गाेरखा । गोरखामा चिया तथा कफी किसानलाई एक दिने व्यवसायिक कफी तथा उत्पादन प्रविधि सम्वन्धी तालिम सम्पन्न भएका छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराद्वारा आयोजित तथा गोरखा नगरपालिकाको समन्वयमा गोरखा नगरपालिका–४, फिनाममा १ दिने व्यवसायिक कफी उत्पादन प्रविधि तालिम सम्पन्न भएको हो ।
गोरखा नगरपालिका वडा ४ का अध्यक्ष खोपबहादुर अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा वडा सदस्यहरु गणेश बहादुर थापा र जमिल मियाँ तथा वडा सचिव नारायणबावु भट्ट साथै पत्रकार मोहसिन अलि मियाँ अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै मेयर राजनराज पन्तले गोरखा नेपालको ऐतिहासिक ठाँउ भएको र यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दो भएकाले पर्यटकलाई गोरखाकै कफी खुवाउन सक्ने संभावना रहेकाले किसानलाई कफी खेती गर्न प्रोत्साहन गरेका थिए । कफी खेती सहयोगमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराले गरेको सहयोग प्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको निरन्तरता पाउने आशा व्यक्त गरेका थिए ।
कार्यक्रमका अध्यक्ष तथा वडा नं ४ का वडा अध्यक्ष खोपबहादुर अधिकारीले कफी खेतीको लागि किसानलाई हरदम सहयोग गर्न तत्पर रहेको बताए । साथै किसानले प्राविधिक विषयको ज्ञान राखी कफी खेती गर्न सझाव दिएका थिए । बोर्ड कृषि प्राविधिक नगेन्द्र सुवेदीले कफीको लागि उपयुक्त हावापानी, माटो, कफी रोपण, कफीलाई छहारी व्यवस्थापन, कफी बगैचा व्यवस्थापन लगायत विविध विषयमा तालिम प्रदान गरेका थिए । तालिममा गोरखा जिल्लाका विभिन्न स्थानबाट झन्डै ४५ जना किसानको सहभागिता रहेको थियो । १ दिने तालिमको सञ्चालन बोर्डका प्राविधिक नगेन्द्र सुवेदीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
नवलपुर उद्योग वाणिज्य संघमा सापकोटा निर्वाचित
मैले गरेको प्रतिबद्धता पूरा गर्छु : सशांक कोइराला
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
‘क्वारेन्टिइन’ नहुँदा त्रिवेणी भन्सारबाट आयात निर्यात शून्य
संगम सहकारीको सम्मान
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१