तनाव व्यवस्थापन शिविर

आदर्श समाज सम्वाददाता
माघ १४, २०७६
DSC00170

पोखरा । समर्पण ध्यान योग केन्द्र र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा तनाव व्यवस्थापन शिविर सम्पन्न भएको छ ।कार्यक्रममा ध्यान र योगको माध्यमबाट तनाव व्यवस्थापन गर्न सकिने विषयमा जानकारी दिइएको दिइएको थियो ।

त्यस अवसरमा नेपाल भ्रमण वर्ष २०२० का सद्भावनादूत शिवकिपिनन्द स्वामीले आध्यामिक क्षेत्रबाट पनि पर्यटनमा टेवा पुर्याउन सकिने बताए ।पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बरालले ध्यानबाट सन्तुलित समाज निर्माणमा योगदान पुग्ने उल्लेख गरे । समर्पण ध्यान योग केन्द्रका संयोजक तुलसीराम रेग्मीले पोखराका ३३ वडामा नै शिविर गरिने जानकारी दिए ।कार्यक्रममा माधव पहारी र प्रकाश भण्डारीले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width