग्र देशको समुन्नतिको लागि योग्य जनशक्ति आधार तयार गर्दै आएका विद्यालयलाई विभिन्न किसिमले सक्दो सहयोग गर्दै जाने बताए । बैंकले १२ औं वार्षिक साधारण सभा सम्पन्न गरी सञ्चित मुनाफाबाट असार मसान्तसम्म कायम शेयर पुँजीको ५ प्रतिशत बोनस शेयर १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पारित गरेको बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width