लमजुङ । लमजुङको राइनास नगरपालिका– १० को प्यारजुङ गाउँसँगै जंगलमा रहेको जोगी गुफाले उक्त गाउँमा पर्यटकीय आकर्षण थप्ने भएको छ । त्यस जोगी गुफालाई अब स्थानीय पाठ्यक्रममा समावेश गर्ने तयारी भएको छ ।
उक्त गुफालाई आजभन्दा दुईसय ५० वर्ष अघि लट्टे जोगीका नामले चिनिने गणपती गिरिले निर्माण गरेको गाउँका अग्रजहरूले बताएका छन् । प्यारजुङ गाउँसँग जोडिएको घना जंगलको बीचमा रहेको उक्त गुफालाई ती जोगीले बास बस्दा आफ्नो सुरक्षाका लागि निर्माण गरेका हुन् भन्ने किंवदन्ति छ । उनले त्यो बेलामा पहाडको कडा चट्टानमा गहतको झोल प्रयोग गरी फोरर निर्माण गरेको प्यारजुङ गाउँका ९५ वर्षीय नरबहादुर गुरुङले बताए । उनले भने, ‘हामी सानो छदासम्म ५– ७ जना जोगी त्यो गुफामा बस्थे, दुईजना जोगिनी त पछिसम्म थिए । सशस्त्र द्वन्द्वकालमा असुरक्षा बढेपछि उनीहरूले २०५५÷५६ सालतिर त्यहाँ बस्न छाडेका हुन् ।’
हिन्दू शास्त्र अनुसार अति दुर्लभ मानिने दाहिने शंख समेत ती जोगीनीहरूसँग भएको बताइन्थ्यो । त्यस गुफामा जोगीहरूले पुराना पैसा र सुन, चाँदी लगायतका महत्वपूर्ण धातुसमेत गाडेर राखेका छन् भन्ने विश्वास गरिन्थ्यो । त्यसैकारण द्वन्द्वकालताका त्यस गुफामा धेरै खन्ने खोतल्ले काम पनि गरिएको थियो, के के फेला प¥यो त्यो त हामीलाई थाहा भएन उनले भने । उनका अनुसार त्यसताका गाउँघरमा लगाइने सत्यनारायणको पुजा आदि जोगीहरूलाई बोलाउने चलन थियो । उनीहरू आएर शंख फुक्ने बस्ने र खानपिन गरी फर्कन्थे ।
यो गुफाको संरक्षण र प्रवद्र्धन गर्न र प्रचार गर्न अति आवश्यक छ । यसले यस गाउँको पर्यटन प्रवद्र्धन कार्यका साथै गाउँको समृद्धिमा समेत सहयोग पुग्ने देखिन्छ सोही गाउँ निवासी बुद्धिमिलन माविका पूर्वप्रधानाध्यापक कृष्णबहादुर गुरुङले बताए । उक्त गुफालाई स्थानीय पाठ्यपुस्तकमा समावेश गर्नका लागि बुद्धमिलन माविका पूर्वसहायक प्रधानाध्यापक ठाकुरप्रसाद गुरुङले त्यसको लेखन कार्य गरेको बताएका छन् । उनले भने, ‘जोगी गुफाको ऐतिहासिक महत्व, त्यसले प्यारजुङ गाउँको पर्यटकीय विकासको सम्भावनालाई समेत समेट्ने प्रयास गरेको छु ।’ त्यस गुफामा बसेर नाम चलाएका जोगीहरूमा लट्टे जोगी, कमल गिरि, जमुना गिरी, देव गिरी, ग्वागे जोगी, रेम्यु जोगी, ध्यानलाल, जोगनन्द, मंगलपुरी, पदम् गिरि, जमुना गिरी र देव गिरी रहेको गुरुङले बताए ।
प्यारजुङ निवासी राइनास नगरपालिकाकी उपमेयर धनकुमारी गुरुङले त्यहाँ बस्ने जोगी जोगिनीहरूले जडिबुटीबाट औषधि मूलो गर्नेदेखि झारफुकको काम समेत गर्ने बताइन् । उनले भनिन् ‘उनीहरूलाई प्यारजुङ गाउँका घरघरबाट वडादशैं लगायतका महत्वपूर्ण चाडपर्वमा विशेष भाग दिनु पथ्र्यो, असारमा मकै, मंसिरमा धान दिने चलन थियो ।’ औंशी पूर्णिमामा उनीहरू घरघरमा माग्न आउँथे र एक एक माना चामल, आलु मौसम अनुसारको तरकारीहरू घरैपिच्छेबाट दिने चलान थियो । ती जोगीहरूले गाईहरू आफू बसेको कुटीको सफा गर्नका लागि पालेका थिए । ती गाईहरूका लागि घरघरबाट घाँस पराल पु¥याई दिने चलन पनि थियो उपमेयर गुरुङले बताइन् । उनले भनिन् ‘यस गुफाको उचित प्रचार प्रसार गरेर प्यारजुङलाई अब पर्यटकीय गन्तव्य बनाउनका लागि नगरपालिकाले कार्य योजना बनाई अर्थिक सहयोग समेत गर्ने भएको छ र गाउँलेहरूबाट पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त भएको छ ।’
Related News
सम्बन्धित समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१