जनकपुरधाम, १७ माघ । प्रदेश नंं २ बाट वैदेशिक रोजगारीमा जाने युवाले बिना धितो सहुलियत ऋण पाउने भएको छ ।
प्रदेश सरकार, सीप परियोजना र प्रभु बैंकबीच वैदेशिक रोजगारमा जानेलाई सहुलियत दरमा बिना धितो ऋण उपलब्ध गराउन सम्झौता सम्झौता भएको छ । बिहीबार भएको सम्झौता अनुसार बैंकले युवालाई ऋण दिन शुरूआत गरेको हो ।
मुख्यमन्त्री लालबाबु राउतले बैंकको वैदेशिक रोजगार कर्जाको शुभारम्भ गर्दै प्रदेश सरकारको पहल तथा सीप परियोजनाको सहयोगमा कार्यक्रम शुरूआत गरिएको जानकारी दिए । उनले अब वैदेशिक रोजगारीमा जाने युवालाई सीप सिकेर रोजगारमा जान आग्रह समेत गरे । यसअघि एसबिआइ बैंकले कर्जाको शुभारम्भ गरेको थियो ।
प्रभु बैंकले सो सेवा सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा वैदेशिक रोजगारमा जाने युवालाई उपलब्ध गराउनेछ । सिरहा, धनुषा र महोत्तरीमा एसबिआइ बैंकले सेवा दिने जनाइएको छ । ती बैंकले वैदेशिक रोजगारमा जाने व्यक्तिको नाउँमा बचत खाता खोली दिने र राहदानी लिइ श्रमसम्झौतापछि बैंकमा जम्मा गरेपछि पाँच दिनभित्र कर्जा उपलब्ध गराउने प्रावधान राखिएको छ ।
बैंकका कार्यकारी प्रमुख मणिराम पोखरेलको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा समाजिक विकासमन्त्री नवलकिशोर साह,सचिव रामकृष्ण सुवेदी, डिफिडका रोब क्लर्क, सीप परियोजाका बलजित बोहराले नयाँ कार्यक्रम शुरूआत भएको बताए ।
Related News
सम्बन्धित समाचार
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
hero news full width
मुख्य समाचार
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१