महायज्ञमा १ करोड बढी संकलन

आदर्श समाज सम्वाददाता
माघ १९, २०७६
bhumikala poudel

श्रीभद्र पौडेल- हेमजा, १९ माघ।अन्नपूर्ण–३, पाउँदुर, धारापानीस्थित शिवालय मन्दिरको सर्वाङगीर्ण विकासका लागि भएको शिवमहापुराण धनधाञ्याचल महायज्ञ अपेक्षाकृत सफलता हासिल गर्दै शनिवार सकिएको छ ।

महायज्ञमा भूमिदान समेत गरी कुल १ करोड ६ लाख ११ हजार ७ सय ९२ दान संकलन भयो । त्यस्तै करिब ७५ मुरी धान तथा २२ मुरी चामल संकलन भयो । समापनमा स्थानीय भतेरे परिवारले गोप्य दानसमेत गरेको छ । उक्त दान यज्ञभरकै सर्वश्रेष्ठ रहेको आँकलन गरिएको छ । त्यस्तै यज्ञ अवधिभर ७ जनाको ब्रतबन्ध, ६ जनाले चौरासी पूजा तथा कुल १३ जनाले तुलादान गरे।महायज्ञ समापन गर्दै गाउँपालिका अध्यक्ष युवराज कुँवरले धर्म संस्कार बिर्सने मानिस मानव हुन नसक्ने बताए । उनले हिन्दू धर्मको संरक्षणमा समेत जोड दिए ।

दानवीरलाई सम्मान व्यक्त गर्दै अध्यक्ष कुँवरले पाउँदुर धारापानीलाई पुण्यभूमि बनाउनुपर्ने धारणा राखे । उनले यज्ञको स्थानीय सहभागिताले पाउँदुरवासी एक छन् भन्ने सन्देश दिएको स्पष्ट पारे ।
प्रमुख वाचक पं.कमलनयन गौतमले सबैको साथ सहयोगबाट यज्ञ सम्पन्न भएको जनाए ।पोखराबाट नजिकै भए पनि पाउँदुर क्षेत्रमा आफ्नो पहिलो यज्ञ भएको उनले सुनाए । उनले १ करोडलाई बीउ पँुजीका रुपमा राखी स्रोतसाधन जुटाएर १० करोड बराबरको काम गर्न सुझाव दिए ।

महायज्ञ मूल आयोजक समिति अध्यक्ष रामचन्द्र पौडेलले छोटो तयारीमा यज्ञ सम्पन्न गर्नुपरेको अनुभव सुनाए ।महायज्ञको हिसाबकिताब पारदर्शी राख्ने प्रतिबद्घता जनाउँदै उनले शिवालय क्षेत्रलाई धामका रुपमा विकास गर्नुपर्ने खाँचो औँल्याए । यज्ञ ार्फत धार्मिक जागरण आएको स्पष्ट पार्दै अध्यक्ष पौडेलले यज्ञको चिरकालसम्म महत्व रहने भनाइ राखे।कोषाध्यक्ष भेषराज पौडेलले शिवालयलाई बृहत् तीर्थस्थलका रुपमा विकास गर्नुपर्ने जनाए ।सह–कोषाध्यक्ष कमला केसीले उद्देश्य पूरा गर्न पाउँदुरवासी एक जुट हुनुको विकल्प नभएको औँल्याइन्।

कार्यक्रमबीच यज्ञमा सहयोग पु¥याएकोमा गाउँपालिका, प्रमुखवाचक, कलाकार, अन्य पूरोहित, रेडक्रस उपशाखा ढिकुरपोखरी तथा प्रहरी चौकी नागडाँडालाई सम्मान गरियो ।संकलित रकमबाट मन्दिरको पुनःनिर्माण गर्ने, नियमित पूजाका लागि अक्षयकोष स्थापना गर्ने, बहुउद्देश्यीय धर्मशाला बनाउने, अन्नपूर्ण माताको मन्दिर निर्माण गर्ने, मूल प्रवेशद्वार बनाई मन्दिर परिषरमा पक्की पर्खाल लगाउने लगायत लक्ष्य छ ।
मूल आयोजक समिति अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न समापन समारोहमा सचिव फणिन्द्रप्रसाद पौडेलले स्वागत र महासचिव हरिप्रसाद शर्माले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width