नयाँ पदमार्गको प्रवद्र्धन गर्न जुटे आठ पर्यटन उपसमितिहरू

आदर्श समाज सम्वाददाता
माघ २१, २०७६
Paryatan

लमजुङ ।भ्रमण वर्ष २०२० लाई फलदायी बनाउन लमजुङका ८ पर्यटन उपसमिति नयाँ पदमार्गको प्रवद्र्धन गर्न जुटेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय भुजुङ अन्तर्गत गठन भएको ८ वटा पर्यटन व्यवस्थापन उपसमितिले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

एक्याप क्षेत्रमा पहिचान गरिको गुरुङ सम्पदा पदमार्गको प्रचारप्रसार र प्रवद्र्धन गर्ने निर्णय ती उपसमितिले गरेका हुन् । जसले गर्दा ग्रामीण पर्यटनको पर्याय बन्दै गरेको लमजुङमा अर्को एक पर्यटकीय पदमार्ग थपिने भएको छ । क्व्होलासोंथर गाउँपालिका र मस्र्याङ्दी गाउँपालिकामा रहेका साविकका ८ वटा गाविसअन्तर्गत सञ्चालित पर्यटन उपसमितिले संयुक्त रूपमा एकले अर्को गाउँको प्रचारप्रसार गरी नयाँ पदमार्गको प्रचार प्रसार गरी पर्यटन प्रवद्र्धनमा सहयोग गरी अघि बढ्ने निर्णय गरेका हुन् । घलेगाउँमा आयोजना गरिएको अन्तरक्रिया गोष्ठीका सहभागीले त्यस्तो प्रतिवद्धता जनाएका हुन् । क्व्होलासोंथर गाउँपालिकाको साविक उत्तरकन्या, भुजुङ, पसगाउँ र भोंजे गाविसमा पर्यटन व्यवस्थापन उपसमिति छन् । मस्र्याङदी गाउँपालिकाको साविक खुदी, ताघ्रिङ, सिम्पानी र घनपोखरा गाविसमा पर्यटन व्यवस्थापन उपसमिति सञ्चालनमा छन् ।
त्यसैगरी, ती ठाउँका एक्यापअन्तर्गत संरक्षण व्यवस्थापन उपसमिति पनि सक्रिय छन् ।उक्त ग्रामीण पर्यटकीय गुरुङ सम्पदा मार्ग लमजुङको मस्र्याङदी गाउँपालिका– ३ को खुदीबाट शुरु भएको घलेगाउँ, घनपोखरा, भुजुङ, पसगाउँ हुँदै कास्कीको नाघिधारबाट बेगनाससम्म पहिचान गरिएको एक्याप भुजुङका प्रमुअ एवम् संरक्षण अधिकृत राजेशप्रसाद गुप्ताले बताए । उनका अनुसार एक्यापले घलेगाउँमा आयोजना गरेको अन्तत्र्रिmयामा पर्यटन व्यवस्थापन उपसमितिका अध्यक्ष र सचिवले भाग लिएका थिए ।सहभागी एक्याप क्षेत्रभित्र रहेका साविकको सबै गाविसमा पर्यटन व्यवस्थापन उपसमिति रहेको छ ।

आगामी दिनमा यसको प्रचारका लागि सम्बन्धित समितिले आ–आफ्नो ठाउँबाट प्रचारप्रसार र सहयोग गर्ने निर्णय गरेको एक्यापका पर्यटन सहायक बालकृष्ण घलेले बताए ।गोष्ठीमा एक्याप इलाका संरक्षण कार्यालय भुजुङका प्रमुख राजेशप्रसाद गुप्ता, पर्यटन सहायक बालकृष्ण घले, स्वास्थ्य सहायक ललिता गुरुङ लगायतले होमस्टे, पर्यटन, यसको व्यवस्थापन, गुरुङ सम्पदा मार्गलगायत बारेमा सहजीकरण गरेका थिए । कार्यक्रम घलेगाउँ पर्यटन व्यवस्थापन समिति अध्यक्ष गंगाबहादुर घलेको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width