पोखरा । कास्की क्षेत्र २ को उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईले निर्वाचन क्षेत्रअन्तर्गत आर्थिक वर्ष २०७६÷७७ स्थानीय पूर्वाधार विकास साझेदारी योजना र विनियोजन रकम सार्वजनिक गरेकी छन् ।
पोखरामा शुक्रबार पत्रकार सम्मेलन गरी उनले ६ करोड रुपैयाँका विभिन्न ३६ योजना सार्वजनिक गरेकी हुन् । कार्यक्रममा सांसद भट्टराईले निर्वाचनका क्रममा गरेका प्रतिबद्धता अनुरुप पूर्वाधार निर्माणमा जोड दिँदै सडक, यातायात, शिक्षा लगायत क्षेत्रमा रकम विनियाजन गरिएको बताइन् । उनले संचालन हुने विकास योजना समेत आफूले एक संयन्त्र बनाएर निरन्तर अनुगमन गर्ने पनि बताइन् । तत्कालीन पर्यटन मन्त्री स्व. रवीन्द्र अधिकारीले आफू पहिलो संविधानसभामा निर्वाचित हुँदाको वर्षदेखि नै सांसद विकास कोषअन्तर्गत प्राप्त रकम र योजना सार्वजनकि गर्ने परम्पराको शुरुवात गरेको भन्दै उनले पारदर्शी तरिकाले योजना छनोट गरिएको दाबी गरिन् ।
संचालित हुने कार्यक्रमअन्तर्गत पोखरा ४ को भएस्थान ढलसहितको सडक स्तरोन्नतिमा ५० लाख, पोखरा ६ र ७ जोड्ने मुलथोकमा बन्दै गरेको अपुरो कल्भर्ट सहितको पुल निर्माण र रिटेनिङ बालको लागि ५० लाख, हुडिकोट (वरपौवा) चवादी मोटरबाटो स्तरोन्नतिमा ५० लाख, नेपाल पत्रकार महासंघ गण्डकीको भवन निर्माणको लागि १० लगायत ३६ योजनामा बजेट विनियोजन गरेकी छन् ।
यसैगरी, कास्की क्षेत्र २ (१) का सांसद कृष्ण थापाले विभिन्न २५ योजनामा बजेट सार्वजनिक गरेका छन् । जसमध्ये पोखरा ७ को श्रीकृष्ण मावि खेलमैदान स्तरोन्नति गरी विद्यालय क्षेत्र वरपर तारबारमा २५ लाख, पोखरा १५ स्थित वन क्याम्पस छेउको बाटो (अमिनतारा) मार्गको बाटो निर्माणमा २५ लाख, पोखरा १५ को अलकापुर मार्ग सडक निर्माण तथा खानेपानी पाइप सुधारमा १३ लाख, पोखरा ७ को होटल लिगेसी पछाडिको ढलानबाटो निर्माणमा १५ लाख रुपैयाँको बजेट सार्वजनिक गरिएको छ ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१