कारको लाइसेन्स नयाँ गाडीबाट मात्र

आदर्श समाज सम्वाददाता
माघ १७, २०७६
car

पोखरा । सनराइज ड्राइभिङ स्कूलअन्तर्गत कुसुम सप्लायर्स र यातायात व्यवस्था कार्यालय गण्डकीको सहकार्यमा पोखरामा नयाँ गाडीबाट ट्रायल दिने व्यवस्था बिहीबारदेखि शुरुवात भएको छ ।

गण्डकी यातायात व्यवस्था कार्यालयले कारको लाइसेन्सका लागि पुरानो गाडीबाट ट्रायल दिने व्यवस्था हटाएर ड्याटसन कम्पनीको यूरो मापदण्डका नयाँ गाडीबाट मात्र ट्रायल दिनुपर्ने व्यवस्थाअनुरुप सो सेवा शुरु भएको हो । त्यसका लागि कार्यालय र सनराइज ड्राइभिङ स्कूलअन्तर्गत कुसुम सप्लायर्सबीच यसअघि नै सोसम्बन्धी सम्झौता भएको थियो । जसमा कारको सवारीचालक अनुमतिपत्र लिन ३ सय रुपैयाँँ लाग्नेमा सेवाग्राहीको सुविधाका लागि नयाँ व्यवस्थापनअनुरुप २४ रुपैयाँँमै ट्रायल दिन पाइनेछ ।

बिहीबार सवारीचालक अनुमतिपत्र गण्डकी प्रदेशका शाखा अधिकृत भरतराज काफ्ले, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका नायब उपरीक्षक टेकबहादुर कार्की, सनराइज ड्राइभिङ स्कूलका अध्यक्ष वसन्त भट्टचन र दीपक गुरुङले संयुक्त रुपमा नयाँ व्यवस्थापन सहितको ट्रायल दिने गाडीको रिबन काटेर उद्घाटन गरेका हुन् ।

कार्यक्रममा काफ्लेले नयाँ मोडलका गाडीले ट्रायल दिँदा केही समय पास हुने, रिजल्ट राम्रो नआए पनि दीर्घकालीन रुपमा राम्रो प्रभाव पर्ने बताए । ‘गण्डकीभित्र कारको सवारीचालक अनुमतिपत्र लिन अबदेखि ड्याटसन २०१९ मोडेलकै गाडी सम्झौता भएको र यही गाडीमै ट्रायल हुनेछ । पुराना मोडेलका गाडीमा अबदेखि ट्रायल हुने छैन,’ उनले भने । नयाँ गाडीबाट सक्षम भएर लाइसेन्स लिन सक्ने जनशक्ति तयार पार्नुपर्ने अहिलेको आवश्यकता भएको बताए ।

पोखरा–१३ का राजु ढकालले सुविधासम्पन्न गाडीले सस्तो मूल्यमा ट्रायल दिन पाउँदा खुसी लागेको बताए । ‘पुरानोले ट्रायल दिँदा चिप्लिने, साइड लाइड नबल्ने, स्टार्ट बन्द हुने, ब्रेक नलाग्ने जस्ता समस्या थियो । अब सस्तो मूल्यमै अझ सहज हुने भयो, उनले भने ।सनराइज ड्राइभिङका सञ्चालक लेखनाथ सुवेदीले अबदेखि पुरानो, मिति नाघेका, मापदण्डविपरीतका गाडीमा नभई यूरो मापदण्डका गाडीमै सिक्ने र ट्रायल दिने व्यवस्थाले सबैलाई सहज हुने विश्वास लिए ।सनराइजको पोखरा रंगशाला गेटअघि, फूलबारी, बिरौटा शाखाबाट ट्रायल दिने मोडेलकै नयाँ गाडी उपलब्ध गराएको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग