नारच्याङमा पर्यटन महोत्सव

आदर्श समाज सम्वाददाता
माघ १७, २०७६
na

साधन राम्जाली -म्याग्दी । गण्डकी प्रदेश मुख्यमन्त्री गुरुङले गण्डकीको समृद्धिको आधार पर्यटन र उर्जा रहेको बताएका छन् । उनले संसारमा नभएको ऐतिहासिक पर्यटकीयस्थल गण्डकी प्रदेशमा रहेको दाबीसमेत गरे ।
‘संसारमा नभएका स्थल गण्डकीभित्र छन् । प्रदेश सरकारले पर्यटन र उर्जालाई समृद्धिको आधार मानेको छ,’ बिहीबार अन्नपूर्ण गाउँपालिका ४, नारच्याङमा पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता उद्घाटन गर्दै उनले भने, ‘प्रदेश सरकारले विशेषता र सम्भावना आधारमा गण्डकीभित्र रहेका पर्यटकीयस्थलको छनौट गरी पूर्वाधार निर्माण गर्नेछ ।’

उनले पर्यटकीय स्थलको प्रवद्र्धन गर्न प्रदेश सरकार पूर्वाधार निर्माणमा लागेको जानकारी दिए । गुरुङले देशकै बढी उर्जा उत्पादन हुने गण्डकी प्रदेश उज्यालो गण्डकी अभियानमा जुटेको बताए । प्रदेश सरकारले उज्यालो गण्डकी अभियानमार्फत २ वर्षभित्र अध्याँरोमुक्त प्रदेश बनाउने लक्ष्य लिएको उनले भनाइ थियो । प्रदेशभित्र घरबास निर्माणका लागि २५ करोड रुपैयाँँ बजेट विनियोजन गरेको मुख्यमन्त्रीको बताए । उनले प्रदेश सरकार पूर्वाधार निर्माण गरिरहेको बताउँदै नागरिकलाई उद्यम व्यापारमा लाग्न आग्रह गरे । उनले पर्यटन पदमार्ग निर्माणका लागि प्रत्येक जिल्लालाई ४० लाख रुपैयाँँ बजेट वितरण गरिएको पनि बताए ।
सो अवसरमा प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले संघ र प्रदेश सरकारबाट विनियोजित बजेट तथा योजनाबारे जानकारी दिए ।

अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्या. डमबहादुर पुनले गाउँपालिकाभित्र ओझेलमा परेका गन्तव्य पहिचान गरी पर्यटकीय स्थलको विकास गर्न र युवा तथा खेलकुदको प्रवद्र्धन गर्न महोत्सवसँगै अध्यक्ष कप खेलकुद प्रतियोगिता गरिएको जानकारी दिए । ‘ओझेलमा परेको अन्नपूर्ण हिमाल र आधार शिविरलाई पहिचान गराउन महोत्सव गर्न लागेका हाैं,’ पुनले भने, ‘नारच्याङहुँदै अन्नपूर्ण आधार शिविर जाने छोटो र सजिलो पदमार्ग तयार भएको सन्देश फैलाउनु महोत्सवको अर्को उद्देश्य हो ।’

नेपाल भ्रमण वर्ष २०२० अवसर पारेर नयाँ गन्तव्यरुपमा नारच्याङ–अन्नपूर्ण आधार शिविर पदमार्ग सञ्चालन गर्न लागिएको हो । आधारभूतस्तरको पदमार्ग, झोलुङ्गे पुल र क्याम्पिङ साइट निर्माणका साथै नक्सा समेत तयार पारिएको छ ।कार्यक्रममा नेपाली काँग्रेस म्याग्दी सभापति खम्बिर गर्बुजा, नेकपा नेता खड्क गिरी, धवलागिरि गाउँपालिका उपाध्यक्ष रेशम छन्त्याल, गाउँपालिका प्रवक्ता कृष्णप्रसाद बरुवाल ,पर्यटन व्यवसायी तेज गुरुङ लगायतले बोलेका थिए ।

गाउँपालिका उपाध्यक्ष केशमाया मगरको स्वागत र प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदीले संचालन गरेको कार्यक्रममा अन्नपूर्ण नर्थ बेसक्याम्प जाने मार्गको म्याप विमोचन गरिएको थियो ।
अध्यक्ष कप खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबल र बास्केटबल हुनेछ । विजेता र उपविजेतालाई क्रमशः ७५ र ५० हजार दिइनेछ ।आर्थिक संयोजक आत्मा तुलाचनका अनुसार महिला भलिबलमा विजेता र उपविजेताले क्रमशः ६० र ४० हजार पुरस्कार पाउनेछन् भने सो अवसरमा प्रौढ भलिबल, सामूहिक नृत्य, एकल नृत्य समेत हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग